नेपालनै नरहे के हिमाल के तराई ? को मधेसी को पहाडी ?

रुपेन्द्र कर्माचार्य (आलेख)/ज्ञानेन्द्र कर्माचार्य (तस्बिर)

रत्ननगर, टाँडी, चितवन 

 

dsc_0526

(एक मधेश एक प्रदेशबिरुद्द थारु समूदायले चितवनको रत्ननगर नगरपालिका, टाँडी बजारमा गरेको प्रदर्शनीको एक झलक)

अहिले नेपाल विविध आन्दोलन, बन्द, हत्या, हिंसाले तनावग्रस्त बनेको त्यसै लोड सेडिङको मारले आर्थिक गतिविधि ठप्प भैरहेको अवस्थामा चर्किएका यस्ता आन्दोलनले मुलुकलाई थप अधोगतीतिर उन्मुख गराइरहेको आम जनजिवन अस्तब्यस्त बनेको पछिल्लो घटनाक्रममा सरकारले थारुहरुलाई मधेसीको श्रेणीमा राखेको विरोधमा मुलुकका विभिन्न भागमा थारु समुदायहरुले आन्दोलन जारि राखेका छन शान्तिपूर्ण भनिएको आन्दोलन विस्तारै हिंस्रक हुँदै गएको थारुहरुको धेरै बसोवास भएको चितवनपनि अछुतो रहेन यहाँ आन्दोलनको आगो सल्किरहेको  

नेपाल सांस्कृतिक विविधताको धनि देश हो हिमाल, पहाड तराईको भौगोलिक धरातलमा बसोवास गरेका विविध जनजातिहरुले सदियौंदेखि आफ्ना मौलिक परम्परा, धर्म, भाषा, सस्कृतिहरुलाई जगेर्ना गर्दै आइरहेका छन् एउटै जातिभित्र पनि अरु हाँगाविगाँहरु छन् यि थुप्रै विविधताका वावजुतपनि हामी सम्पूर्ण नेपालीविचको जातिय धार्मिक सहिष्णुता, सद्भाव, प्रेम भात्रित्व अनुकरणिय त्यसैले नेपाललाई चार वर्ण छत्तिस जातको साझा फूलवारी भनेर चिनिएको हो

 

तेस्रो जनआन्दोलनपश्चात हक, अधिकार स्वतन्त्रताको नाममा जातियता क्षेत्रियताको राजनिति शुरु भयो पार्टिगत स्वार्थकोलागि देशभरि नै विभिन्न जातिय मोर्चाहरु खोलिए जातिय हक, अधिकार, स्वतन्त्रता मुक्तिको लागि आआफ्ना मागहरु प्रस्तुत भए आन्दोलन छेडियो हरेक व्यक्ति स्वतन्त्र हुन्छ  उसको मौलिक अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व हो तर, आफ्नो हककोलागि लड्दा अरुको हककोपनि विचार होइन ? हामीले आफ्नो जातिगत वा क्षेत्रगत रुपमा मात्र सोच्ने हो भने राज्यको बारेमा कसले सोच्ने ? नेपालको बारेमा नेपालीको बारेमा कसले विचार पुर्‍याउने ?

 

हिमाल, पहाड  तराई समष्ट स्वरुपनै नेपाल हो विविध जनजातिको सिंगो रुपनै हामी नेपाली हौं हामी सबैले सबैको बारेमा विचार पुर्‍याउनु पर्ने होइन ? नेपालनै नरहे के हिमाल के तराई ? नेपाली नै नरहे को मधेसी को पहाडी ? फूलवारीमा भमराहरुले यो मेरो क्षेत्र यी मेरा फूलहरु अनि चराहरुले आफ्नै क्षेत्रकोलागि लुछाचुँडी गर्ने हो भने फूलवारीको स्वरुप कस्तो होला ?

 

 जातिय, क्षेत्रिय धार्मिक लडाई कती भयावह जटिल हुन्छ भन्ने कुरा विश्वको इतिहासलेनै देखाइसकेको टाढा किन जानु हाम्रै छिमेकी मुलुक भारतमा चर्किएका हिन्दु मुश्लिमहरुको धार्मिक द्वन्द अनि श्रीलन्कामा भैरहेको तलिमहरुको जातिय क्षेत्रिय युद्वले पनि पाठ सिकाउँछ

 नेपालमा जातिय राजनितिको विजारोपण हुनु दूर्भाग्यपूर्ण हो यसले केही वर्ग वा पार्टीलाई हित गर्ला तर राष्ट्रिय भावनालाई कमजोरपार्ने मात्र होइन, सामाजिक विखण्डन ल्याउने खतरापनि रहन्छ थारु समुदायको आन्दोलन त्यसैको एउटा अंश हो यो चिगाँरी मात्र हो, आगोको लप्का कति उचाईसम्म जान्छ कल्पनागर्न गाह्रो यसलाई मुलुकमा घट्न सक्ने ठूलो दूर्घटनाको संकेतको रुपमा लिनुपर्छ सबै राजनितिक दलहरुलगायत आम नेपालीहरु सचेत रहनु उत्तिकै आवश्यक

 

सदियौं देखि रहिआएको हाम्रो सहअस्वित्व, सामाजिक सद्भाव सामाञ्जस्यतालाई अक्षुण राख्न जागरुक हुनु हामी सबैको कर्तव्य हो शान्ति, सद्भाव स्थिरताले नै देशलाई पूनः विकासको बाटोतिर डोर्‍याउन सक्छ भन्ने कुरामा कसैको दुइ मत नहोला

 

तपाइँको प्रतिक्रिया