थप्पड हान्नेलाई यातना दिए हत्या गर्नेलाई सजायँ के ?

माओवादी अध्यक्ष प्रचण्डलाई आबेगमा आएर थप्पड हान्ने पदम कुँवरमाथि त्यसदिन नाकै कुच्चिने, अनुहास फुल्ने, निधार भत्किउने गरि त उनका कार्यकर्ताले कुटे नै । त्यो पनि आबेगमै हो । तर अहिलेपनि उनलाई चौकी सारिसारि थप यातना दिईएको रहेछ । हनुमानढोका प्रहरी कार्यालय पुर्‍याईएका उनलाई अहिले महाराजगञ्ज प्रहरी कार्यालय लगेर यातना दिइँदै रहेछ । अब सहजै प्रश्न उठ्छ, यदि कसैले झापड हान्दा थप यातना भोग्नु पर्छ भने सयौंको ज्यान लिनेलाई गर्ने के ? कुटपिट गर्नेलाई थरी थरीका यातना दिने, चौकी फेरी फेरी धुलिसाथ पार्ने हो भने मान्छे मार्नेलाई कुन हदसम्मको यातना दिने ?

जनयुद्दकाल भरि हजारौंको ज्यान गयो । यो ज्यान जाने कारक माओवादी जनयुद्द हो । राज्य पक्षले माओवादीले भन्दा धेरैको हत्या गरेको छ, निश्चयनै हो । तर माओवादीले गरेको हत्या, अत्याचार, लूट र धम्किका कथा र ब्यथापनि कहिसाध्य छैन । संसदिय राजनितिमै आईसकेपछिपनि रामहरी श्रेष्ठ जस्ताको राजधानीमै हत्या गरे । मुक्तिराम अधिकारी जस्ता दूर्गम बस्तीका शिक्षकलाई रुखमा बाँधेर मारे । यस्ता धेरै छन् कथा । आफ्नै सहकर्मीदेखि कुखुरा चोरेको आरोप लागेका सामान्य नागरिकसम्मको हत्या गरेका छन् । त्यो जनयुद्द कालमा अनेक भो । यातनाका घटना त हजार होइन, लाखौं छन् लाखौं । राज्यले यसलाई आफ्नै ढंअगले सुल्झाउला, समाधान गर्ला नै । तर अहिलेपनि उहि माओवादीको जंगली राज हो ? नत्र प्रचण्डलाई थप्पड हानेकै निहुँमा कार्यकर्ताले धुलीसाथ पार्ने गरि कुटपिट गरिसकेपछि फेरि अहिले चौकि चहार्दै पदम कुँवरमाथि शारिरिक यातना दिने ? प्रचण्डको पार्टी र बाबुरामको सरकारले गर्न खोजेको के हो ?

कुँवरले झाप्पड हान्नुपनि आखिर माओवादीकै कारण रहेछ । सारा परिवार माओवादी जनयुद्दमा लागेको । पदम बाहेक अरु छोरा बुहारीपनि जनयुद्दमा लागेपछि सुरक्षाकर्मीबाट यातना भोगेका । त्यो सहन नसकेर कुँवरकी आमा मानसिक रोगी भएकि । उनका परिवार माओवादी नेतालाई सरकारमा लगिदिन बलिदान गर्दा गर्दै अंगभंग भएका । हतियार बिसाएर सरकारमा गएपछि नेताहरु रातारात मालामाल बनेका । टाढाबाठा र धुर्तहरुको मोज चलेको । यहि खप्न नसकेपछि घरको लथालिंग अवस्था र आमाको मानसिक असन्तुलन सम्झेर उनले प्रचण्डमाथि जाई लागे ।

पदम कुँवरका बाबु प्रेम कुँवरका यि भनाई कति मननयोग्य छन् ! “मेरो छोरो कसैको लहडमा लाग्ने खालको होइन । घरको कहालीलाग्दो अवस्थाले उसले नगर्नुपर्ने काम गर्यो । तर, छोराको ओठ काटिने र नाक भाँचिने गरी कुटिएको घटनाले म दुखि छु । मेरो छोराले त गल्ती गरिहालेको थियो, त्यसपछि उसलाई कानुनले तोकेअनुसार कारबाही गरिनुपथ्र्यो, सोत्तर हुने गरी सारा देश उभिएको ठाउँमा प्रचण्डजीका कार्यकर्ताले कानुनमाथि उभिएर पदमलाई कुट्नु भनेको कुकुरलाई टोक्नुसरह हो ।”

न्यायकै कुरा गर्ने हो भने प्रचण्डलाई उनले हानेर कोतरिएकोपनि छैन । जाई लाग्दैमा उनले यातना खप्ने, सजायँ पाउने हो भने उनको शारिरिक अंग भंग किन गरियो ? उनमाथि त न्यायिक कारवाही पो गरिनुपर्थ्यो । उनलाई घाईते बनाउने माओवादी कार्यकर्ताहरु कारवाहीको भागिदार बन्नुपर्छ कि पर्दैन ? अझ उनले त प्रतिसोधी भावनाले थप्पड हाने । माओवादी कार्यकर्ताले त उनको ज्यान नै लिन खोजेका हुन् नी ! तिनलाई के गर्ने ?

बागलुङको बिकट गाउँबाट ऋण काढेर प्रहरी चौकीमा थुनिएको छोरोलाई भेट्न आएका उनका बाउलाई हनुमान ढोकाका प्रहरीहरुले त्यसै फर्काए । महाराजगंज प्रहरी चौकी धाउनु कि त भोली यतै आउनु भन्दै । त्यहाँ उनलाई यातना दिएर केरकार गर्न लगिएको रहेछ । बैध्य पक्षका कार्यकर्ताले चाहिँ पदमलाई यातना दिएर ‘बैध्य पक्षका नेताको निर्देशनमा हानेको हुँ” भन्ने बयान दिन बाध्य पारिँदै गरेको सार्वजनिक गरेका छन् । बैध्य पक्षको निकट रहेकि जयन्ति लुइँटेलले फेसबुकमामा “पुलिश हिरासतभित्रको पदम कुँवरमामाथिको मानसिक र भौतिक यातनाको भण्डाफोर गरौं” भन्दै आव्हाननै गरेकि छन् । तिनका आरोप सत्य हुन सक्छन् भन्ने आधार नै बढि भर पर्दो लाग्छ । सरकारले प्रहरी चौकी फेरीफेरी चहारेकाले । उनको स्वास्थ्य जँचाउने हो भने लाने ठाउँ अस्पत्ताल हो । उनलाई हनुमानढोकाबाट किन अर्को प्रहरी चौकी लगियो ? जिल्ला प्रशासकले त उनलाई आदेश दिईसकेकै हुन्, एक हप्ता थुनामा राख्नु भनेर । किन उनका बाबु भेट्न आउँदापनि सहजै दिईएन ?

यो घटनाले माओवादी मनपरितन्त्र, शहरमा पनि जंगली राज्य खडा गर्न चाहन्छ भन्ने देखाउँछ । कानुनी राज्यलाई धोती लगाउने अनि आफुलाई मन नपर्दा जस्तोसुकै यातना, धाक धम्की, त्रास, अत्याचार गर्न चाहन्छ भन्नेनै यसले संकेत गर्छ । आफ्नो सरकार हुँदा कानुनी राज्यका अवधारणाहरु सबै लत्याउने हो भने भोली अरुको सरकार हुँदा ? पदम कुँवरलाई देशमा कानुन छ भने त कानुनी कारवाही पो गर्नु पर्‍यो । थप्पड हानेकै भरमा शारिरिक र मानसिक यातना खप्ने हो भने सयौं जनताका छोरा छोरीको ज्यान लिने कारक बनेका माओवादी नेतालाई के गर्ने ? म्रित्युदण्ड ? त्योपनि कतिपटक ?

उनका परिवारले माओवादी जनयुद्दमा लागेकाले के के सास्ति भोगेका रहेछन् ? हिजो कान्तिपुरमा प्रकाशित तलको समाचार हेर्नुस्

काठमाडौं, मंसिर ८ – माओवादी अध्यक्ष पुष्पकमल दहाललाई झापड हान्ने पदम कुँवरका बुवा प्रेमबहादुर मानसिक सन्तुलन गुमाएकी पत्नी हरिकुमारीलाई ‘बाग्लुङ जान्छु’ भन्दै झुक्याएर छोरो भेट्न बिहीबार काठमाडौं आइपुगेका छन् ।

२५ वषिर्य पदमलाई भेट्न छोरीज्वाइँ भीम भारतीका साथ बिहीबार बेलुकी हनुमानढोका पुगेका उनले छोरालाई भेट्न पाएनन् । ‘प्रचण्ड कुँवरलाई भेट्न आउनुभएको हो ?’ हनुमानढोकामा बिहीबार साँझ उनलाई एक सईल

े व्यंग्य शैलीमा भने, ‘उहाँलाई शुक्रबार मात्रै यहाँ राखेका थियौं, अहिले दुई नम्बर गण महाराजगन्जमा लगिएको छ, भोलि १० बजे उतै जानुहोला ।’

छोरालाई भेटेपछि प्रचण्डलाई पनि भेट्ने योजना बनाएका प्रेमबहादुर तीन दिनअघि काठमाडौंका लागि बाग्लुङको राजकोटबाट हिँडेका थिए । ‘मेरो छोरो कसैको लहडमा लाग्ने खालको होइन,’ ५९ वषिर्य प्रेमबहादुरले कान्तिपुरलाई भने, ‘घरको कहालीलाग्दो अवस्थाले उसले नगर्नुपर्ने काम गर्‍यो ।’ तर, छोराको ओठ काटिने र नाक भाँचिने गरी कुटिएको घटनाले उनी दुखी छन् । ‘मेरो छोराले त गल्ती गरिहालेको थियो, त्यसपछि उसलाई कानुनले तोकेअनुसार कारबाही गरिनुपथ्र्यो, सोत्तर हुने गरी सारा देश उभिएको ठाउँमा प्रचण्डजीका कार्यकर्ताले कानुनमाथि उभिएर पदमलाई कुट्नु भनेको कुकुरलाई टोक्नुसरह हो,’ छिमेकीहरूसँग सापटी खर्च मागेर बुर्तिवाङबाट रात्रिबस चढेर बिहीबार बिहान राजधानी छिरेका उनले भने ।

७ वर्षको सेवापछि २०३७ सालमा नेपाली सेनाबाट स्वैच्छिक अवकाश लिएका प्रेमबहादुरले छोराबारे ५६ वषिर्या पत्नी हरिकुमारीलाई बताएका छैनन् रे । ‘द्वन्द्वकालदेखि मानसिक सन्तुलन गुमाएकी श्रीमतीलाई अहिलेसम्म घटनाबारे भनेको छैन, पार्टीको काम छ, बाग्लुङसम्म पुगेर आउँछु भनेर आएको हुँ,’ उनले भने । आफू कम्युनिस्ट भएकै कारण पञ्चायतकालमा घर लुटिएको स्मरण गर्दै उनले माओवादी युद्धकालभरि पनि आफूले दुःख पाएको बताए ।

‘एकातिर कम्युनिस्ट विचारधारा बोकेको र अर्कोतिर सेनाको जागिरे भएकै कारण जनयुद्धभर तारिख खेपें,’ ७ सन्तानका बाबु उनले थपे, ‘मैले भोगेको दुःख देखेर दुई सन्तान माओवादीमा पूर्णकालीन सदस्य भई भूमिगत भए । यी सबै घटनाका कारण सेना र प्रहरीले घर कुरेर बस्ने मेरी बुढियालाई वर्षौंसम्म दुव्र्यवहार गरिरहे । अहिले ऊ कम्ब्याट पोसाक देख्यो कि मूच्र्छा पर्छे, मानसिक अवस्था अझै उस्तै छ ।’ सशस्त्र युद्धका बेला माओवादी प्रवेश गरेकी माइली छोरी प्रतिमा र साइँला छोरा टेकबहादुरका कारण सुरक्षाकर्मीले दिएको मानसिक तनावले पत्नी हरिकुमारीको मानसिक अवस्था ठीक नभएको उनले बताए ।

तीनपटक पाटनको मानसिक अस्पताल धाइसकेको बताउने प्रेमबहादुरले घटनापछि आफन्तजन र सुरक्षाकर्मीले गरेका टेलिफोन संवाद पनि उनलाई नसुनाएको बताए । ‘यता घटना भएपछि खुब फोन आउन थाले, धेरैपटक उनलाई छल्दै कुराकानी गरें,’ उनले भने । बाग्लुङ सदरमुकामबाट २ दिन हिँडेपछि पुगिने राजकोटमा रहेकी उनकी पत्नी यतिबेला जनमुक्ति सेनाबाट स्वैच्छिक अवकाश लिएका उनका अर्का छोरा टेकबहादुर र तिहार मनाउन माइती पुगेकी छोरी प्रतिमाको निगरानीमा छिन् ।

टेकबहादुर म्याग्दीको बेनी र पाल्पाको तीनजुरे घटनाका घाइते माओवादी कार्यकर्ता हुन् भने प्रतिमा २०६० माघ २० गते सुरक्षाकर्मीको युनिफाइड टोलीको घेरामा परी घाइते भएकी जिल्ला तहकी महिला नेतृ हुन् । कम्मर र हातमा गोली लागेर घाइते भएकी प्रतिमा हाल द्वन्द्वकालमै भूमिगत भएका र उनलाई उद्धार गर्ने सल्यानका क्रान्तिकारी विद्यार्थी माओवादी नेता भीम भारतीकी पत्नी हुन् ।

बेरोजगार भएपछि सल्यान छाडेर काठमाडौं आएका भीम ठमेलको एक एजेन्सीमा आबद्ध छन् । उनी नेपाल घुम्न आउने विदेशी पर्यटकका भारी बोकेर प्रतिमा र ६ महिने सन्तानलाई हुर्काइरहेका छन् । 
सुरज कुँवर – कान्तिपुर

तपाइँको प्रतिक्रिया