“भ्रस्टाचारीहरुमाथि सशक्त कारवाही गर्दै छौं” शिव सेना नेपाल

-रेपब्लिक मेडियाको कार्यालयमा हामी सम्झाउन, बुझाउन र चेतावनी दिन गएका थियौं । तर हाम्रा साथीहरुलाई उहाँहरुले उत्तेजित गराउनु भयो । त्यसले अलिकति झाक्कल झुक्कल भएको हो, त्यस्तो आक्रमण गरेको होइन ।

-जुनसुकै पार्टीका नेता, कार्यकर्ता किन नहोउन् हामी अनियमितता, भ्रस्टाचार गर्ने र जनतालाई सास्ति दिनेलाई कारवाही गर्छौं । त्यसको छानबिनको लागि हाम्रो अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ, केहि महिनामाबाट शुरु हुन्छ सार्वजनिक गर्ने र कारवाहीको प्रक्रिया  ।

-नेपालको कानुनलेनै यस्तो नांगो बिक्रिति फैलाउन, संस्क्रितिक सद्भाव भड्काउने, आमा, दिदी, बहिनीको बेइज्जति गर्ने नांगा फोटा छाप्न पाइन्न । सरकारलाई हामीले पटक पटक अग्रह गर्‍यौं । पत्रीकालाईपनि लिखित किसिमले सम्झायौं । हामीले पत्र पठाएका केहि सुध्रिए, कारवाही गरेनौं ।

– कानुन अनुसार कारवाही गर्ने निकायनै नदेखिएपछि देश, जनता र संस्क्रितिप्रति गम्भिर भएर शिव सेना नेपालले रेपब्लिक मेडियामा कारवाही गरेको हो । यस्ता नांगा फोटो राखेर ब्यापार गर्नेहरु पत्रकार होइनन्, पत्रकारिताका नाममा कलंक हुन् ।

­-अहिले अधिकांश पत्रकार र मेडियाले हामीलाई समर्थन गरे । हामीले गरेको आक्रमणमा बिरोध गरेर उनीहरुले केहि लेखेनन्, उनीहरुलाई समर्थन गरेनन् । त्यसको अर्थ हामीप्रतिको समर्थन हो । पत्रकारहरुले हामी सित हाकै भने “यो राम्रो काम हो र हामी समर्थन गर्छौं’ भनेर ।

– यो देशमा सरकार नभएकाले हामी अगाडि सर्नु परेको हो ।

-शिव सेना नेपालमा यति छिटो आबद्द भएका छन् जनता कि छोटो समयमै हाम्रो ५६ जिल्लामा समिति गठन भो । २८ देशमा त हामीले कार्यालयनै खोलिसक्यौं।

– यो देशमा सरकारनै छैन । दशौं हजारको हत्या र हिंसा गरेर, चप्पल पड्काउँदै आएका नेता महलमा बस्ने । भ्रस्टाचार गर्ने । जनता चाहिँ झुपडीमापनि बस्न नपाउने ? हामी त्यस्तो सरकारलाई जनताको मतले बिस्थापित गर्छौं । र शिव सेना नेपालले यो राष्ट्र बचाउँछ

– हामी प्रजातान्त्रिक र जनमतको कदर गर्छौं । यदि हामीमाथि दमन भो भने जस्तोसुकै संघर्षपनि अपनाउँछौं ।

-हामी किन भूमिगत हुने ? यो देश लुट्ने, भ्रस्टाचार गर्ने, जनतालाई ठग्ने, राष्ट्र कंगाल गर्नेहरु पो लुक्ने, भूमिगत हुने । हाम्रो त दर्ता भएको पार्टी हो । बैधानिक किसिमले आउँछौं । भूमिगत त जनता लुट्नेहरु पो हुनुपर्छ ।

हामी केहि महिना भित्रैमा देशमै सानो तिनो ईलम गरेर आफ्नै परिवारसित हाँसीखुशि बस्न पाइने बिकल्प प्रस्तुत गर्दै छौं । हामी योजनाबद्द रुपमा लागेका छौं । केहि महिनाभित्रै त्यो सार्वजनिक हुन्छ ।

-धर्मका नाममा घुसपैठ गर्ने, पैसाको खोलो बगाएर सोझासाझा र गरिब नेपालीलाई धर्म परिवर्तन गर्न लगाउने नेपाली वा बिदेशी एजेन्टबारे हामी सार्वजनिक गर्छौं । तिनलाई कारवाही गर्छौं।

-यो मुलुक अब युवाहरुले चलाउनुपर्छ । बुढा नेता, बिदेशी दलालहरुले चलाउन सक्दैनन् ।

(शिव सेना नेपालले मेडियामाथि गरेको आक्रमण, हिन्दू राष्ट्र घोषणा, राजसंस्था पूनर्स्थापना, आगामी निर्वाचन, भ्रस्टाचारीहरुमाथिको कारवाही लगायत विविध विषयमा विशेष योजनाहरु रहेको नेपालप्लसमार्फत सार्वजनिक गरेको छ । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले नेपालप्लसलाई यिनै विषयमा केन्द्रित रहेर दिएको अन्तर्वार्ता भोली आउँदै छ ।  यहाँ उल्लेख गरिएका यि बुँदा त्यहि अन्तर्वार्ताका केहि भाग हुन् -नेपालप्लस)

तपाइँको प्रतिक्रिया