माओवादी महाधिबेशनबारे सामाजिक सञ्जालमा बहस
मुलुकको सबैभन्दा ठूलो भनिएको पार्टी, सरकार सञ्चालक दलको अहिले हेटौंडामा राष्ट्रिय महाधिबेशन भैरहेको छ ।यसले धेरैको ध्यान तानेकोपनि छ । सिंगो मुलुक त्यहिँ केन्द्रित छ । त्यसैले एकिक्रित नेकपा माओवादीले यो महाधिबेशनबाट कस्तो बाटो लिन्छ ? के निर्णय गर्छ भन्ने बहस, चासो, छलफल र क्रिया प्रतिक्रिया देशबिदेशमापनि चलिरहेको छ । त्यसैले अधिबेशनमाथिको बहस, छेडाछाड र पक्ष बिपक्षमा तर्क बितर्क ट्विटर र फेसबूक जस्ता सामाजिक सञ्जालमापनि देखिएको छ । यसमा एकपा एमालेका नेता प्रदीप नेपालदेखि नेकपा-माओवादीका युवा नेता लेखनाथ न्यौपाने सम्म छन् । समाजसेवी, पत्रकार, कलाकार, सर्वसाधारण सबै उत्रिएका छन् यो बहस र छेडछाडाम । आज मैले तिनै मध्येका केहि प्रतिक्रियाहरुलाई फेसबुकबाट झिकेर यहाँ राखेको छु । स्पष्ठ पार्न चाहन्छु, मैले यि बिचार लिँदा पक्ष बिपक्षको सन्तुलन मिलाउने वा खोजि हिँड्ने गरेर राखेको होइन । सर्सर्ति हेर्दा देखिएका प्रतिक्रियालाई स्थान दिएको हो । ए उटा तथ्य चाहिँ के हो भने अहिले सामाजिक सञ्जालमा माओवादीका समर्थक भन्दा निकै गुणा बढि आलोचकहरुनै देखिए, भेटिए ।
लेखनाथ न्यौपाने (नेकपा-माओवादीका युवा नेता)
नेपाल स्वतन्त्र हुँदै गइरहेको छ रे, एमाओवादीको विश्लेषण । यस विषयको प्रतिवाद गर्ने एक जना पनि प्रतिनिधि नभेटिने डर पो लाग्न थाल्यो ।
सुधिर बिज्ञान सापकोटा
नेपाल स्वतन्त्र हुँदै गइरहेको छ रे, एमाओवादी । भारतीय दलालहरुले भन्नु स्वभाविक हो ।
प्रदिप नेपाल (एमाले नेता)
कसको मुखारविन्दबाट निस्कियो भाइ ? प्रचण्डकै मुखबाट निस्किएको भए चासो नराख्नु नै राम्रो । बोलिको ठेगान नभएको मान्छेले जे पनि भन्छ ।
रामु शर्मा
माओवादी का कार्यकर्ताले त्यो बुझ्ने हैसियेत राख्दैनन्त्य । त्यसैले प्रचण्डले जेपनि बोल्ने गर्दछन ।
सागर शर्मा
लौ साथी हामी कहाँ जाने अब ? छिटै मेरो घर भारतलाई दिने कुरा पास हुँदैछ । माओबादी महाधिबेशनबाट ।भारतले सिमा मिच्छ अनि नेपालले त्यो जमिन नेपालको हो की होइन भनेर जनमतसंग्रह गर्नुपर्ने रे । मधेशमा त धेरै भारतियलाई नेपाली बनाका छ्न । उनिहरुले सिमा मिचिएको होईन भनेर भोट हाल्ने भए । अनी हामी सबै विस्तारै भारतीय हुने भइयो । ए माओबादी महाधिबेशनमा सहभागी साथीहरु प्रचण्ड को पेज नं २१ लाई तुरुन्तै हटाउनु होला । हामी नेपाली भएर बसौं । सिद्दान्तका बारेमा बहस गरौला । अहिले हामी देशलाई बचाउँ।
—————————-
पार्टी बिचारले चल्छ । बिचार बिहिनहरुको झुण्ड भनेको माओबादी हो । उसले कहिलेसम्म अरुको फुल बुट्टा भरेर कहिले सम्म चल्छ । बिचार एमालेले दिनुपर्ने पार्टी भारतले चलाईदिनुपर्ने कस्तो बिडम्ब्बना । ए डि मुनी का चेला हो भारतको स्वार्थ भन्दा बाहिर गएर कुनै काम गर्ने छैनउ भनेर सहिछाप गरेर भारतिय शासकको तलुवा चाटेर कुखुराको साप्र लुस्दै रक्सिले मातिएर हामिलाई भारतिय विस्तारबादको बिरुद्द सुरुङ युद्दको नाटक रचेका यिनै भारतिय दलाल हरुले होईन ? यो महादिबेशनको सबैभन्दा ठुलो उपलब्धी भनेकै बिधिबत भारतको खुट्टामा लम्पसार पर्नु हो । चैते टिके भ्रण्टचारका नाइके हो तिमी हरुलाई के थाहा शाहीदको रगतको मुल्य । आज घाइते अनि शाहीद परिवार खान नपाएर छोरा छोरी पढाउन नसकेर बिचल्ली भएको छ । तर आज भारतिय दलालहरु महँगा बिदेशी रक्सीले मात्तिएर १ लाख को पलङमा सुत्ने अनि १५ करोडको घरमा बस्दै छ्न । अझै यिनै ले अरुलाई हिजडा भन्न लाज लाग्दैन?
हरि पन्थी
एमाओवादीको को २०५० साल ताकाको हुबहु एमालेकरणमा अवतरण भएको छ भने एमालेको त्यस ताकाको कांग्रेस अहिले पनि उस्तै कांग्रेस मा बैचारीक र राजनैतिक बिलय भएको छ !
सारमा उबेलाको कांग्रेस भन्दा एमाले कैयौं गुणा प्रगतिसिल र परिवर्तनकामी बाम सोच भएको आफ्नै दार्शनिक र सैद्दान्तिक पुँजी भएको पार्टी थियो भने कांग्रेसको २०४७ देखि माघ १९ सम्मको स्थिति ईतिहासकै चरम फाँसीवादी मात्र हो । त्यसैले त उसका पालामा फरक बिचार कम्युनिस्ट बिचारका प्रवाह गर्ने पुस्तक पसलेसम्मलाईपनि राज्य शक्ती प्रयोग गरेर चरम यातना हत्या बलात्कार गराएका सयौ उदाहरणहरु छन् । ति हजारौ बर्बरताको बिरुद्द बदलाको भावना मात्र थियो । माओवादी जनयुद्दको तिब्र गतिको बिकास र यी कांग्रेसी सासनकालका सबै घटना परिघटना र दमन चक्रहरुलाई फेरी नियल्ने हो भने कांग्रेस कुनैपनि कोणवाट लोकतान्त्रिक पार्टी हुदै हैन । उ एक चरम फासीवादी पार्टी मात्र हो जुन फासीवादको झल्को अहिले सत्ता नपाएर बौलाएका कांग्रेस नेताहरुको सार्वजनिक अभिब्यक्तीहरु आफै बोल्छ । कांग्रेसलाई लोकतान्त्रिक पार्टी भनेर सम्वोधन गर्नु भनेको लोकतन्त्र शब्दकै उपहास र अपमान मात्र हो किनकी कांग्रेस एक जिउँदो फासीवादी र तानाशाही ईतिहास बोकेको पार्टी हो
बाबुराम भट्ट
अरु को गालि गरेर बस्नु पनि कुनै क्रान्तिकारित है न । येस्ता सथि हरुले क्रान्ति गरेको हेर्न पय हुन्थ्यो फेरि।
दिपक भट्टराई
दिपक भट्टराई पार्टी छोडेर जाने गद्दार, दलाल हो की पार्टीलाई झन वलियो वनाउने हो ख्याल गर । व्यक्तिगत धारणा व्यक्त नगर्नुहोला । तपाईको राजनैतिक हैसियत के हो ख्याल गरेर कमेन्ट गर्नुहोला । लुतो आयो भन्दैमा कट्टु खोलेर देखाउँदा अर्को चिज पनि देखिएला होस् गर्नुस् ।
सुसान चितुने
साँच्चिकै यथार्थ कुरो गर्ने हो भने प्रचण्डहरुलाइ कुनैपनि हालतमा माओवादी भन्ने अधिकार छैन । माओवाद त सम्झौताहिन शंघर्षको यात्रा हो । तर आज प्रचण्ड जस्ता धोकेवाज नेताहरुले समग्र माओवादलाइ नै संसोधन गरेर जनतामा काउसो भ्रमको सुत्रपात गराएका छन् । यस्ता धोकेवाज र यी धोकेवाजहरुको पछि कुद्नेलेलाइ लाल गद्दार नभने घण्टा भन्ने त ? तेस्रो लिंगी एमालेसंग सुहागतरात मनाए हुन्छ अर्को हिचडा एमाओवादीले ।
गणेश शर्मा
अब एमालेको त पार्टी नाम र झन्डा नै फेर्ने कुरा छ । शायद त्यो ‘जडौरी’ प्रचण्डको नक्कली माओवादीलाई छाडिदिन खोजेको होला । बरु ऊ ‘इमानदार’ रहेछ, ‘भाइ’ आएपछि ‘ठाउँ’ छाडिदिने ।
भिमसेन चौलागाइ
समय कति अगाडि बढिसक्यो यि बेबकुफ लफ्फाजि हरुलाई के थाह ? सधैं क्रान्ति क्रान्ति भनेर मात्रै के हुन्छ
अरुण उपाध्याय
एमालेलाई न पोथी न भाले, नपुङ्सक, उभयलिङ्गी आदि उपमाले विभुषित गर्ने बाबुराम र प्रचण्डहरु महाधिवेशन सकेर निस्कँदा एमालेकै पथलाई आदर्शीकृत गरेर अँगाल्ने प्रायः निश्चित भएको छ । संशोधनवादमै गएर पतन हुने लक्ष्य थियो भने कम्तिमा पहिले बोल्दा विचार त पुर्याउनुपर्थ्यो । आकाशतिर फर्किएर थुक्दा आफ्नै मुखमा पर्न सक्छ भनेर हेक्का नभएका ‘बेवकुफ’हरु हेटौंडाबाट काठमाडौं फर्कदा बल्खुको बाटो कुन मुख लिएर आउने होला ?
खेम थपलिया (पत्रकार)
हाम्रो अपील
एमाओवादीको हेटौंडामा भइरहेको महाधिवेशनमा सहभागी प्रतिनिधिपर्यवेक्षक कमरेडहरु । गद्दार तथा दलाल नेतृत्वको विरुद्ध कडा सङ्घर्ष गर्नुहोला । तिनले जे भने पनि ताली नपिट्नुहोला ।
बरलाल तामाङ
मित्र यो सुझाव तपाईलेनै बुझ्नु पर्ने होइन र ? कुर्सीको निम्ति सिंगो पार्टी फुटायो !खै त के गर्न सकेको । अहिलेसम्म त खाली कुर्सि भन्दा केहि देख्दिन ।
माधव ढुंगेल (पत्रकार, नागरिक दैनिक)
आफ्ना १४ हजार ‘योद्धा’ को ज्यान गुमायो, तीन हजार ‘दुश्मन’ को ‘सफाया’ गर्यो । छ वर्षे संक्रमणकालीन राजनीतिपछि चेत खुलेको देखिन्छ- ‘योद्धा’ र ‘दुश्मन’ मारिएका हैनन्, सशस्त्र युद्धमा मारिने त मान्छे पो रहेछन् । यो चेत खुलेको हो भने गरिबका छोराको ज्यान र धनको क्षति हुने राजनीतिक मार्ग गलत भएको निष्कर्षको घोषणा माओवादीले गर्न सक्नुपर्छ ।
पुर्ण बन्धन (डेनमार्क)
हेटौंडामा भैरहेको माओवादीको अधिवेशन प्रतिनिधि समेत रहेको कोही मित्र यदि यतिबेला फेसबुकको पहुँचमा हुनुहुन्छ भने कमरेड प्रचण्डको दस्तावेजको पेज नं। २१ मा “सिमाविवादका समस्या जनमत संग्रहबाट समाधान गर्ने” भन्ने आशयको कुरा उल्लेख भएको छ रे भनेर जानकारी पाइयो । यदि त्यस्तो प्रशंग दस्तावेजमा उल्लेख छ भने, त्यो सरासर केटाकेटी कुरा हो । दुइ देसबीचको सिमाविवादमा भारत र नेपालका जनताबीच जनमत संग्रह गराउने कि ? अनि त्यो कसरी सम्भव छ ? नेपालीकाबीच मात्रै जनमत संग्रह गराउनुको कुनै तुक छैन, किन कि कोही पनि नेपाली, नेपालको भूमि विरूद्ध किन जान्छ? त्यो बुंदा हटाउनका लागि स्वर बुंलन्द गर्नुहोला ।
रत्न तामाङ
एमाओवादीको हेटौडामा भइरहेको महाधिवेशनमा सहभागी प्रतिनिधिपर्यवेक्षक कमरेडहरु । गद्दार तथा दलाल नेतृत्वको विरुद्ध कडा सङ्घर्ष गर्नुहोला । तिनले जे भने पनि ताली नपिट्नुहोला ।
धन छेत्री
क. घनश्याम र मदन भण्डारीको सारलाई हेटौडामा लिपिबद्द गर्नुभन्दा एमाले सँग पार्टी एकताको एजेन्डा राखेको भए राम्रो र इमान्दारिता हुन्थ्यो कि ? सन् १९५० को सन्धि खारेज गर्ने भनेर जनताको भावना माथि खेलवाड गर्ने व्यक्ति र पार्टी तथा नेतामाथि नेपालि जनताले साँचो अर्थमा कारवाही गर्नेछन !
डा. जुगल भुर्तेल
घर छोडेर हिँडेको विद्रोही गौरवशाली भाइ प्रचण्डपथमा एक फन्को घुमेर लखतरान हुँदै जबज स्टेशनमा झरेको छ । उहिल्यै त्यहाँ पुगेर घरबार जोडेको एमालेलाई बधाइ !!!
भुवन केसी
घरबार जोडेर मात्र भएन । व्यवस्थापन पनि त गतिलो हुनु पर्यो नि । एमालेले जबजलाई कुदाएको भए भाइहरु यति हल्ला गर्ने तहमा पुग्ने थिएनन कि !
क्रिष्ण पौडेल
बडो सटीक कवितात्मक कामना ! उर्लेका खहरे र भद्र नदी सबै गंगाजी र महासागर मै झर्ने हुन् अन्ततः । १४ हजारको जीवनको बालिदानी, हजारौँको अंगभंग र खरबौँको ध्वंश आखिर एउटा पार्टीलाई ९ सिटे लघुकाय दल रूपी केटाकेटेी बेलुनबाट हावा भरेर मान्छे चढ्ने ‘हट एयर’ बनाउनका लागि रहेछ ।
रामबाबु नेपाल
दलिन निकालेर आगो ताप्ने अल्छि सन्तानको जमात बढ्दै गयो भने पुर्खाले बनाइदिएको घरलेपनि लामो समय घाम पानी छेक्ने हैसियत गुमाउँछ । घरको जगेर्ना गर्ने सद्बुद्धी मिलोस
रामहरि गौतम
जबजको एमाले अभ्यास : दक्षिणपन्थको बाटो हुँदै अन्तत: कांग्रेसीकरण ।
शेर ब छन्त्याल (पत्रकार, बेल्जियम)
सीमा विवादमा जनमत संग्रह गर्ने प्रचन्डको हुंकार लालध्वज र नारानकाजी सा’पको मुन्टो निहुर्याइ अखबार र अनलाइनहरुमा पढ्दा, लाग्छ यो लालहरुको महाधिवेशन होइन । केवल सुद र मोरियार्टीको थोत्रो बनिसकेको ‘ग्राइन्ड डिजाइन’ को मुखर पेटबोली हो । यसैलाई प्रमाणित गर्न महाधिवेशन नामको रट्यौली खेलिदैछ हेटौंडामा ।
धन छेत्री
एस डी मुनि तथा र को नयाँ शुत्र हेटौडामा भेला, जनमत संग्रहको खेल, जतिसक्दो छिटो नेपाललाई भारतमा मिला । नत्र प्रचण्ड र बाबुरामको हुन्छ समाप्त ज्याला सन् १९५० को सन्धि खारेज गर्ने भनेर जनताको भावना माथि खेलवाड गर्ने व्यक्ति र पार्टी तथा नेतामाथि नेपाली जनताले साँचो अर्थमा कारवाही गर्नेछन !
श्याम सुन्दर श्रेष्ठ (कलाकार)
बोलेको कुरो पुरो गर्ने जिम्मेवारी नेताको होइन । त्यसैले भाषण गर्दा नेताहरूले यो देशलाइ सिङ्गापुर स्वीजरल्याण्ड जे पनि बनाउँछन् । राजा महेन्द्रले पनि त्यसै भन्थे, अरूले १०० वर्षमा नगरेको काम हामीले १० वर्षमा गरेर देखाउँने छम् । हाम्रा नेताहरू सवै राजा जस्तै भएका छन्, देशलाइ कङ्गाल बनाउन उद्दत छन् । राजाहरूले देशको ढुकुटी बिदेशमा लैजान्थे, नेताहरूले देशलाइ नै विदेशमा पो लाने हुन् कि जस्तो छ । सीमा विवाद मिलाउन जनमत संग्रह ? अव नेपालमा देशको सीमाना कायमै राख्ने कि मेटने भनेर सिक्किममा जस्तै जनमत संग्रह भए पनि उद्देग नमाने हुने भो ? हाहाहा।।।।।। देशको सिमाना मिचेको ठीक कस्ले पो भन्ला र ? मिचेको ठीक भन्नेहरू देशद्रोही र बिदेशी दलाल बाहेक के हुन सक्छन् र ?
युवराज भट्टराई झापाली
माधब कुमार नेपालले त गर्न सकेनन ! तिमी कुहिएको सिनुहरू सरकार मै भएको बेला गर्न सक्लाउ नि त, भुत्रा को जनमत ! जनतालाई जे भने पनि पत्याउँछन भनेर ? अरू पनि बाँकिँ छ की ? भन्न बिर्सेको हो की ! अनि भारतिय बिस्तारबाद पनि त हो नि ! सत्ताकै लागी मदिशेको लौरो टेकेर बाचिराख्याछस ! भारतिय नेता खुसी बनाउन बेला बेलामा धोतिको पूजा गर्न भारत पुगेको कै छस ! सोझा जनता पाएर अनेकौ कुराले नेपाली जनता फसाउन खोज्दैछस ! भनेर गालि गरेछन मित्रले तर यि भरतीका धोतीका जुम्राहरु सिकसिकार देशनै लिखा र चम्कनाले बिग्रिसकेको हो है ! धिक्कार छ प्रचन्ड र बाबुरामलाई ! बरु सक्छौ भने नेपालमा हामि चाहिन्छौँ कि चाहिँदैन भनेर जनमत संग्रह गर न । त्रिशुलिबाट हाम फालेर मरे हुन्छ भन्छन तिमिहरुलाई ।




