प्रधानमन्त्रीकै भनाई ‘हामी देश टुक्र्याउन चाहन्छौं’

कान्तिपुर दैनिकमा पत्रकार कनकमणी दिक्षितको लेख पढ्दै थिएँ । एक ठाउँमा पुगेर आँखा अडिएको अडियै भए । उनले उल्लेख गरेका रहेछन् ‘वर्तमान राज्यलाई टुक्रा-टुक्रा पारेर नयाँ राज्य स्थापना गर्नु हाम्रो लक्ष्य हो ।’ यो बाबुराम भट्टराईले भनेको भन्दै उल्लेख रहेछ । अचम्म लाग्यो । माओवादीले आदर्श मान्ने विश्व कम्युनिष्ट आन्दोलनका नेता लेलिन देश एकिकरण गर्थे । यि भट्टराईचाहिँ देश टुक्र्याउने कुरो पो गर्ने रहेछन् । कसरि ? बाबुराम भट्टराईले बोलेको अन्तर्वार्ताको स्रोतसमेत खुलाएका थिए दिक्षितले । उनले दिएको स्रोतमा गएर हेरें ।

सन् २००९ को अक्टोबर २६ का दिन उनले भनेका रहेछन् ‘हामी राज्य टुक्रा टुक्रा पार्न चाहन्छौं ।’ राष्ट्रिय अखण्डताका लागि भनेर भारतसित सुरुङयुद्दको घोषणा गर्ने पार्टीका नेता । भारतले हाम्रो जमिन चिथोर्‍यो भनेर दशकौं देखि कुर्लिएक नेता । राष्ट्रियताका नेपाल बन्द र राजधानीमा सिंह दरवार घेराउ जस्ता अनेक अनेक नारा उरालेर दशौं पटक उफ्रिनेपनि यि र यिनैको पार्टी थियो । त्यो सबै फगत देखाउनैका लागि रहेछ ?

वर्ल्ड पिपल्स रेसिस्टेन्स मुभमेन्ट (ब्रिटेन) को वेबसाइटलाई लामै अन्तर्वार्ता दिएका रहेछन् भट्टराईले २६ अक्टोबर २००९ मा । उनले अंग्रेजी भाषामा दिएको अन्तर्वार्तानै करिब १२ पेजको छ । कहाँ भनेका रहेछन् भनेर खोज्दै धैर्यताका साथ पढ्दै गएँ । भेटियो । त्यहाँ उनले गज्जबसित भनेका रहेछन् ‘In our case it has meant cutting up the state part by part, in fact we are devouring it part by part. Ultimately we will be able to smash it and then replace it with a new state.

उनले स्टेट भन्न खोजेको देश, राष्ट्र, प्रान्त के हो नेपालीमा खुलेको छैन । किनकि नेपालीमा स्टेट भन्नले एकै अर्थ लाग्दैन । तर राष्ट्र बिघन्डन अग्र्ने मधेशी दलसितको सहकार्यले देश टुक्र्याउने मनशाय नै भो भनेर बुझ्नु पर्ने हुन्छ । धेरैले बुझेका थिएनन् माओवादीको कसरि मधेशी दलसित गठबन्धन हुन पुग्यो ? आफ्नो देशको भूभाग टुक्रा पारेर अलग राष्ट्र बनाउन खोज्ने देशघातीसित कसरि माओवादीको मिलन हुन सक्छ सत्ता साझेदारी गर्न ? खास नितिगत रुपमा फरक छैन भन्छन् तर कसरि बैध्य पक्ष अल्ग्गिएर हिँडे । गणतन्त्रको लागि सँगै आन्दोलन गरेर आएका कांग्रेस र एमाले शत्रु कसरि भए ? तर प्रिथकतावादी जस्ता लाग्नेहरुसित कसरि एकता ? तर भट्टराईको भनाईले अहिले बुझाउँछ, उनकोपनि भित्रि आशय त राष्ट्र टुक्रा पार्ने पो रहेछ । देश टुक्रा पार्न चाहने भएर पो मधेशी दलहरुसित उनको गठबन्दन मिलेको रहेछ त ।

मधेशी दलहरुलाई नागरिकता माग्न उचाल्न, मधेशीहरुलाई बिना शर्त नेपाली सेनामा दश हजार संख्या हुल्ने लगायतका निर्णय कतै माओवादीकै भित्रि खेल र सहयोग त हैन ? के यो विषय माओवादी पार्टीलाई थाह छैन ? किन बोल्दैनन् ति ? कि समग्र पार्टीकै निति त्यहि हो ? कतै बिस्तारबादी, सामाज्यवादीहरुले बिद्वान प्राधनमन्त्रीकै पालामा नेपाल टुक्रा पार्न सकिन्छ भन्ने दुस्साहस गरेका हुन् ?

उनले साह्रै धेरै ढाँट छल गरेका रहेछन् अन्तर्वार्तामा । भारतसित सिमा गाँसिएकोले शामन्तको जमिन कब्जा गरेर भूमिहिनलाई पहाडी भागमा दिएपनि तराईमा नसकिनुमा भारतीय हस्तक्षेप हुन सक्ने कारण दिएका रहेछन् । तर त्यसलाई पार्टीले राज्यसत्ता पूर्णरुपमा लिएपछि कार्यान्वयन गर्ने रे । खोला किनारमा पहिले अर्काको सरकार हुँदा, आन्दोलनमा लगाउन उक्साउनु पर्दा आफैंले उचालेर बस्ति बसाउने र पछि आफैंले उठिवास लगाउनेले कसरि जमिन बाँड्ने हो ? विद्वानहरुले यति धेरै पो ढाँट्ने रहेछन् ।

कम्युनिष्टहरु सधैं आन्दोलनमा हुन्छन् । क्रान्तिमा हुन्छन् । क्रान्तिमा नहुने कम्युनिष्ट हुन्न । हाम्रो अहिले त क्रान्तिको स्वरुप मात्रै फेरिएको हो । अहिलेको बुर्जुवा राज्यसत्तालाई ध्वस्त पारिन्छ । माओवादीहरुलेपनि क्रान्ति गरिरहन्छन् । बुर्जुवा पार्टीसित मिलेर राजतन्त्र फालेपछि फेरी अर्को संघर्ष शुरु हुन्छ । त्यसमा आम जनतालाई उतारिन्छ । यस्तो कुरो पनि बोलेका रहेछन् । तर अहिले चाहिँ उनी जनवादी क्रान्ति सकियो, आर्थिक क्रान्ति गर्नुपर्छ अब पो भन्छन् त ।

अझ उनको अन्तर्वार्तामा कति सम्म हाँस्यास्पद छ भने हामीले जनताको राहत र राष्ट्रियतासित संवन्धित २५ सूत्रिय माग पेश गरेका छौं । त्यसले जनतामा हामीलाई लोकप्रिय बनाउने छ । त्यो माग पुरा गर्न नसक्दा बुर्जुवा पार्टीहरुसित हाम्रो नयाँ टकराव हुने छ । अन्तत जनताले हामीलाई साथ दिनेछन् । आम जनता हाम्रो आन्दोलनमा सहभागि हुने छन् र हामीले हाम्रो आन्दोलनलाई सफल पार्छौं । आफैं राष्ट्रघाती काम गरिरहेका उनले पहिले कति आश्वासन बाँडेका रहेछन् त ? कति ढाँटेका रहेछन् ? उनलाई अब कुन जनताको मासले साथ दिने होला ? उनको त्यो अन्तर्वार्ता जति पढ्यो उति हाँसो लाग्छ । कतिपयलाइ रिस उठ्ला । तर उनले कतिसम्म ढाँट्ने रहेछन् भन्ने चाहिँ अझ प्रष्ट हुन्छ ।

अंग्रेजीमा प्रकाशित उनको अन्तर्वार्ता पढ्ने भए यहाँ जानुहोला

तपाइँको प्रतिक्रिया