अहिलेको राजनितिक संकटका केहि बिकल्प

● योगेश भट्टराई (एमाले केन्द्रिय सदस्य)

पहिलो विकल्प

१. विघटित संविधानसभाका राजनीतिक दलको बीचमा गोलमेच बैठक ।
२. उक्त बैठकमा राष्ट्रपतिले संविधानको धारा ३८ (१) अन्तर्गत सहमतिको सरकार निर्माणका लागि गरेको आव्हानलाई समर्थन गर्दै नेपाली काँग्रेसका सभापतिलाई सहमतिको प्रधानमन्त्रीका रुपमा हाम्रो पार्टीका तर्फबाट प्रस्ताव पेश गर्ने । सबैदलहरुले उक्त प्रस्तावलाई समर्थन गर्ने वा कम्तिमा पनि नेकपा (एमाले), नेपाली काँग्रेस, एनेकपा (माओवादी) मधेसी मोर्चा, नेकपा–माओवादी र अन्य केही दलहरुको समर्थन जुटाउने ।
३. जेठ २ गते दलहरुका बीचमा भएको सहमतिका आधारमा संविधानका सम्पूर्ण विषयहरुमा सहमति निर्माण गर्ने ।
४. सरकार संचलनका लागि न्यूनतम् साझा कार्यक्रम तथा कार्यविधि निर्माण गर्ने ।
५. मूख्य दलहरुको सम्मानजनक सहभागिता हुने गरी बढीमा २५ सदस्यीय मंत्रीमण्डल गठन गर्ने ।
६. संविधानका सहमति भैसकेका र हुन बाँकी विषयमा पुनः सहमति निर्माण भएमा संविधानसभाको पूर्नस्थापना गरी संविधान घोषणा गर्ने । संविधानसभाको पूर्नस्थापना गर्दा राष्ट्रपति र सर्वोच्च अदालतको सहमति लिने । पूनस्र्थापित संविधानसभाका सदस्यहरुले बैठक भत्ता बाहेक अन्य परिश्रमीक र सुविधा नलिने ।
७. संविधानका सम्पूर्ण विषयमा सहमति हुन नसकेमा ०६९ बैशाखमा संविधानसभा / संसदको निर्वाचन गर्ने ।
८. अबको संविधानसभालाई प्रत्यक्ष २४०, समानुपतिक २४० र २१ जना विशिष्ठ व्यक्तिहरुको मनोनित सहित ५०१ को बनाउने ।
९. विगतको संविधानसभाले सहमतिमा टुङग्याएका विषयहरुलाई दस्तावेजिकरण गर्न पूर्व सभामुखको संयोजकत्वमा एक सर्वदलीय कार्यदल निर्माण गर्ने र त्यसको प्रतिवेदनलाई सबै दलहरुले स्विकार गरी आगामी संविधानमा त्यसलाई संस्थागत गर्ने । सहमति हुन नसकेका विषयमा पार्टीहरुले आ–आफ्ना विचार निर्वाचन अभियानमा जनसमक्ष लाने ।
१०. पुनः संविधानसभाको निर्वाचन गर्नु पर्ने भएकाले त्यस्तो निर्वाचन स्वतन्त्र, निश्पक्ष र धाँधलिरहित हुनु पर्ने भएकाले निर्वाचन गराउने सरकारको प्रधानमन्त्री र गृहमन्त्री आउँदो चुनावमा प्रत्यक्ष वा समानुपतिकमा उम्मेदवार नुहुने । उनीहरुका हकमा निर्वाचन सम्पन्न भएपछि विशिष्ठ व्यक्तिहरुलाई मनोनित गर्ने कोटामा सुरक्षित गर्ने ।
११. ०६९ बैशाखमा हुने संसदको निर्वाचनकै दिनमा स्थानीय निकायको पनि चुनाव गर्ने ।
१२. दलहरुको गोलमेच बैठकले गर्ने उपरोक्त निर्णयहरु राष्ट्रपतिको उपस्थितिमा सबैदलका नेताहरुले हस्ताक्षर गरी त्यसप्रतिको सामूहिक प्रतिवद्धता जनाउने ।

दोश्रो विकल्प

गोलमेच बैठकमा यदी नेपाली काँग्रेसको नेतृत्वमा सहमति निर्माण भएन भने हाम्रो पार्टीले नेतृत्वको दाबी प्रस्तुत गर्ने र सबैदलको सहमति जुटाउने । अन्य विषयहरु विकल्प एक अनुसार गर्ने ।
तेश्रो विकल्प
हाम्रो नेतृत्वमा सहमति जुट्न नसकेमा हाम्रो पार्टीले नेकपा–माओवादीका नेता रामबहादुर थापाको नाम प्रस्ताव गर्ने । वहाँको नाममा सहमति जुटाउने । अन्य विषयमा पहिलो विकल्पका बुँदा अनुसार गर्ने ।

चौथो विकल्प

पहिलो, दोश्रो वा तेश्रो विकल्पमा पनि सहमति हनु नसकेमा नेतृत्वका विषयमा खुल्ला भएर छलफल गर्ने । जसको नाममा सहमति जुट्न सक्छ उसैको नेतृत्वमा सरकार निर्माण गरी माथि उल्लेखित बुँदा अनुसार काम गर्ने ।

पाँचौ विकल्प

यदी कुनै व्यक्तिको नाममा सहमति जुट्न सकेन भने मुलुकलाई थप अन्यौलमा राखेर असफल राष्ट्र बनाउने, दल र नेताहरुप्रति पुरै अविश्वास सिर्जना गरी अधिनायकवादलाई राजनीतिक स्पेस दिनुभन्दा मूख्य दलका नेताहरु रहेको अध्यक्षमंडलीय प्रणालीमा जाने र सानो आकारको मन्त्रीमंडल गठन गरी माथि उल्लेख गरेका काम गर्ने ।

छैठौं विकल्प

माथिका कुनै पनि विकल्पमा सहमति नभएमा राष्ट्रपतिलाई धारा ३८ (२) को प्रयोग गर्न लगाउनु मुलुकमा थप मुठभेडमा लानु हुनेछ । राज्यका संयन्त्रहरु विभाजित हुनेछन् । त्यस्तो अवस्थामा विदेशि हस्तक्षेप हामीले सोचेभन्दा डरलाग्दो हुनेछ । दलहरु पुरै असफल हुनेछन् । हाम्रो पार्टीले यो विकल्पमा जाने प्रस्ताव गर्नु हुँदैन । त्यस्तो अबस्थामा लोकतान्त्र, शान्ति, अग्रगमन, सामाजिक न्याय र राष्ट्रियताका पक्षधर सबै राजनीतिक शक्तिहरुका बीचमा बाम लोकतान्त्रिक मोर्चा बनाएर सडक आन्दोलनका माध्यमबाट अघि बढ्नु उपयुक्त हुनेछ ।

यदी पार्टीका नेताहरुले यी काम गर्न नसक्ने हो भने मूख्य पार्टीको शिर्ष नेतृत्व टीमले सामूहिक रुपमा नेतृत्ववाट अवकास लिने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने ।

नेकपा (एमाले) केन्द्रीय कमिटीको १९ औं बैठक (०६९ मंसीर २५–२७) मा प्रस्तुत
वर्तमान राजनीतिक निकासका लागि बिकल्प ।
यो बाहेक अन्य बिकल्प देख्नु भएको छ भने थप्नुहोला है !

तपाइँको प्रतिक्रिया