महिला अधिकारकर्मीहरु नै विवाह गराउने लमी वनेपछि…….

मनिष दुवाडी / धादिङ

wedding-2232हिजोआज नेपालका हरेक जसो पत्रपत्रिकाहरु बिद्दुतिय सञ्चार माध्यम अनि टेलिभिजनहरुमा महिला हिंसा संवन्धि समाचारहरु आइरहेका हुन्छन । यो भन्दा अगाडी यस्ता समाचार त्यति धेरै आउँथेनन् । सायद सार्वजनिक हुन सक्दैन थियो होला । मिडियाले पनि मंहिला हिंसाको विरुद्धमा राम्रै साथ दिएको छ । महिला हिंसाका घटनामा संलग्न भएकाहरुलाइ कारवाही गराउनको लागी केहि महिला अधिकारकर्मीहरु दिन रात घामपानी र भोक तिर्खा नभनी खटिरहेका पनि छन । तर महिलाअधिकार कर्मीको खोलमा अधिकारकर्मीहरु विवाह गराउने लमी वन्न थालेपछि भने मलाइ पनि केही लेख्न मन लाग्यो ।

कुरा हो धनकुटाको । रोजगारीको शिलशिलामा कतार पुगेका धनकुटा मौनावुधुक गाविस–८ का हेमकर्ण कोइराला फेसवुक र महिलाअधिकारकर्मी भनाउँदाहरुको शिकारमा एकैचोटी परेछन । विदेशमा रहँदा उनको काठमाण्डौकी सविता अधिकारी नाम गरेकी केटीसंग फेसवुकमा गफगाफ भएको रहेछ । उनीहरुको गफगाफ कहाँसम्मको भयो र गफगाफमा कतिसम्मको कुराकानी भयो उनीहरु नै जान्दछन । तर फेसवुकमा गफगाफ भएकै नामले एक महिना अघिदेखि फेसवुकका साथीको घरमा उसको श्रीमती वनेर वस्न जानु हर्कत त्यो केटीको हद भन्दा माथी लाग्यो मलाइ ।

हो, महिलाहरु हरेक कुरामा पछी परेका छन । उनीहरुपनि पुरुष वरावर हुन । महिला र पुरुष एक रथका दुइ पाङग्रा हुन । पछि परेका महिलाहरुको अवश्था उकास्न र महिला हक अधिकार प्राप्तीका लागी भएको आन्दोलनमा मेरोपनि समर्थन छ । म अधिकारको क्षेत्रमा दिनरात खटिएका महिलाहरुलाइ सम्मान गर्दछु । तर यस्ता वकम्फुसे कुराहरु गरेर अर्काको जीवनमाथी नै खेलवाड गर्ने केही महिला अधिकार कर्मीहरु देख्दा सायद उनीहरुलाइ अहिले दिइएको अधिकार वढि भएको त होइन ?

हाम्रो हजुरवुवाको पालामा हाम्रो हजुरआमाहरले धेरे हिंसा सहे । ती हजुरआमाहरुले सहेका हिंसा यहाँ उल्लेख गरेर साध्य छैन । अहिलेका महिलाहरु धेरै सचेत र शिक्षित भएका छन । महिलाहरुको पहिलेको त्यस्तो दर्दनाक अवश्थालाइ लडेर र भिडेर यहाँसम्म ल्याउन सफल भएका छन । त्या खुसीको कुरा पनि हो । तर चार महिना अधि फेसवुकवाटै विवाह गर्छु भनेको आधारमा मात्रै आफुले आफैलाइ कोही व्यक्तिको श्रीमती घोषणा गर्नु भनेको चिनि पनि वढि खाँदा तितो हुन्छ भने झै महिलाहरुमा अधिक मात्रामा चेतना वृद्धि भएको त होइन ?

छोरा विदेशमा छ । घरमा एकजना केटी आएर म तपाइको वुहारी हो भनेपछि हेमकर्णका वावुआमा तीनछक्क । त्यो भन्दा वढी तीनछक्क त कतारमा रहेका हेमकर्ण भएछन । र हतार हतार उनी नेपाल घर फर्किएछन । नेपाल फर्किदा उनी भन्दै थिए रे “मैले विहे गर्ने कुरा त परै जाओस । चिनेको समेत छैन । अनि म उसलाइ कसरी श्रीमती स्वीकार गरु ? ”

हेमकर्णले यो भन्दा वाहेक अरु केही भन्न सकेनछन । वरु सविताले महिला अधिकारकर्मीहरुको साथ लिएर आफु हेमकर्णको श्रीमती वन्ने वार्गेनिङ गर्न थालिछन । सविताको माग थियो “उनलाइ जसरी पनि हेमकर्णले श्रीमती वनाउनपर्यो । ” म त उनको कुरा सुनेर साह्रै अचम्मित भएँ । उनलाइ फेसवुकमा कुराकानी भएकै आधारमा हेमकर्णले श्रीमती वनाउनुपर्छ भन्ने के छ ?

देशभर भइरहेका महिला हिंसाले सवै महिलाअधिकारकर्मीहरु विक्षिप्त भइरहेको वेलामा आन्दोलन गर्ने के निउ पाम भएको धनकुटाका महिला अधिकारकर्मीहरुलाइ गजवकै मसाला वनेछ यो घटना । थालीहाले उनीहरुले पाएको अधिकारको दुरुपयोग (मैले यस घटनामा अधिकारको सदुपयोग भएको देखिन) गर्न । अन्तत महिला अधिकारकर्मीहरुको सामु हेमकर्णको केही सीप चलेन र राजी भएछन सवितालाइ श्रीमती वनाउन । फेसवुकमा चिनजान भएकी महिलाले सामाजिक फन्दामा पारेको वताउँदै आएका हेमकर्णले कानुनी प्रक्रिया र प्रशाशनको लफडामा फस्न जानुभन्दा सवितालाइ श्रीमती स्वीकार गर्नु उत्तम ठानेछन । यसमा धनकुटाका महिलाअधिकारकर्मीहरु आफुले जितेको खुसीयाली पनि मनाए होलान । तर हेमकर्णले सवितालाइ श्रीमतीको रुपमा स्वीकार गर्दै गर्दा उनले भनेका कुराले सविताको आगामी दिन सुखमय होला जस्तो मलाइ लागेन ।

केटाकेटी दुवैको मन्जुरी, वावुआमाको सहमती अनि जग्गेमा सात फन्का घुमेर अग्नी साक्षी राखेर गरेको विवाहको त सानो कुरा मा विवाद आउँदा कहिल्यै नजोडिने गरी सम्वन्ध विच्छेद हुन्छ भने अरुले जवरजस्ती गराइदेको विवाह कत्ति दिन टिक्ला ?

सायद महिला अधिकारकर्मीहरुले हेमकर्णले नमान्दा नमान्दै पनि विहे यसकारण गराइदिए कि पछि फेरी उनीहरुलाई फेरी आन्दोलन र राजनिति गर्ने नयाँ विषय प्राप्त होस । मन नमिली नमिली गरेको विवाहले पछि हिंसाको रुप लिन सक्नेछ । महिला अधिकारकर्मीहरुलाइ फेरी नयाँ विषय प्राप्त हुनेछ र फेरी त्यही सवितालाइ महिला अधिकारकर्मीहरुले काम गर्ने नयाँ विषय पाउनेछन ।

मैले मात्र धनकुटाका महिला अधिकारकर्मीहरुको चरित्र देखेर यति लेखें । मेले यहा व्यक्त गरेको कुराहरुको आशय फेरी हेमकर्ण र सविताको विचमा फाटो ल्याउनु होइन । मलाइ तपाइहरुको प्रतिक्रिया स्वीकार्य छ । अहिलेसम्म जे जती कुरा भए र गरेपनि आगामी दिनमा हेमकर्ण र सविताको वैवाहिक जीवन सफल रहोस । मैले यहा माथी उल्लेख गरेका नकारात्मक कुराहरु उनीहरुको जीवनमा नआओस । अहिलेका जमानामा केटा र केटीको संवन्ध स्थापित गराइदिने लमीहरुले गरेको विवाह त भत्किरहेका अवश्थामा महिला अधिकार कर्मीको खोल आढेका लमीहरुले गराइदिएको विवाह भने सफल रहोस । सु्खद दाम्पत्य जीवनको शुभकामना हेमकर्ण र सवितालाइ

हेमकर्ण र सविता वारेको समाचार पढ्न यो लिंक

http://www.onlinekhabar.com/2013/01/34588/

http://www.nagariknews.com/society/nation/52447-2013-01-23-04-06-32.html

 

 

तपाइँको प्रतिक्रिया