कामरेड हिँड्नासाथ विदेशमा कटाक्ष

अक्टोबर १४ मा नेकपा–माओवादीको भ्रातृसंगठन जनप्रगतिशील मञ्च बेल्जियमको अधिवेशनमा संगठनलाई पुनर्गठन गर्न र झमेला मिलाउन भनेर प्रमुख अतिथिका रूपमा बोलाइएका माओवादी अध्यक्ष हिँड्नासाथ दुई पक्षबीच तानातानको अवस्था देखिएको छ । आ–आफ्नो पक्षको पकड जमाउन र संगठन विस्तारका नाममा समितिको रीतसमेत नपुर्‍याई भटाभट देशैपिच्छे नाम घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ ।

एमाओवादी फुटेपछि वैद्य पक्षियहरूले ७ अक्टोबरमा अधिवेशन गरे । त्यसलगत्तै १४ अक्टोबरमा संस्थापन पक्षको अधिवेशन डाकियो । यो अधिवेशनमा अध्य क्ष प्रचण्डलाई आउने मेसो मिलाउने, अन्य स्थानीयसित निकटता बढाउने काम दधिराज घिमिरेले गरेका थिए । बेल्जियमस्थित जनप्रगतिशील मञ्च र आन्तरिक पार्टीमा प्रतिस्पर्धा र तानातान थियो शक्तिका लागि । अधिवेशनबाट मञ्चका तत्कालीन अध्यक्ष सुरेन्द्र भुसाल संयुक्त नेपाली मोर्चा युरोपको अध्यक्ष बनाइए । किनभने आन्तरिक पार्टी कमिटीमा उनको हैसियत सबैभन्दा माथि थियो । सचिव तोकिए, दधिराज घिमिरे । आफैंले पार्टी र आफू सरहकासित प्रचण्डलाई निकट बनाएका भुसाल युरोपभरिकै लागि अध्यक्ष बनेपछि घिमिरे पक्षले त्यो पचाउन सकेन । त्यसको रिस उता जर्मनीमा भएको नेपाली ऐक्यबद्धता मञ्च (इन्सोफ) को चौथो अधिवेशनमा देखा पर्‍यो । युरोपभरिका भ्रातृसंगठनका प्रतिनिधिहरू बोलाइएको अधिवेशनमा एकाएक घिमिरेको नाम आयो, जनप्रगतिशील मञ्च युरोपका अध्यक्ष भन्दै । तर, समितिका उपाध्यक्ष सचिव, कोषाध्यक्ष, सदस्य कसैको पनि नाम सार्वजनिक गरिएन । कारण थियो, घिमिरेलाई शक्तिमा भुसालसरह देखाउनु ।

अध्यक्षको नामबाहेक कार्यसमितिका अन्य व्यक्तिको नाम नआएपछि माओवादी कार्यकर्तामाझ कौतुहल देखियो, यो जनप्रगतिशील मञ्चमा युरोपका बाँकी सदस्य को होलान् ? कतिपयले भन्दै थिए, ‘हामी त्यहिँ भएर पनि थाहै पाइएन, हैन कतिखेर गठन गरेछन् ? बाँकी को–को रै’छन् यो समितिमा ?’ अधिवेशन सकिसकेपछि नाम सर्वजनिक गरिएकाले कसैले पनि यसको मेसो पाउन सकेनन् । तर, यसबारे कुरा उठ्यो, यही नोभेम्बर ०४ मा अधिवेशनपछि बसेको मञ्चको पहिलो बैठकमा ‘यो जनप्रगतिशील मञ्च, युरोप कहाँ, कहिले, कसरी र कसको निर्देशनमा गठन भयो ? कार्यसमितिका बाँकी पदाधिकारी को–को हुन् ?’ घिमिरेले जवाफ दिए, ‘यो कामरेड प्रचण्डसित छलफल गरेर बनाउने निर्णय गरेको हो । उहाँकै निर्देशन हो । समितिका बाँकी सदस्य विस्तारै थपिन्छ ।’ अध्यक्ष कामरेडको निर्देशनबाट हो भनिदिएपछि त्यसदिन सदस्यहरू चुपचाप बसे ।

यसरी प्रचण्डको नाम लिएर एकाएक नयाँ संस्था गठन भन्दै दधिराज घिमिरेको नाम अध्यक्षमा अगाडि आएपछि भुसाल पक्षहरू हो कि होइन बुझ्नुपर्छ भन्दै तातेका छन् । अधिवेशन हलमा जनप्रगतिशील मञ्च, युरोपको कुनै नाम नआउने तर पछि एकाएक यसको अध्यक्ष भन्दै संयुक्त नेपाली मोर्चाको समान हैसियतमा नाम बाहिर ल्याउने काम भएपछि भुसाल पôहरू चिढिएका छन् । प्रचण्ड पक्षधरकै बीच यो शक्तिसंघर्ष त देखियो नै । उता बाबुराम पक्ष पनि आफ्नो पक्षको हैसियत बलियो देखाउन कम्मर कसेर लागेका छन् ।

जनप्रगतिशील मञ्च बेल्जियमले प्रमुख अतिथिका रूपमा प्रचण्डलाई बोलायो । युरोपका पार्टी सदस्यहरूलाई प्रशिक्षण र संगठन पुनर्गठन गर्न भन्दै प्रचण्ड पक्षले युवराज चौलागाईंलाई बोलाउने निधो गरे । उता बाबुराम पक्षले प्रधानमन्त्री बाबुराम भट्टराईका विश्वासपात्र राम कार्कीलाई पनि बोलाउने निधो गरे । अधिबेशन सकिएपछि जब प्रचण्ड आफ्ना निजि सचिव लिएर नेपाल फर्किए तब राम कार्की र युवराज चौलगाइँ आआफ्नो हिसावले पार्टी पुनर्गठन, भाईचारा संवन्ध बिस्तार र आआफ्नो तरिकाले संगठनमा प्रभाव पार्न हिँडे युरोपका बिभिन्न मुलुक ।

माओवादी अकर्यकर्ताहरुका अनुसार प्रचण्ड र बाबुराम पक्ष यि दुई कामरेडहरु जहाँ जहाँ पुगेका छन् त्यहाँ आआफ्नो प्रभाव जमाउन खोजेका छन् । प्रचण्ड पक्षले सरकारको आलोचना गर्ने गरेको छ । उता बाबुराम पक्षले सरकारको बचाउ । युवराज चौलागाई फ्रान्स आएका बेला यस पंक्तिकारले उनीसित भेटेर बिपा संझौता, भ्रस्टाचार, सरकारी बेतिथि र असक्षमताका बारेमा उनीसित हाकै प्रश्न राखेको थियो । त्यतिबेला उनले बाबुराम पक्षको आलोचना गर्दै भने “पार्टीमा जहिलेपनि तिन धार हुन्छ । एक धार परम्पराबादी वा अति बामपन्थि त्यसको प्रतिनिधित्व किरण कामरेडले गर्नुहुन्छ । एक धार अलि दक्षिणपन्थी जसको नेत्रित्व बाबुराम कामरेड पक्ष हुनु भो । तेस्रो धार हुन्छ मध्यपन्थी वा ब्यवहारिक, जसले दुबै पक्षलाई मिअलएर लैजान्छ, क्रान्तिको लागि उपयुक्त माध्यम अपनाउँछ । त्यसको क्षमता प्रचण्ड कामरेडमानै छ ।” बर्तमान सरकारप्रति आफुहरु उति सन्तुस्ट हुन नसकेकोपनि उनले बताए ।

समिति बनाउने होड

जनप्रगतिशिल मञ्च, युरोप शाखा दधिराज घिमिरेको अध्यक्षतामा गठन गरेको दाबी गरे झैं अन्य देशमापनि नक्कल गरिएको छ । माओवादी नफुट्दा जनजाति सरोकार मञ्चका अध्यक्ष थिए रामबहादुर गुरुङ । फुटलगत्तै जनजाति सरोकार मञ्च उनीहरूले नै लगेपछि संस्थापन पक्षले अर्को गठन गरे । त्यसको अध्यक्ष तोकिए, जितबहादुर लामा । तर, यो मञ्च सार्वजनिक गर्दा पनि बाँकि कार्यकारी समिति कसैको नाम आएन ।

जनप्रगतिशिल मञ्च बेल्जियमकै अ धिबेशनमापनि कसलाई अध्यक्ष बनाउने भन्ने होड थियो । अन्तत: बनाइए बाबुराम पक्षका चित्र सुबेदी । उता संयुक्त नेपाली मोर्चा युरोको अध्यक्षमा प्रचण्ड निकटका दधिराज सुबेदीको नाम अघि सारिएको थियो । बाबुराम पक्षले नर्बेका डा क्रिष्ण अर्यालको नाम अघि सारेका थिए । तर पार्टीमा अरुभन्दा माथिल्लो श्रेणीमा राखिएका सुरेन्द्र भुसाल अध्यक्ष बने । यो हालत पोर्चुगल, स्पेन, नेदरल्याण्ड्स, जर्मनी लगायत धेरै मुलुकमा देखिएको छ ।

पार्टी बलियो छ, हामीसित धेरै कार्यकर्ता छन् भनेर नेतालाई देखाउन र निकट बन्न युरोपका धेरि मुलुकमा संगठनलाई औपचारिकतानै नदिई, पूर्ण आकारको समितिनै गठन नगरि आआफु निकटका ब्यक्ति छानेर फालानो को अध्यक्षतामा समिति गठन भन्दै सार्वजनिक गरिएको छ ।

(हिजो २०६९ साल कार्तिक २२ गते बुधबारको जनआस्था साप्ताहिकमा छापिएको मेरो लेख)

तपाइँको प्रतिक्रिया