बजेटमा छताछुल्ल दलहरुका स्वार्थ
देखाउनलाई माओवादी नेत्रित्वको सरकारले बजेट नभए देश ठूलो आर्थिक संकटमा धकेलिन्छ भनिरहेछ । उता नेपाली कांग्रेस र एमाले लगायतका दर्जन नाघेका दलको संयुक्त गठबन्धनले ‘माओवादी बजेटका नाममा सता कब्जाको राजनिति गरेको’ आरोप लगाइरहेका छन् । तर नढाँटी भन्दा बजेट यि दुबैका सत्ता लब्याउने, सतामा किर्ना झैं टाँस्सिने वा भैरहेको सरकारलाई गल्हत्त्याएर आफु सत्तामा पुग्ने खेल हो । देशको आर्थिक संकट टार्ने, जनतालाई राहत दिने दुबै पक्षको मनशाय हैन । मनशाय हो “कहिले सासुको पालो त कहिले बुहारीको पालो ।”
यदि देशको आर्थिक संकट टार्ने मनशाय हुँदो हो त एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार हुँदा एकिक्रित नेकपा माओवादीले बजेट भाषण गर्न जाँदा बजेटको ब्रिफ केश अपहरणको शैलीमा फुटाउने थिएन । त्यो तुस नेपाली कांग्रेस र एमालेलाई नहुने कुरो भएन । जसरि नेकपा माओवादीले उ बेला ब्रिस केस फुटाएर बजेट पास गर्न नदिने जोरजुलुम गरेको थियो, सरकारलाई असफल बनाउन कमार कसेको थियो, अहिले त्यसैगरि नेपाली कांग्रेस र एमालेले अहिलेको नेकपा माओवादी नेत्रित्वको सरकारलाई असफल बनाउन खोजेका हुन् ।
प्रतिपक्षी दलहरुलाई राम्ररि थाह छ, माओवादी सरकारलाई असफल बनाउने, कमजोर पार्ने हतियार अहिले बजेट पास नदिनुनै हो । यदि अहिले माओवादीलाई सजिलै बजेट पास गर्न दिए उसले कुनैपनि हालतमा सरकार छोड्दैन र किर्नो झैं टांस्सिईरहन्छ । बजेट पास भो भने माओवादीले बाँकि दललाई झिँगो बराबरपनि मान्ने छैन । उ पेलेरै सरकारमा बसिरहने छ । न चुनावी सरकार गठन गर्न अरु दलको नेत्रित्व स्विकार्छ न उसले अन्य दललाई विश्वासमा लिन सक्छ । यहि कारणले कांग्रेस, एमाले र अन्य दलको गठबन्धन यो बजेट पास हुन नदिने रणनितिमा लागेका छन् ।
उता माओवादीलाईपनि राम्ररि थाह छ, सरकार टिकाउने मेसो यहि बजेट हो । भित्रि मनशाय बजेट पास गराएर सरकार लम्ब्याउने, नछोड्ने हो । तर जनताका आँखाका धुलो छर्न उसले बजेट राष्ट्रिय समस्यासित, देश आर्थिक अवस्थासित संवन्धित छ । राजनितिलाई आर्थिक पक्षसित गाँसेर राजनिति गरे, प्रतिगमन भित्र्याउन खोजे भनिरहेको छ । बजेट पास हुना साथ माओवादीले सरकार ज्यानजाला छोड्ने पक्षमा छैन ।
यो बजेटको हतकण्डा बनाएर माओवादीलाइ असफल बनाउन पाए सरकार हाम्रो पक्षमा गठन हुने थियो भन्ने बाँकि दललाई छ । सरकार एक पटक गठन गर्न अपए हामेपनि ज्यानजाला छोड्ने थिएनौं, माओवादीलाई वरिपरि पर्नपनि दिने थिएनौं भने मनशायमा नेपाली कांग्रेस, एमाले र बाँकि दल छन् । अहिले बजेट पास गराउन अनेक खाले आर्थिक संकटको भय देखाउने र अर्कोतिर यो बजेट पास गराएर सत्ता कब्जाको रणनिति अपनायो माओवादीले भन्ने दुबै तर्फका दाबी सत्य होइनन् । सत्य त यो बजेटलाई हतकण्डा बनाएर सरकारमा जाने र भैरहेको सरकार असफल बनाउने मात्रै हो ।
एउटा कुरो के सत्य हो भने कुनैपनि दलको स्पष्ठ बहुमत नभएको, देशमा संविधान नभएको, संविधान सभा भंग नभएको र चुनाव घोषणा भैसकेको अवस्थामा कुनैपनि दलले अध्यादेशका भरमा सरकार चलाउनु मनासिव हैन । त्यो अधिकार प्रजातान्त्रिक पनि होइन । तर माओवादीले गर्न खोजेको त्यहि हो । र आफु सरकारमा पुगे एमाले र नेपाली कांग्रेसले गर्नेपनि अन्तत : त्यहि हो । यस्तो बेला राष्ट्रिय सहमतीको सरकार गठनमा दलहरु लाग्नु पर्ने हो । तर भित्रि आकांक्षा यि कुनैपनि दलमा त्यो छैन । रणनिति आफ्नो नेत्रित्वमा सरकार गठन गर्ने र अनन्तकालसम्म, सकेसम्म सरकार चलाउने, पेल्ने नै हो । बजेटका सबै दलका देखाउने दाह्रा मात्रै हुन् ।




