प्यालेष्टिनी वालवालिकामाथि ईजरायली अत्याचारको पराकाष्टा
यो हो, ईजरायलीहरुले प्यालेष्टिनी वालवालिकामाथि गरेको अत्याचार । ईजरायलीहरुले हानेको बम र रकेट प्रहारबाट आतंकित हुन् यी वालवालिका । हरेक दिन हजारौं लाखौं वालवालिका यसैगरि जिवनको याचना गर्छन् त्यहाँ । ईजरायल र प्यालेष्टिनबिचको लडाई, राजनिति, लेनादेना, बिगतको रिस र कब्जासित यि वालवालिकाको कुनै सरोका छैन । तर प्यालेष्टिनी हुनुनै यिनको दुर्दशा र अत्याचार खप्नुको कारण हो । अहिले प्यालेष्टिनी वालवालिकाहरु मध्ये ७० देखि ८५ प्रतिशत सम्म मानसिक त्रास, नैराश्य र आतंकको शिकार भएको रिपोर्टहरुमा उल्लेख छ । हज्जारौं वालवालिक अंग भंग भएका छन् । घरबारबिहिन बनेका छन् । भत्केको घरमा सानासाना वालवालिका च्यापेर ईश्वर पुकार्दै अभिभावकहरु बसेका छन् ।
त्यसो त ईजरायलले गरेको आक्रमण एकतर्फी भने होइन नै । उताबाट हमासका आक्रमणकारीहरुलेपनि आक्रमण जारी राखेका छन् । तर आक्रमण ईजरायली पक्षबाट ज्यादा अन्धधुन्द भएको र प्यालेष्टिनीहरुको ज्यादा क्षती भएको छ । त्यो किनपनि हो भने ईजरायलीहरुलाई विश्वमा सबैभन्दा प्रजातान्त्रिक र मानव अधिकारको वकालत गर्ने अमेरिकाको सहयोग छ । अमेरिकाले वर्षौं देखि ईजरायललाई सबै सहयोग दैँदै आएको छ । अमेरिकी सहयोग र भुकाईकै कारण ईजरायल बढि आधुनिक हातहतियार र अन्य युद्दक सामाग्रिले युक्त छ । उसले टाढा टढासम्म प्रहार गर्ने लन्चर र रकेट बम लगायत अन्य आधुनिक हतियारहरुद्वारा आक्रमण गरिरहेको छ । त्यसैले प्यालेष्टिनी क्षेत्रमा हजारौं घरहरु भत्किसकेका छन् । त्यहाँ ईजरायलको तुलनामा सयौं नागरिक मारिइसकेका छन् ।
आधुनिक हातहतियारले सुसज्जित भएकाले ईजरायली पक्षसित भने हमासहरुले हानेको बम र रकेटहरु खस्नु अघिनै आकाशमै ध्वस्त पारिदिने । खसालिदिने । सार्वजनिक स्थलमा बम खस्नु अघिनै त्यसको जानकारि पाउने मेशिनहरु प्रयोग गरेका छन् । यो सुबिधाले गर्दा इजरायली पक्षको क्षती कम भएको हो ।
ईजरायलीहरुले स्कूल, अस्पत्तालसमेत वास्ता नगरि आक्रमण गरेको रिपोर्टहरुले उलेख गरेका छन् । तर विश्वमै चर्चित, निष्पक्ष र लोकप्रिय भनिएका सिएनएन लगायतका मेडियाले भने ईजरायली पक्षको बचाउ गर्दै समाचारहरु दिने गरेका छन् । उनीहरुले सकेसम्म प्यालेष्टिनी क्षेत्रको क्षतीलाई कम देखाउने गरेका छन् । अरु देशमा वालवालिकाले घरको काम गर्दापनि वालवालिकाको सुरक्षा, हक अधिकार भनेर कुर्लने अमेरिका ईजरायल र प्यालेष्टिनीबिचको लडाईमा वालवालिकाको पक्षमा बोलेको छैन । बरु उसले ईजरायलले गरेको अत्याचार र दमन, वालवालिकाको हत्यामा ईजरायललाईनै सहयोग गरिरहेको छ । अरु देशमा घरको एक मुठो घाँस बोकेको देख्दा र एक अँगालो दाउरा ओसारेको भेट्दा वाल अधिकार कुण्ठित भयो भन्दै कुर्लने अमेरिका यति धेरै प्यालेष्टिनी वालवालिकामाथि अत्याचार गरिँदापनि उल्टै इजरायली पक्षलाईनै सहयोग गरिरहेको छ ।
जुन देशका ७० प्रतिशत भन्दा धेरै वालवालिका जन्मिँदा साथै युद्द, बम र गोली, अत्याचार र भिडन्तको शिकार बन्छन् त्यो देशको भविष्य के होला ? यिनका पक्षमा कसले बोलिदिने ? पश्चिमा सम्पन्न देशहरु अमेरिकाकै पिछलग्गु बनेका छन् । गरिब देशका शासकहरु त्यसै डराउँछन् । हाम्रो देशमा त झन आतंककारि सूचीबाट झिकिदिएकाले माओवादीहरु यसै क्रितज्ञ छन्, अमेरिकाको बिरुद्द बोल्ने कुरै भएन । बरु प्यालेष्टिनीहरुको समर्थनमा जुलुस निकाले यदि काठमाडौंको सडकमा भने बाबुरामले पक्रेर कारवाही गर्लान् ।
ईजरायलीहरु नेपालमैपनि ज्यादै बदनाम र किच्चड भनेर चिनिन्छन् । पर्यटन ब्यवशायमा लागेकाहरुले इजरायली पर्यटकहरु हत्तपत्त लिन मान्दैनन् । होटेलका रुमाल र अन्य सामान बोकेर हिँड्ने, कहिले पैसा नतिरि भाग्ने, झैझगडा गर्ने, कबुलेको रकम नतिर्ने, किचकिच गर्ने, दुख दिने भनेर बद्नाम छन् । सन् १९९७ ताका हुनुपर्छ, यसैगरि होटेलवालाहरुलाई दुख दिएकाले मनाङका होटेलवालाहरुले मनाङमा ‘नो ईजरायली टुरिस्ट” भन्ने बोर्डनै राखेर ईजरायलीहरुलाई होटेलमा राख्नै बहिस्कार गरेका थिए । अहिलेपनि नेपालमा अपएसम्म अरु देशका पर्यटक राख्ने र नपाएमा मात्रै ईजरायली पर्यटक राख्ने गर्छन् ।
(पहिलो फोटो जर्मनी निवासी पत्रकार टेक नेपालीको फेसबुकबाट र बाँकि अन्य पत्रपत्रिकाबाट लिएको हुँ )








