बाबुरामले नटेरेर प्रचण्ड हैरान

राजन कार्की

राष्ट्रपतीले पछिल्लो पटक म्याद थपे सहमतीका लागि । अब चुप नबस्ने अड्कल काटिएपछि बाबुरामलाई राजिनामा गराएर सुशिल कोइरालाकालागि बाटो खुलाईदिने निर्णयमा एकिक्रित नेकपा माओवादी अध्यक्ष प्रचण्ड पुगेछन् । तर पहिले सहमती भएका संविधानका विषयवस्तुमा सहमती र चुनाव हुने निश्चित नगरि सरकार छोडे एमाले र नेपाली कांग्रेसले ज्यान जाला सरकार नछोड्ला, चुनावपनि नगर्ला भन्ने त्रास थियो माओवादीलाई । त्यो दिगमिग हटाएर सरकार छोड्ने सहमतीमापनि पुगे माओवादी र नेपाली कांग्रेस । तर माओवादी उपाध्यक्ष समेत रहेका बाबुराम भट्टराई भने कुनैपनि हालतमा सरकार छोड्दिन भनेर प्रचण्डालाई हैरान पारिरहेका छन् ।

सरकार छोड्ने विषयमा एमाले अध्यक्ष झलनाथ खनाल, माधव कुमार नेपालसित प्रचण्डले छलफल गरे । सुशिल कोइरालालाईपनि आफ्ना शर्तमा मनाए । दुबै केहि लचिलो बने, केहि छोडे । अब निकास निस्कन्छ भनियो । पार्टी पदाधिकारीहरुको बैठकमा अधिकांशले निर्णय गरेपछि लागु हुन्न भनेर सोच्ने कुरो भएन । तर बाबुराम भट्टराई पार्टी ब्युरोहरुकै बैठकमा नगएर चुनौती दिए । हरेक बैठकमा नेपाली कांग्रेस र एमालेले प्रचण्डलाई ‘तपाईनै मुख्य कारक हो, चाबी तपाईकै हातमा छ’ भनेर दबाब दिने गरेका छन् । कतिपयले प्रचण्डालाई ‘बाहिर कांग्रेस र एमालेसित एकथरी कुरा गर्ने र उता भट्टराईलाई भने सरकार नछोड्न ढाडस दिएर’दोहोरो भूमिका खेलेको आरोपसमेत लगाउँदै छन् । यसरि अहिले प्रचण्ड दोहोरो चेपुवामा परेका छन् ।

तरपनि एमाले र नेपाली कांग्रेससितको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले बाबुरामलाई राजिनामा गराउने आश्वासन दिईरहेका छन् । तर स्रोतहरुका अनुसार चाहिँ भट्टराई अझैपनि कुनैपनि हालतमा सरकार नछोड्ने अडानमा छन् । पार्टीले भनोस् कि अध्यक्षले । प्रतिपक्षी दलहरुले भनुन्  कि जो सुकै भुकुन् । उनी सरकार नछोड्ने एक सुत्रिय अडानमा छन् । त्यहि अडान अनुसार मन्त्री परिषदको बैठक डाकेर मधेशी दलहरुलाइ समेत सरकार नछोड्ने निर्णय गराए उनले । यो हेर्दा उनी कुनै हालतमा पार्टी निर्णयपनि नमान्ने एकोहोरो ढिपीमा पुगेका छन् ।

अघिल्लो बुधवार पदाधिकारी बैठक बाबुरामले बहिस्कार गरे । बाबुरामलाई फकाउने, सम्झाउने जिम्मा प्रचण्डालाई दिईयो । हिजो फेरी बिहानै बैठक राखियो । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नरायणकाजी श्रेष्ठ र प्रधानमन्त्री दुबैलाई सरकारबाट तत्कालै फिर्ता बोलाउने भनेर बैठक राखिएको थियो । तर त्यसमापनि सफल हुन सकेनन् । बाबुराम कुनैपनि हालतमा सरकार छोड्दै नछोड्ने पक्षमा पुगेका छन् । बिपक्षी पार्टी र आफ्नै  पार्टीलाईपनि नटेरेर सरकार जोगाउको एक्लो दौडमा जित्छु भन्ने भूत कहाँबाट चढेको हो भट्टराईलाई ? कसको सामर्थन र ढाडसमा यो आँट गरिरहेका छन् भट्टराईले ? पार्टी नेता, प्रतिपक्षी दलका नेता र माओवादी कार्यकर्तासमेत समेत अचम्म परेका छन् ।

भारतीय नेता करणसिंको नेपाल भ्रमणपछि भट्टराई एकाएक शक्तिशाली देखिएका हुन् । सिंलेनै भट्टराईलाई अहिले कुनैपनि हालतमा सरकार नछोड्ने ढाडस दिएको माओवादीकै एक थरी नेताहरु बताउँछन् । हुनपनि सिंहकै भ्रमणपछि भट्टराई र प्रचण्डबिच बिबाद देखिने र भट्टराई सरकार नछोड्न बढि अर्घेल्याई गर्ने गरिरहेका छन् । उता राष्ट्रपतीपनि उनै करण सिंहको सुझावमा भट्टराईकै पक्षमा पुगे भनेर दलहरुले हाकाहाकी गुनासो गरेकै हुन् । अहिलेपनि राष्ट्रपतीको भित्रि आकांक्षा भट्टराईलाईनै साम्र्थन गर्ने रहेको बताइन्छ । यहि आठ गतेबाट हुने भारतको भ्रमणमापनि राष्ट्रपतीले बहरतीय नेतासित भेट्ने बताइन्छ । त्यसबाटपनि राष्ट्रपनि झन बलियो भएर आउन सक्छन् । उनलाई भारतीय नेताहरुले भट्टराईकै पक्षमा रहन मन्त्रणा गर्ने अड्कल काटिएको छ । त्यसको छनक भने राष्ट्रपती फर्केन नआई भन्न सकिन्न ।

(कार्की रेडियो पत्रकार हुन् । उनले यो लेख करिब चारदिन पहिले लेखेकाले पछिल्लो घटना समेटिएको छैन । बेलैमा प्रकाशित गर्न नसकेकोमा नेपालप्लस क्षमा चाहन्छ)

तपाइँको प्रतिक्रिया