जनजातिका नेतालाई नेपाली दुतावासमै प्रवेश निषेध
नेपालीको साझा घर नेपाली दुतावास । बिदेशमा बस्ने नेपालीका लागि अभिभावक राजदूत । तर नेपाली राजदूतहरु नेपालीका साझा बन्न सकेका छैनन् । बरु नेपालीको मान मर्दन गर्ने । हेप्ने । तर्साउने । कारवाहीको कुखुरे धमास दिने । एक्ल्याउने । एकथरीलाई च्याप्ने र अर्को थरीलाई हेप्ने । नेपाली फुटाउने । कूटनितिक मर्यादा नाघेर गोठालाले भैंसी तर्साएझैं तर्साउन खोज्ने । न्युन स्तरका आफ्नै राजनितिक कार्यकर्तालाई झैं नेपालीको स्तरनै नचिनी तर्साउने । कूटनितिज्ञ भएरपनि राजनितिक पार्टीको नेता जसरि कुनै पार्टीको कार्यकर्ता झैं बन्ने । कहिँ नेताले झैं मुड्कि उचाल्दै पुग्ने । कुनै कार्यक्रममा शुभकामनापनि नदिने । यस्तै ब्यवहारले गर्दा अहिले बेल्जियमा नेपाली राजदूत राममणी पोख्रेल तिब्र बिबादमा परेका छन् ।
उनले पछिल्लो समयमा जनजाति महासंघ बेल्जियमका अध्यक्ष, एन आर का केन्द्रिय सदस्य समेत रहेका पीजी शेर्पालाई राजदूतावासको ढोका थुनिदिएर मानमर्दन गरेका छन् । आफ्नै दुतावासको ढोका बन्द गरिदिएर उनलाई दुतावास छिर्न नदिएपछि हेपिएर पीजी शेर्पा फर्किनु पर्यो परेपछि त्यसको असरले सिंगो राजदूतावास बिबादको घेरामा तानिएको छ ।
राजदुत पोखरेलले यहि डिसेम्वर २३ तारिख एनआरएन बेल्जियमको साधारण सभामा भाषण गर्दै त्यहाँका नेपालीलाई तर्साउने, पत्रकारहरुलाई धम्काउने गरेका थिए । उनले आफुबिरुद्द नलेख्न र नबोल्न निर्देशन दिए । यदि त्यो पालना नगरे नराम्रो हुने हुने भन्दै चोर औंला ठड्याएका थिए । उनले आफ्नो मन्तब्य पुरै आफुलाई मन नपरेका नेपालीलाई गाली गर्न, तर्साउन र कारवहीको धम्किदिन खर्चिएका थिए । यसपछि उनी झन बिबादमा तानिए । यसपछि नेपाली दुतावास र नेपालीबिच संबन्ध बिग्रिनु राम्रो हुन्न भन्दै केहि नेपालीले संबन्ध सुधार्ने कोसिस गरे । त्यसकालागि यहि २७ डिसेम्वरमा नेपाली राजदुतवासमा राजदुत पोखरेलसित समय लिएर वार्ताकालागि गए तमु समाजका अध्यक्ष पदम गुरूङ, दुर्गा गुरूङ र चित्र गुरूङ सहितको टोली ।
पीजी शेर्पा जनजाति महा संघ बेल्जियमका अध्यक्षपनि । एन आर एन बेल्जियमका पूर्व अध्यक्ष र हाल केन्द्रिय समितिका सदस्य । बेल्जियममा निकै नेपालीले आदर सम्मानले हेर्ने ब्यक्ति । उनलाइ तमु समाजले राजदूतसितको बैठकमा निम्ता गर्यो । उनी तोकिएको समय भन्दा करिब १० मिनेट ढिलो पुगेछन् । गाडी पार्किङ गर्ने ठाउँ खोज्दाखोज्दै ढिला भएछ । दुतावासको ढोकामा पुगेपछि राजदूत पोखरेललाई खबर गरियो, पीजी शेर्पा आइपुगेको । तर वार्ताका अन्य सदस्य दुतावासमा उनलाई पर्खेर बसिराखेकै अवस्थामा राजदूत पोखरेलले उनलाई ‘मैले तपाईलाई यहाँ बोलाएको छैन । तपाई गुरुङ हैन । फर्किनुस् । मैले गुरुङहरुलाई मात्रै समय दिएको हो, तपाईलाई हैन’ भनेर फर्काइदिए । राजदूतले यसो भन्दा तमु समाजका वार्ताकार सदस्यहरुले सुनिरहे, राजदूतकै कक्षमा बसेर ।
बेल्जियमको नेपाल मगर संघ, तमु समाज, थारु समाज लगायत धेरै जनजातिका संग संगठन जनजाति महासंघ बेल्जियममा आबद्द छन् । त्यहि महासंघको अध्यक्ष हुन्, पीजी शेर्पा । यो हिसाबले उनी सबैका नेत्रित्वकर्तापनि हुन् । र उनलाई सहजीकरणकै लागि निम्ता गरिएको थियो । शेर्पाले यहि कुरो त्यहाँ बताएपनि । तर राजदूतले भने उनका कुरा नसुनी मानमर्दन गरेर फर्काइदिए ।
यसले गर्दा बेल्जियमा अहिले राजदूत राममणी पोख्रेललाई जनजातिबिरोधी भनेर झन प्रष्ट हुँदै गएको जनजातिहरुले बताएका छन् । उनी राजदूत भएर आए लगत्तै उनले दुतावास मार्फत प्रधानमन्त्रीलाई जनजातिको ज्ञापनपत्र बुझाउन जाँदा नै नेपालम पहिचान सहितको राज्य नहुने, जनजातिको राजनिति गर्न नहुने भन्दै राजनितिक नेताका रुपमा उनी उत्रिएपछि बिबाद शुरु भएको थियो । उनले त्यसपछिपनि पटक पटक जनजातिहरुको मानमर्दन गर्ने अभिब्यक्ति दिएको भन्दै आक्रोशित र दुखित भएका थिए । जनजातिले त्यसको बिरोध गर्दै आएका थिए ।
राजदूत पोख्रेलले एकिक्रित नेकपा माओवादी र एन आर एन बेल्जियमलाइ च्याप्दै आएका थिए । ति दुई संगठनको बचाउ गर्ने, तिनका नेतालाई निकट राख्ने र कार्यक्रममा प्रशंसा गर्ने गर्दै आएका थिए । तर जनजाति महासंघ, तमु समाज र अन्य राजनितिक दलका संगठ्नप्रति अनुदार हुँदै आएका थिए । उनको यो गैह्र कूटनितिक क्रियाकलापको खबर लेख्न थालेपछि सार्वजनिक कार्यक्रममै उनले आफू बिरुद्द नलेख्न भन्दै पत्रकार र राजनितिक बिचार लेख्नेलाई धम्क्याएका थिए । आफु बिरुद्द लागेकोले उनले प्रतिशोध साँधेर पीजी शेर्पा मार्फत जनजातिहरुलाई हेपेको भन्दै जनजातिका नेता र कार्यकर्ताहरु अहिले आक्रोशित भएका छन् ।
राजदुतसँग भेटघाटको समय लिइएको समयमा तमु समाजका अध्यक्ष पदम गुरूङ प्रवासीले भने राजदुतावास र तमु समाजका विचमा देखिको विवाद यो लोसार (आज ३० का दिन आयोजित) भन्दा अगाडि नै समाधान गर्ने मनसायले समय लिएकोले आदीवासी जनजाति महासघका अध्यक्ष समेत रहेका पिजि शेर्पालाइ समेत साथमा लिएर जाँदा विवाद समाधान गर्न सहज हुने मनसायले शेर्पालाई निम्ता गरेको चित्वन डटकमका सञ्चालक क्रिष्ण रेग्मीलाई बताएका छन् ।
आफुहरु पुगेको करिब दश मिनेट पछिनै पिजि शेर्पा दुतावास पुग्दा राजदूतले तमु समाजका अन्य सदस्य भएको उनैको कार्यकक्षबाट ‘माथी तपाइ आउन मिल्दैन, तपाइसँग समय लिएको छैन’ भन्दै फर्काइदिएकोपनि बताए । तमु समाजका अध्यक्ष पदम गुरुङले रेग्मीसित भने “कुनै हालतमा शेर्पालाई नभेट्ने, उहाँलाइ जानुस भन्नु भयो । राजदुतको व्यवहारको सम्वन्धमा हामीले के भन्ने यो त उहाँले नै जान्नु पर्ने विषय हो । समाजका प्रतिष्ठित व्यक्ति तथा विभिन्न संस्थाका प्रमुख रहिसकेका र अहिले पनि जनजाति संघ संस्थाका छाता संगठनको अध्यक्ष जस्तो व्यक्तिलाइ राजदुत ज्युले गर्ने व्यवहार उहाँले सोच्नु पर्ने हो । यस सम्वन्धमा हामी लोसार लगतै सस्थागत धारणा तयार गर्दैछौं ।”
(फोटो- शेर बहादुर छन्त्यालले खिचेका हुन्)




