चुनावकै अगाडि पोलापोलको रहस्य
● मदन बज्राचार्य
चुनाव हुने हुने स्थितिमा एकले अर्कोलाई नागरिकहरु माथि अत्याचार गरेको आरोप लगाउन थालेका छन् । यो पोलापोल हुनुमा केहि स्वार्थ त पक्कै लुकेको छ । नेपालमा अहिले अर्को चुनावमा फेरीपनि जनताको मत झुक्याएर लिन खोज्ने तिन राजनैतिक शक्तिहरु छन् ।
१. माओवादी तथा मधेशवादी (यिनीहरुलाई छुट्याउने अलग्ग ठान्ने भुल नगरुँ)
०२. कांग्रेस र एमाले
०३. सल्बलाउन्दै गरेको राजाबादी
ढिलो वा चाँडो चुनाव त हुन्छ नै । अहिले जनमतको अपमान गर्ने, जनतामाथि अत्याचार गर्नेहरुपनि चुनाव हुँदा जनताको अगाडी नतमस्तक हुनैपर्ने हुन्छ । बिना जनमत यिनीहरु राजनैतिक शक्ति मात्रै बन्न नसकिने होईन भारतको कमारा पनि बन्न सक्दैन । यिनीहरु बिचमा जनमत लिन होडवाजी त चल्छनै । एकले अर्कालाई जनताको नजरमा गिराउनपनि अवश्यै खोज्छन् । के यसै कारणले त यो जनतामाराको आरोप लाग्ने घटनाहरु उघ्रिँदै आएको होईन ?
माथि उल्लेखित तिनै राजनैतिक शक्तिहरु जनतामारा ठहर हुने कयौं घटनाहरु देशमा भएका थिए । हुँदै छन् । कुनैपनि घटनामा अन्यायमा परेका जनताले न्याय पाएको एउटा उदाहरण सम्मपनि हामीसित छैन । नमिता सुमिता देखि देकेन्द्र हत्याकाण्ड भैसकेपछि नमिता, सुनिता, देकेन्द्र जस्ताको हत्या गर्नेहरुनै पटक पटक चुनावमा जितेका थिए । यो कुरामा ती हत्यारा नेताहरुलाई भन्दा हामी जनताले आफैंलाई धिक्कार्नु पर्छ ।
गाउँ मा माओवादीले अवरुद्द गरेको पिउने पानीको श्रोत खुलाउन खोज्ने पत्रकार देकेन्द्रलाई महिनौ अमानवीय यातना दिएर पछि जिउँदै गाडेको कुरा आज उठ्यो । चुनाव हुन लागेको बेला यो घण्टा उठ्नुले अब हुने चुनावमा माओबादिले पाउने मतको संख्यामा अत्यन्त नराम्रो प्रभाव पर्ने हुन्छ नै ।
कांग्रेस र एमालेले डेकेन्द्र मारिएको गाउँ दैलेखबाटै माओवादीको बिरुद्ध बिद्रोह गर्ने भनेबाट कांग्रेस एमालेले डेकेन्द्र हत्याकाण्ड जनतालाई न्याय दिलाउन भन्दा माओवादीको बिरुद्ध राजनैतिक हतियार बनाउन खोजेको स्पष्ठ हुन्छ । तर कांग्रेस एमालेका सरकारपनि कम अपराधीहरु होईनन् । जनयुद्धको बेलामा माओवादीको लडाकुहरुले भन्दा “बढी डेकेन्द्रहरु” यिनीहरुले नै मारेको थियो । माओवादीले पनि कांग्रेस एमालेले मारेका डेकेन्द्रहरुको पोल खोल्न थाले ।
यिनीहरुले नै यसरि एकले अर्कोको इँजार खुस्काएर नंग्याएपछि जनताको नजरमा माओवादी, कांग्रेस, एमाले सबैनै गिर्ने त भयो नै । अब जनमत यिनीहरुले सायदै मात्र पाउन सक्छ । त् माओवादी, कांग्रेस, एमालेले नपाउने भोट कसकोमा खस्ने भयो त भन्दा राजाबादीहरुले नै पाउने बढी सम्भावना छ भन्न करै लाग्छ । किनभने माओवादी कांग्रेस र एमाले पछिको राजनैतिक शक्ति शक्ति भनौं वा जनताले पाउने बिकल्प भनौं त्यो त राजावादीहरुको दल नै हो । अहिले राजापनि जनता मारा नै भएको घटनाहरु बाहिर आउन थाल्यो । अब हामीले कसलाई भोट दिने ? यसपाली जनतामारा, राष्ट्रमारा कुनैलाई भोट दिनै हुँदैन । तर त्यस्तो कुन दल छ देशमा ? छ जस्तो देखिंदैन । त अब के गर्ने ? भोट त दिनै पर्छ । तर दिउँ कसलाई ? के फेरीपनि खरावमध्ये कम खरावलाई नै दिनुपर्ने भयो त ? यदि हो भने कुन कम खराव तलका तिन “खराव” मध्ये ?
१. माओवादी उर्फ मधेशवादी
२. कांग्रेस वा एमाले
३ सल्बलाउँदो राजावादी
यि तिन खराब मध्ये माओवादी उर्फ मधेशवादी भन्दा कांग्रेस वा एमाले वा राजावादी कम खराव भएको ठहर गर्नु अघि सबै पार्टीका अशल भनिएका नेता कहाँ गए ? कता छन् हेर्ने कि ? कांग्रेसमा राम्रो गणेशमान मरिसके । एमालेमा राम्रो मदन भण्डारी नदीमा डुबिसके । राजामा राम्रो बिरेन्द्रको त सपरिवारनै मारिएको हामीले भुल्नु हुँदैन । अब माओवादीमा कुनै राम्रो त के कम खराव समेत म देख्न सक्दिन । सायद माओवादी हेर्ने मेरा आँखाहरु कमजोर छन् । त्यसैले माओवादीको बारेमा माओवादीलाई राम्ररि देख्नेलेनै केहि लेखुन । भनुन ।




