माओवादी भारतबिरुद्द बोल्दै गर्दा भट्टराईद्वारा प्रचण्डको बिरोध किन ?

मदन बज्राचार्य

बाबुराम जस्तो सबैबाट प्रशंसित नेताले गालि खानु पनि गोली खाएको भन्दा कम छैन । बाबुरामको बारेमा लेख्न म मावोबादिकै बिचारलाई आधार बनाउँछु । किन भने अरु दलको बिचारलाई आधार बनायर बाबुरामको बिरोध गरे “बिरोध को निमित बिरोध गरे भनि हाल्छ ।

माओवादी नेपालमा भारतको हैकमबाद निम्त्याउने दल तथा नेताको बिरुद्ध युद्धस्तरमा बिरोध गर्ने दल थियो (आज छ भन्न म सक्दिन) । प्रचण्डलाई शक्तिशाली बनाउननै दिल्ली सम्झौता भएको हो जस्तो लाग्दैन ।

सायद यो पक्कैको कुरा हो कि प्रचण्डको कमान्डर बनेकोलेनै माओवादीले जनयुद्ध जितेको थियो । बाबुराम त जनयुद्ध कालमै जनयुद्धको मर्मको बिपरित आचरण गरे बापत पार्टीको कार्यबाहिमा परेको कुरा सार्वजनिक भएको थियो ।

अरे बाबुरामलाई त पार्टी बाट निकाल्यो रे । अरे बाबुरामलाई त पार्टीको शिबिर भित्रै थुन्यो रे । अरे बाबुरामलाई प्रचण्डले झन्डै गोलिनै हानेको थियो रे । यस्ता कुराहरु हामीले सुन्दै आएका थियौं । ती कुरा सहि थियो वा गलत त्यो हामीलाई चासोको कुरा नभए पनि यि कुराहरुले बाबुराम र प्रचण्डको बिचमा नीतिगत बिवाद थियो भन्ने कुरा आजको बाबुरामले नै देखाएको थियो ।

प्रचण्ड माओवादी दल भित्र प्रभावशालि भएको समयमा माओवादी दल भारत बिरोधि थियो र भारतले पनि औपचारिकताको हद नाघेरै प्रचण्डको बिरोध गरेको थियो । माओवादी त्यो भारत बिरोधि नीति प्रचण्ड प्रधानमन्त्रिको चुनावमा हार्दै गरेको बेलासम्म कायमै थियो ।

माओवादीको समर्थनमा झलनाथको नेत्रित्वमा सरकार बनेको बेलामा पनि माओवादी भारतको बिरुद्ध बोल्दै गरेको थियो र माओवादीको यो आवाजमा एमाले पनि आवाज मिलाउन आउने सम्भावना बढेको थियो । त्यतिखेर एकिक्रित नेकपा माओवादी फुटेकोपनि थिएन । एमाले मात्रै होईन मधेशबादी दलहरुमा उमेश यादवको मधेश बादी दल समेत माओवादीले जस्तै भारतको बिरोध गर्न थालिसकेको थियो । त्यो माओवादी दलको नीतिगत विजय नै थियो । तर त्यतिबेला बाबुरामले प्रचण्डको बिरोध गरे । झलनाथको नेत्रित्वमा बनेको सरकारको बिरोध गरे । किन ?

यो कुराले बाबुरामलाई नियालेर हेर्दै आउने सबैलाई झस्काएकै थियो । र बाबुराम देशको प्रधानमन्त्रि बनेमा नेपालमा भारतको प्रभाव अझै बढी हुने आशंका भएकै थियो । त्यो आशंका मात्र आशंकामा सिमित रहेन भनेर माओवादी भित्र बाटै आवाज उठ्नुबाट बाबुराम आज प्रधान मन्त्रि पदमा नरहे पार्टी भित्र उसको पोजिसन कस्तो हुन्छ भनेर संकेत गर्छ । के यसै कारणले बाबुराम कुर्सीमा बसिरहन खोजेको त होईन ?

हामीले प्रचण्ड प्रभावशालि रहेको मावोबादीको नीति सुनेको बुझेकै हो । जुन बेलासम्म प्रचण्ड पार्टी भित्र प्रभावशालि रह्यो । देशको राजनीतिमा उसको प्रभाव रह्यो । माओवादीको र माओवादीको सित मिल्ने नेता र दलहरुको नीति र बोलि आजको बाबुरामको नीति र बोलि भन्दा आकास र जमिन जत्तिकै फरक छ । यो कुराले एउटा अहम प्रश्न उठाउँछ कि बाबुरामले कुन नीति र बोलि ले जनमत पाएको थियो ?

संबिधान सभाको चुनाव हुँदा बाबुरामले आज जुन नीति र बोलि बोल्दै आएको थियो त्यो नीति र बोलि बोलेर जनताको मत पाएको थियन । त्यतिबेला अवलम्बन गर्छु भनेको नीति र बोलि त्याग्ने बाबुरामले सोझो जति पेले पनि चुप बस्ने नेपाली जनताले बाबुरामलाई आज गालि गर्न थाल्यो । के यो “गालि” बन्दुक पिस्तोलबाट निक्लने गोलि भन्दा कम छ ?

नेपालले तेश्रो मुलुक सित व्यापारिक र औधोगिक संवन्ध बनाउन खोजे भारतले अनेकौ किसिमले बाधा तेर्स्याउँदै आएको सबैलाई थाह छ । नेपालमा ठुला भारतीय व्यापारीहरुले मात्रै होईन भारतबाट आएको कवाडीले समेत नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव नै बढी पार्दै आएकोछ ।

सियो समेत भारत बाट किन्ने नीति बनाएको कारण देशमा सियो पनि बनेन । भारत सितको औधोगिक व्यापारिक निर्भरतालाई आलोचना गर्न यो भन्दा बढी भन्नु पर्दैन ।

आज बर्षेनी सक्षम नेपालीलाई असक्षम बनाएर बिदेशिन बाध्य गरेकोछ । जति बिहारबाट अर्ध प्रशिक्षित मजदुर नेपाल आउँछ त्यतिनै संख्यामा नेपालको मजदुरले रोजगारी गुमाउँछ । एउटा बिहारीले नेपालको नागरिकता लिएर नेपालीको घर जग्गा किने नेपालीले नै घर जग्गा गुमाउने हुन्छ ।

नेपाल भारत भन्दा २२ गुणा सानो मुलुक हो । नेपालको जनसंख्या भारतको भन्दा ५० गुणा सानो छ । नेपालको जनसंख्या बढ्यो भन्दैमा नेपालको माटो फैलिँदैन । नेपालको भन्दा ५० गुणा बढी जनसंख्या भएको मुलुक बाट जति भारतीय नेपाल पस्छ त्यतिनै नेपालको भुमि नेपालीलाई नपुग्ने बनाउँछ  । माओवादीले नै भारतको दलाल भन्ने नेताहरुले त यो कुरामा सोचेनन माओवादीको बाबुरामले पनि नसोच्नुले बाबुरामलाई अझै बिबादास्पस्त बनाएको छ ।

हामीले टोल छिमेकी र नातेदारलाई भोज पार्टीमा बोलाउँदा पार्टी भोज गर्ने ठाउँ कत्रो छ कति खर्च गर्न सक्छौं भनेर हिसाव गरेरै मात्र बोलाउँछ भने नेपाल जस्तो सानो मुलुकले नेपालको भन्दा ५० गुणा ठुलो जनसंख्या भएको मुलुकका नागरिकहरुलाई नेपालमा नागरिकता दिंदै बसाल्न सकिन्छ ?

नेपालको सबै जनता भारतमा बसाई सरे पनि भारतको जनसंख्यामा २ प्रतिशतले मात्रै असर पर्छ । तर भारतको २ प्रतिसत जनसंख्या नेपालमा बसाई सरे नेपालको जनसंख्या दोवर हुन् जान्छ । कहाँ राख्ने तिनीहरुलाई नेपालिको टाउकोमा ?

नेपालको माटोले अहिलेनै मुस्किलले मात्रै नेपालीको आवश्यकता पुरा गर्न सक्छ । भारतीयहरु हाम्रो मित्र हुन् सक्छ । नातेदार हुन् सक्छ । तर भान्छा र सुत्ने कोठाको साझेदार हुन् सक्दैन । किनभने हाम्रो सानो नेपालको त्यो सामर्थ्य छैन । सामर्थ्य भन्दा बाहिर गएर भारत सित नजिकन खोज्दा नै हामि हिजो भन्दा आज बढी निर्भर हुन् बाध्य भएको हो । यो कुरामा आज बिचार नगरे कहिले गर्ने ? नेपाल सिक्किम बन्नु पर्ने अबस्थामा पुगे पछि ?

तपाइँको प्रतिक्रिया