शहिदका लास झिक्दै बखेडा मच्चाउँने खेल

डा कवीताराम श्रेष्ठ

government-killing-maoist-cader-22323चियापसलमा एउटा ठिटो फोटो देखाउँदै जंगिएर बोल्दै थियो- “यो २०६० साल साउन ३१ गते यूद्धबिरामको अवस्थामा भएको दोरम्बा हत्याकाण्डको तस्विर । यो हत्याकाण्डमा माओबादीका २१ जना कार्यकर्तालाई चरम याताना सहित मारिएको थियो ।

तत्कालीन राज्यपक्षबाट भएको धनुषाको गोदार हत्याकाण्ड, कालिकोटको कोटवाडा हत्याकाण्ड र डोटीको मुडभरा हत्याकाण्डका का हत्याराहरुलाई कारवाही भएको छ ? यस्ता हत्याकाण्डबारे बेखबर हाम्रा कथित…लाई लौन कसैले भनिदिनूपर्र्यो “द्धन्द्धकालमा निर्दोष मान्छेहरु हजारौको संख्यामा बर्बरतापूर्वक मारिएका छन् ।”

अनि औंलो ठड्याउँदै बुढ़ोबा भन्दैथे “त्यो सत्य निरूपण आयोगको बारेको अध्यादेश राष्ट्रपतिको खोकिलामा पोको परेर बसेको छ रे । त्यों बाहिर नआउन्जेलसम्म एक एक गरेर द्वन्दकालमा सहीद भएकाहरुको लास निकाल्दै बखेड़ा मच्चिँदै जानेछ । त्यो कर्वान्वयनमा नआएसम्म देशमा शान्ति हुन्न है ठिट़ा हो । यो एउटा एउटा घटनामा आन्दोलित हुनुभन्दा त्यो अध्यादेश जारि गर्न आन्दोलित होउ क्या ! गाँठी कुरो त्यहाँ छ ।” 

ठिट़ाहरुले बेस्मारी ताली ठोके । मैले पनि दिएँ ताली टररर …

तपाइँको प्रतिक्रिया