यस्तो नी हुन्छ ? सिंगो युरोप माओवादीको जिल्ला रे !
● गमन बहादुर घले / बेल्जियम
एकिक्रित नेकपा माओवादीले यो गण्डक, यो भेरी कर्णाली, यो तमुवान, यो मिथिला, यो थारुवान, यो खम्बुवान, यो सिस्ने, त्यो जलजला भन्दै राज्य बाँडेको त सुनेकै हो । आफ्नो देशलाइ जति जे जे भाग लगाएपनि भो । तर आर्काको देशलाई आफ्नो जिल्ला भनेको । २५ वटा देशलाइ हाम्रो जिल्ला भनेको सुन्नु भाथ्यो ?
मौखिक हैन । एकिक्रित नेकपा माओवादीले सम्पूर्ण युरोपलाई नै आफ्नो जिल्ला भनेर लेखेरै कार्यक्रम गरेका छन् । त्यो कार्यक्रममा माओवादी नेता प्रचण्डले भाषण ठोकिरहेका छन् । स्पष्ठै लेखेको छ, एकीक्रित नेकपा (माओवादी), जिल्ला अधिबेशन तयारि समिति, युरोप । तल ब्रसेल्स, बेल्जियम भनेर स्पष्ठै लेखेका छन् ।
आर्काको देशमा, आर्काको शहरमा आएर यस्तो गर्न पाइन्छ ? युरोपेली संसद भएको शहरमा आएर युरोपलाई नै भक्तपुर, ललितपुर, काठमाडौं, चितवन भनेझैं जिल्ला घोषणा गर्दै कार्यक्रम गर्न पाइन्छ ? कि एकिक्रित नेकपा माओवादीले अब अब छिट्टै साम्यवाद आइसकेको घोषणा गर्न लागेको हो ? कि साम्यवादको लागि युरोपमा पार्टी गठन गरेर युरोपलाई नेपालमा झैं जिल्ला घोषणा गरेको हो ?
नेकपा माओवादी त बेल्जियममा दर्ता भएको संघ वा संगठन हैन । त्यसैले यसरि कार्यक्रम गर्न, अर्काको देशमा नेपालको पार्टी खोल्न त बेल्जियमको कानुनले दिँदैन । यसरि हेर्दा यो त गैह्र कानुनी भयो । यस्तो गैह्र कानुनी काम गर्न दिएका प्रचण्ड स्वयंले । गैह्र् कानुनी काम गरेर त्यसैमा भाषण ठोक्न आएका प्रचण्ड आफैं ।
आफ्नो देशमा युरोपेली राजदूतले केहि बोले नेपालका बारेमा भने हस्तक्षेप भयो भनेर कुर्लिने । अर्काको देशमा आएर चाहिँ यस्तो गैह्र कानुनी हर्कत गर्ने ? सम्पूर्ण युरोपलाई नै आफ्नै देशको एउटा गाउँझैं मानेर जिल्ला घोषणा गर्ने ? यो विषयलाई गम्भिरताकासाथ बेल्जियम सरकारले उठायो भने के होला ?
नेकपा माओवादी युरोप भनेर खोज्दा बेल्जियममा फेला पर्दैन । तर यसमा संलग्नहरु हेर्दा नेपाली जनप्रगतिशिल मञ्च र यो संगठन एकै जस्तो देखिन्छ । किनकि यो फोटोमा मिति नदेखिएपनि एकिक्रित नेकपा माओवादीको भात्री संस्था भनेर चिनिएको नेपाली जनप्रगतिशिल मञ्चको सम्मेलनलाई सम्बोधन गर्न आएका थिए प्रचण्ड गत अक्टोबर १४ मा । हो त्यसैको आसपासमा गरिएको हो यो पार्टी अधिबेशन र युरोपलाई जिल्ला घोषणा गर्ने काम ।
आफ्नो देशमा पाँच वर्ष देखि संविधान बनाउन सकेका छैनन् । देश भताभुंग पारेका छन् । उता आफ्नो देश चाहिँ भारतीयलाई सुम्पौंला झैं गर्ने । आफ्नो देश नसम्हालेर आर्काको मुलुक आएर जिल्ला घोषणा गर्दै हिँड्ने । आफ्नो देश त भाँडियो नै, युरोपमा पनि विष छर्ने । के गर्न खोजेका हुन् प्रचण्ड र उनको पार्टीले ।




