राष्ट्रपतीलाईपनि भारतकै चिन्ता
यो भारतसित यति बिघ्न झुक्नुको कारण के छ ? हाम्रा नेताले लिनुसम्म सुविधा लिएर हो कि खानुसम्म दानापानी खाएर हो ? किन गर्छन् यतिबिघ्न भारतको पिरलो । देशमा यतिबिघ्न संकटको अवस्था हुँदा नाति पनातीसम्म ओइरो लाएर भारत गए राष्ट्रपती । धेरै नेताले यस्तो बेला नजानु भन्ने सुझाव दिए । कांग्रेस सभापती सुशिल कोइरालाले भेटेरै सम्झाए । टेरेनन् । चटारिएको गाइ झैं हानिए कसैका कुरा नसुनी । गएर आफ्नो हितकालागि केहि गर्न सके त हुनेथियो । तर उहाँ गएर पनि उनलाई उहि भारतकै पिरलो भएछ । त्यहि पिरलो सुनाउँदै फर्किए उनीपनि । भने ‘भारतको यस्तो चाहना छ । उस्तो चाहना छ । भारत राष्ट्रिय सरकार चाहन्छ ।’
भारतले जानासाथै हेप्यो । माथिल्लो तहको डिग्री दिम्ला झैं गरेर चुथ्थो दियो । वा राष्ट्रपती आफैंले कस्तो के पाउँदै छु भन्ने नबुझि खुट्टो उचाल्दै दगुरे । आखिर नेपाललाइ भारतले कहिले कुन चिजको गतिलो दिन्थ्यो र देशमा आगो सल्किएका बेला भ्रमणमा निस्कने लोभीलाई गतिलो प्रमाणपत्र देओस् । जे दियो त्योपनि तथास्तु गर्दै पोल्टो थापे र दिल हँसाए राष्ट्रपतीले ।
तस्विरले नै बोल्छ, उनको त्यहाँ कुन स्तर थियो । उनले कुन खालको ब्यवहार गरे । भारतीय नेत्रि सोनिया गान्धीसित निहुरिँदै हात मिलाए । राष्ट्र प्रमुख भएर बिदेशको एउटा पार्टीको नेतासितपनि यतिबिघ्न झुक्नुपर्ने । तिनको राष्ट्रपतीले के लिएका रहेछन् ? के खाएर होला ? किन नेपाली जनता, हाम्रो देशलाई यसरि झुकाउनुपरेको होला ? जाबो हात मिलाउँदानै शिर झुकाउने राष्ट्रपतीलाई भारतीय नेताले टेरुन पनि किन ? आफ्नै देशको इज्जत राख्न नसक्नेलाई बराबरी हैशियत दिने कुरै भएन । उनले राष्ट्रप्रमुखका हैशियतले फेरी नेपालीलाई भारतसित शिर झुकाएर फर्किए ।
विमानस्थलमा ओर्लिनासाथ भारतले राष्ट्रिय सहमतीको सरकार चाहेको भनेर कराउन थाले । एउटा स्वतन्त्र राष्ट्राकालागि हामी नेपालीको चाहना के हो ? त्यो पो महत्वपूर्ण हो । भारतले के चाहन्छ हामीलाई के मतलव ? के नेपालको शासनसत्ता भारतीय चाहना अनुसार मात्रै चल्नुपर्छ । संविधानका रक्षक समेत रहेका राष्ट्रपतीलाई नेपाली जनता के चाहन्छन् भन्ने पिरलो धेरै हुनुपर्छ कि भारतले कस्तो सरकार, कस्तो संविधान चाहन्छ भन्ने हुटहुटी र चिन्ता ?
भारतले यस्तो चाहन्छ । उसो चाहन्छ भन्न किन लाज नमानेका ? पुरै भारतको पाल्तु जन्तुझैं किन यसरि भारतको चाहनाको चिन्ता गर्नुपर्ने ? नेपालको चाहना यस्तो छ भारतमा, नेपालले भारतबाट यस्तो चाहन्छ । हामीमाथि यस्तो नगर । दुई देशको हित भनेको यस्तो हुनुपर्यो । हामी यस्तो सहन्नौं भनेर किन भन्न नसकेका ? तपाईहरुको चाहना हामीमा यस्तो रहेछ, हाम्रो चाहना यस्तो छ भनेरपनि भन्न सके पो बल्ल आफ्नो देशको ईज्जत रहन्छ । टाउको झुकाउँदै हात मिलाएर, लत्रक्क परि परि घुमेर अनि भारतको चाहना यस्तो भन्दै स्वदेश फर्किने कति लाज नभएका !! कहिले होला यिनले हामी नेपालीको चाहनाको कुरा गर्ने भारतसित ?




