प्रचण्ड र बाबुरामलाई नारायणकाजीको टक्कर

 ● ध्रुब नेपाल / हेटौंडा

narayan-kaji- shrestha_20110324061433एकिक्रित नेकपा माओवादीको महाधिबेशनबाट सिक्किमिकरणको प्रक्रिया शुरु हुन्छ कि भन्ने त्रास थियो, धेरैलाई । देशको सबैभन्दा ठूलो भनिएको पार्टीका अध्यक्ष प्रचण्डलेनै सिमा बिबादबारे जनमत संग्रह गराउने भन्दै चोर बाटोबाट हाम्रो भूमी भारतलाई सुम्पिन खोजेको भन्ने आशंका गर्ने धेरै थिए । प्रचण्डको राजनितिक प्रतिबेदनमा बाबुराम चुप थिए । नारायणकाजीलेपनि फरक प्रस्ताब नलगेका । सबैले तुम शरणम गर्छन् भन्ने थियो । हाम्रा मिचिएका, भारतले हडपेका जमिन जनमत संग्रहको नाटक रचेर भारतले चाहे जसरि सर्लक्क दिने भए भन्ने आशंका थियो ।

तर प्रचण्डलाई बेला बेला टक्कर दिँदै आएका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले हिजो चुनौति दिए प्रचण्डको त्यो प्रस्ताबलाई । उनले एकिक्रित नेकपा माओवादीभित्र त्यस मुद्दालाई दह्रो सित उठाउँदै प्रचण्डालाई चुनौति दिएका छन् । कार्यकर्ताको आँखा खोल्ने काम गरेका छन् थोरै भएपनि ।

हिजो प्रचण्डको राजनितिक प्रस्ताबमाथि छलफल गर्दै थिए पालै पालो । उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पालो आयो । उनले करिब ४५ मिनेट बोले । मुख्य गरि उनको टिप्पणीनै प्रचण्डको राजनितिक प्रस्ताबमा केन्द्रित थियो । हुन त उनले एकता प्रक्रियाबाट आएका साथीहरुलाई हेपेको, भाग खोज्न आएको भन्ने आरोप लगाउने गरेको, प्रतिनिधी छनौट र जिम्मेवारी दिँदा पक्षपात गरिएको जस्ता गुनासापनि राखे । तर मूलत उनको टिप्पणी राष्ट्रियताका पक्षमा बढि केन्द्रित थियो । स्रोतका अनुसार उनलाई आफ्ना पक्षका कार्यकर्ताले बाबुरामले राष्ट्रियता कमजोर पारेको र प्रचण्डले राष्ट्रियता कमजोर पार्ने प्रस्ताब ल्याएकोले त्यसैमा स्पष्ठ पार्न र कार्यकर्तालाई सचेत पार्न सुझावपनि दिएका थिए । त्यसो त उनले यस अघिपनि राष्ट्रियताका पक्षमा अडान राख्दै आएका हुन् । हाम्रा बिमानस्थलहरुको सुरक्षा पद्दती भारतलाई दिने भट्टराईको योजनालाई परराष्ट्र मन्त्रालयका तर्फबाट यिनै नारयणकाजीलेनै असफल पारिदिएका थिए ।

हिजो बोल्ने क्रममा उनले प्रचण्डलाई ठाडै चुनौति दिए । बन्द सत्रमा बोलेका कुरा आम जनतामा जाओस् भनेर होला उनले पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरिदिए । राष्ट्रियता, राष्ट्रिया स्वाधीनता र भौगोलिक अखण्डतामा कसैसित सम्झौता गरिन्न भन्दै उनले प्रचण्डको प्रस्ताबलाई टक्कर दिएका हुन् । नेपालको सीमानामा जनमत संग्रह हुनै नसक्ने भन्ने अडान राखेका उनले प्रचण्डको यो प्रस्ताब दस्ताबेजबाट कुनैपनि हालतमा हटाउने बताए । आफ्नो देशको स्वाधिनता रक्षाकालागि बरु जस्तोसुकै मूल्य चुकाइन्छ भनेर उनी बन्द सत्रमा कड्किएको स्रोतले जानकारि दिएको छ ।

प्रचण्डको दस्तावेजमा टिप्पणी गर्न गएका उनले त्यहिँबाट प्रधानमन्त्री डा बाबुराम भट्टराईलाईपनि एक दनक दिए भारतसँग गरिएको विप्पा सम्झौताको विरोध गरेर । बिप्पा सम्झौता एकिक्रित नेकपा माओवादीको नितिसित मेल नखाने बताउँदै उनले बिरोध गरेका हुन् । यो बिप्पा सम्झौता पार्टीमा छलफल नगरिकै गरिएको भनेरपनि उनले भट्टराईको बिरोध गरेका थिए ।

‘विप्पा राष्ट्रिय हितअनुरुपको सम्झौता होइन, यो सम्झौता अहिलेको हाम्रो पार्टीको लाइनसँग पनि मेल खाँदैन । राष्ट्रिय पुँजीलाई प्रोत्साहित गर्ने हाम्रो नीतिसँग मेल खाँदैन ।’ उनले भने । बिदेशी पूंजीको बिरोध भने आफुले नगरेको बताएका उनले स्पष्ठ पारे ‘विदेशी पूँजी भित्र्याउन हुन्छ । तर राष्ट्रिय पुँजीलाई प्रोत्साहित गर्ने गरी भित्र्याउनुपर्छ । तर बिप्पा सम्झौताले राष्ट्रिय पूँजीलाई प्रोत्साहित गर्दैन । बिदेशी पूँजीलाई मात्रै गर्छ । त्यसले हाम्रो अर्थतन्त्रलाई खत्तम बनाउँछ । त्यसैले यो ठिक छैन ।’

आफ्नो पार्टीले राख्दै आएको असमान सन्धी सम्झौताहरुको खारेजीका मुद्दा नछोडेको र त्यसलाई प्रतिबेदनमा समेटिने, पार्टीले ति खारेजीकालागि पहल गर्ने बातएको स्रोतले उल्लेख गर्‍यो । राष्ट्रियताका यि विषयमा उनी कड्किँदा उनले राम्रै ताली पाएका थिए । उनको यो टिप्पणीले दह्रो समर्थन पाएको छ । खासगरि हलबाहिर सर्व साधारणबाट उनको निकै प्रशंसा भएको छ । बन्द शेसनमापनि प्रचण्ड र बाबुराम पक्ष भनिएका कार्यकर्ताबाटपनि उनले गतिलो समर्थन पाएका छन् । जसको समर्थन पाएनन् ति मध्ये धेरैलाईपनि उनले सोच्न बाध्य बनाइदिएका छन् ।

बास्तवमा हिजोको राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका पक्षमा उनले लिएको अडानले नारायण काजी श्रेष्ठलाई एक खाले अलग उचाई दिएको धेरैको मुखबाट सुनिएको छ । उनको भूमिकाले केहि हदसम्म बाबुराम र प्रचण्डालाई नंग्याएको धारणा राख्नेहरुपनि प्रशस्तै भेटिए । किनभने महाधिबेशनमा प्रचण्डले सिमा बिबादबारे जनमत संग्रह गर्ने प्रस्ताबलाई उनका पक्षकाले हल्काफुल्का ढंगले ब्याख्या गरेका थिए । जब नारायणकाजीले यसमा दह्रो टिप्पणी गरे तब धेरैले यसलाई गम्भिरतापूर्वक लिए ।

तपाइँको प्रतिक्रिया