बेल्जियममा नेपाल, नेपाली र राजदूत
● पि जी शेर्पा / वेल्जियम
२०१२ जुलाइमा आदिवासी जनजाती महासंघ, वेल्जियमको स्थापनाको दिन “पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान” भन्ने नारा सहित पहिलो अधिवेशन सम्पन्न भएको थियो । यही अधिवेशनमा विशेष अतिथीको हैसियतवाट वेल्जियमका लागि नेपाली राजदुत महामहिम राममणि पोख्रेलले उक्त अधिवेशनको मुल नारा विपरित आदिवासी जनजातीको इतिहासलाई तोडमोड गर्दै जातीय पहिचान सहितको संघीयता सम्भव नभएको धारणा व्यक्त गर्नु भएको थियो । वहाँको उक्त अभिव्यक्तिले विवादको शुरुवात गरेको थियो ।
अन्तरराष्ट्रिय मुल्य मान्यता अन्तर्गत आदिवासी जनजातीको पहिचान, आफ्नो थाक थलो संगको अधिकार, आफ्नो माटो र श्रोत साधन संगको सम्वन्ध प्रष्ट् हुँदाहुँदै र संयुक्त राष्ट्र संघको सदस्य मुलुकको हैसियतले देशको कुटनैतिक जिम्मेवारी वोकेको व्यक्तिले अन्तरराष्ट्रिय मुल्य, मान्यता, कानुन र मानव अधिकार संग परस्पर विरोधी अभिव्यक्ति दिनु कत्तिको जायज हुन्छ ?
संघियता र पहिचान सहितको संघीय नेपालको नयां संविधानमा ससम्मान लिपीवद्ध गर्नुपर्दछ भन्ने एकिकृत नेकपा माओवादीको तर्फाट राजनैतिक नियुक्ति लिएर आएका राजदुत पोखरेलवाट वेल्जियमवासी नेपालीहरुले यस्तो अपेक्ष गरेका थिएनन् । भलै आफ्नो व्यत्तिगत धारणा भएपनि राजदुत पद वहन नगरेको अवस्थामा उक्त अभिव्यक्ति दिन सक्थे भन्ने मलाई लाग्छ किनकी कुनैपनि व्यक्तिलाई आफ्नो सकरात्मक र नकरात्मक धारणा व्यक्त गर्ने अधिकार सुरक्षित हुन्छ र हुनु पर्छ नै । उक्त समयमानै आदिवासी जनजाती महासंघका केन्द्रिय महासचिव आडकाजी शेर्पाको रोहवरमा वहांको अभिव्यक्तिको भ्रममा नपर्न आहान गर्दै आदिवासी जनजाती महासंघ वेल्जियम लगायतले विज्ञप्ति जारी गरिसकेको छ ।
अर्को महत्वपूर्ण विषय इपरमा गोरखा नेपलीशैनीकहरुको सम्मानमा स्मारक निर्माण गर्ने विषयाई लिएर वहस शुरु भयो । इपर स्मारक नेपालीहरुको साझा सामाजिक दायीत्व भित्र पर्ने भएकाले सवैको वरावरी हैसियत र चासोको विषय हो भन्ने मलाई लाग्दछ । पहिला राजदुत इपरको विषयमा सकारात्मक नै थिए र वहाँले दुतावासमानै छलफलको लागि वोलाउनु भएको पनि थियो । उक्त छलफलमा इपर स्मारक निर्माणको संयोजक जनजाती मध्यको कसैलाई दिने करीव करीव सहमति भए पनि उक्त दिन टुगोमा पुग्न सकेन । राजदुतकै प्रस्तावमा अर्को वैठकमा निर्णय गर्ने भनि वैठकको मिति तोकीयो । निर्धारित वैठक अनअभोइडेवल रिजन भन्दै दुतावासवाट इमेल मार्फ रद्ध गरियो । उक्त सर्न्दर्भलाई लिएर राजदुत ज्युले नमस्ते युरोपको राजेन्द्र भट् संगको कुराकानीमा सत्य तथ्यमा आधारित नभई वेल्जियमका संघसंस्थाप्रति लक्षित हुँदै वहाँले दिएको अभिव्यक्तिले वेल्जियमा स्थापित संघसंस्थाहलाई हिलो छ्यापेको महसुस मलाई भयो । यसले स्मारक निर्माण प्रकृयालाई रचनात्मकतिर भन्दा अन्तहिन राजनैतिक वहसमा मात्र लैजान उत्प्रेरित हुने देखिएकोले फेरी आदिवासी जनजाती महासंघ लगायतका वेल्जियमस्थित विभिन्न संगठनहरुले विज्ञप्तिमार्फ सचेत गराउने काम भयो ।यो कुनै व्यक्ति संग पूर्वाग्रही भएर गरिएको काम नभई आफ्नो संगठनको नितीमा सचेत भएर गरिएको काम हो ।
उक्त संघर्षलाई मनोगत ढंगले व्याख्या विष्लेषण गर्दा वेल्जियममा स्थापित सामाजिक, राजनैतिक, धार्मिक, सांस्कृतिक र क्षेत्रीय र जातीय संघ संस्थाहरु र वेल्जियमवासी नेपाली समुदायको वीचमा रहेको सदभाव सहिष्णुता र माया प्रेमको सम्वन्धमा पनि चिसो पसेको व्याख्या विश्लेषण गरिएको छ त्यो सत्य होइन । यो संघर्ष र एकताको एउटा प्रकृया हो । यस्तो भइ रहन्छ र यसले नयां निकास निकाल्छ । दुतावासले अविभावको भुमिका र एन आर एन वेल्जियमले समन्वयको भुमीका समयमै निर्वाह गरी वेल्जियममा स्थापित जुनसुकै संघ संस्थाको अग्रसरतामा इपरको गोरखा सैनिक स्मारक निर्माण गर्न दिएको भए आज यो विषय यसरी संसार भर पोखिएको पानी झैं छताछुल्ल हुने थिएन । यति हुँदाहुँदै पनि यो स्थितिसम्म तमु समाज वेल्जियमले यो कार्यलाई सम्पन्न गर्न जिम्मेवारी तरीकाले अगाडि वढेको छ यसलाई अझै जिम्मेवार वनाउंदै अगाडि वढ्न हौसला प्रदान गर्न सक्नु पर्दछ ।
यति भइसक्दा पनि राजदुत महोदयले विभिन्न र्सार्वजनिक कार्यक्रममा संगठनहरुलाई विभिन्न कोणवाट वर्गीकृत र विभाजन गर्दै इपरको सवालमा पहिलो एन आर एन संग,दोस्रो राजनैतिक संस्थाहरुसंग र तेस्रो प्राथामिकतामा मात्र जातीय तथा सामाजिक संस्थालाई दिने भन्ने अभिव्यक्ति दिएपछि झन वहसलाई उल्टो तर्फविकास गराउने वहाँ उद्धत हुनुहुन्छ । यसरी कसैसंग सहकार्य हुन सक्ने कसैसंग हुन नसक्ने, नस्वीकार्ने विचार वहांले व्यक्त गर्नु् मिल्दैन । अन्य संघ संस्थाहरुको औचित्य समाप्त पार्ने गैर जिम्मेवारी पूर्ण अभिव्यक्ति राजदुतको हैसियतले कसरी दिन मिल्छ ? नेपाल सरकार संग पनि म यो प्रश्न गम्भिर रुपमा राख्न चाहन्छु । यो विषय वहाँको अभिव्यक्ति जातीपाती भएर दुतावासमा नआउनु नेपाली भएर आउनु तपाईंहरुको काम हुन्छ भनि भिडियोमा प्रश्ट वोल्नु भएको छ । यी गम्भिर विषयमा पर्छन की पर्दैनन् ? यो प्रश्न पनि म नेपाल सरकारलाई नै राख्न चाहन्छु ।
यस पश्चात स्व भिम व तामाड. को श्रद्धान्जली सभामा पनि राजदुतज्युले विषय प्रसंग वाहिर गएर इपरको विषयमा नै धेरै लामो वोल्नु भएको भिडियो र्सार्वजनिक भइसकेको छ । वहांको अभिव्यक्ति प्रति दर्शकज्युहरु वाट नै स्वतन्त्र विश्लेषण उचित होला । राजदुतज्युले पनि आफुले वोलेको आफैंले अध्ययन र मनन गर्नु भएको होला । जाती पाती भएर दुतावास नआउनु नेपाली भएर आउनु भन्नाले आफ्नो भेषभुषा लगाएर गुरुड, मगर, राई इत्यादी जनजाती भएर दुतावासमा आउन मिल्ने की नमिल्ने ? यी र यस्ता विषयहरुमाथि सन्चारकर्मीहरुले सामाजिक, राजनैतिक, आर्थिक, अपाराधिक, समाजहानिकारक, समाजमा हुने विविध गतिवीधीहरु प्रवाह गर्ने आफ्नो पेशागत कामहरु भए र वेल्जियममा भएको गतिवीधीहरु पनि सञ्चार जगतमा आए ।
यसै सर्न्दर्भमा तमु समाज वेल्जियमको आहानमा इपरको विषयमा डिसेम्वर ९ मा छलफल कार्यक्रम सम्पन्न गरिसकेको छ । उक्त भेलामा औपचारिक निम्ता हुँदैपनि अविभावक संस्था दुतावासको अनुपस्थिती रहयो। हामीले सौहार्द्धरुपमा दुतावाससंग छलफल गर्ने र असमझदारीहरुलाई हटाउने र अगाडि वढ्ने सहमति गरियो । तमुसमाज मार्फ दुतावासमा गई असमझदारीवारे छलफल गर्ने र सुल्झाउने गरी २७ डिसेम्वरमा १ वजे दुतावाससंग भेटघाट हुने जानाकारी सहित मलाई पनि अनुरोध गरे बमोजिम म पनि उक्त समयमा दुतावासमा पुगेको थिएँ । राजदुतले म संग व्यक्तिगत अपोइन्टमन्ट नभएको भन्दै छलफलमा सहभागी गराएनन् । आदिवासी जनजाती महासंघ यस्तो गैरजिम्मेवार कुटनैतिक प्रकृया प्रति गहिरो खेद प्रकट गर्दछ । यसले सम्पूर्ण आदिवासी जनजातीहरु लगायतलाई गहिरो चोट पुग्न गएको छ ।
पुनश्च यही डिसेम्वर २३ मा एन आर एन वेल्जियमको चौथो वाषिर्क साधरण सभामा प्रमुख अतिथीको आशनवाट राजदुत महोदयले शुभकामना मन्तव्यको क्रममा आफु समग्र नेपालीको साझा प्रतिनिधी हुँ भन्ने कुरा हेक्का नराखी “चुच्चे चुच्चे, थेप्चे थेप्चे, जाती पाती ” जस्ता समस्याको सामाधान भन्दा पनि उत्तेजना फैलाउने शव्दहरु प्रयोग गरी पूर्वाग्रह भएर मन्तव्य राख्नु भयो। स्मरण रहोस एन आर एन ए नेपालमा दर्ता हुन सकिरहेको छैन । राजदुतले भनेझै एन आर एन एलाई नेपाल सरकारले आधिकारिक रुपमा दर्ता गरेर पहिचान प्राप्त गरेको संस्था होइन । यी शव्द चयनहरु मैले सम्पूर्ण आदिवासी जनजातीहरुलाई हेप्ने प्रवृत्तीवाट सचेतरुपमा नै प्रयोग भएको महशुस गरेको छु । यसले नेपाल वहुजाती, वहुभाषी, विविध संस्कृती र विभिन्न धर्मालम्वीहरुको साझा देश हो भन्ने कुरालाई नै मेट् खोजीएको प्रतित भएको छ ।
(लेखक नेपाली जनजाती महासंघ वेल्जियमका अध्यक्ष, एन आर एन ए वेल्जियम केन्द्रीय सदस्य तथा एन आर एन बेल्जियमका पूर्व अध्यक्ष हुन् )।




