नेपालको प्रगतीका लागि फाल्नैपर्छ राजतन्त्र

पाओला भालाताइटालीयाली पत्रकार

italian-journalists-nepal-paola-valatta-nepalplus.jpg

हुनत मैँले नेपाल सुन्दर भनिरहनु पर्दैन। यो सबैलाई थाह छ। मेरो बिचारमा नेपाल प्राकृतिक रुपमा पनि उत्तिकै धनी छ। नेपालको आकर्षण संस्क्रीती प्रकृती मात्रै नभएर नेपालीस्वयम पनि हुन। तिन पटक नेपाल गएँ। नेपालबाट फर्केर आयो कहिले जान पाइएला जस्तो भईहाल्ने। कहिलेकाहीँ नेपाल किन तिन तिन पटक गएँ भनेर आफैँलाई सोध्ने गर्छु। आखिर विश्वमा देख्नु पर्ने , बुझ्नु पर्ने , घुम्नुपर्ने देश अरु पनि छन नी! सम्भवत: विश्वकै सुन्दर हिमाल हेर्न गएको थिएँ पहिलो पटक नेपाल। सिधै मुस्ताङ गएँ। मुस्ताङमा यतिधेरै कुरा देखिछु की फर्केर आएपछि एउटा पुस्तकनै तयार भयो। नाम राखियो मुस्ताङ्लेन्तो (लोसे मुस्ताङ्) मुस्ताङ क्षेत्रमा जिवनशैली , काम, दैनिक जीवन जेपनि ढिलो हुनाले हामी ईटालीयालीहरु लोसे मुस्ताङ भन्छौं।

तेस्रो पटक नेपाल हुँदै तिब्बत गएँ। तिब्बत घुमेर काठमाडौं फर्किनेबेलामा आफ्नै घरमा फर्किँदैछु जस्तो लाग्यो। अति खुसि भएँ। काठमाडौं मेरै घर हो भन्ने अनुभुती गरें। नेपालमा मैले के पाएँ भन्दापनि के पाइन भन्ने लाग्छ। नेपालमा अचम्म लाग्ने कुरा पनि धेरै छन हामीजस्ता पश्चिमेलीहरुकालागि। बौध्द धर्म हिन्दु धर्मबिच कत्तिपनि प्रतिस्पर्धा छैन। दुई धर्मबिच वैमनस्यता नहुनु अचम्मलाग्दो कुरा हो। किनकी फरक धर्मबिच सधैं जतापनि प्रतिस्पर्धा वैमनस्यता पाइन्छ। सायद नेपालीहरु धेरै फराकिलो मुटुका भएकोले हो कि त्यस्तो नभएको।

घोडामा चढेर मुस्ताङ जाँदा मलाई प्राचिन यूगतिर फर्केको अनुभब भयो। आधुनिक सुबिधा केहि छैन। मोटर देख्न पाइन्न। खुड्किलै खुड्किला परेका झिना डोरेटा , भारी बोकेरै चल्ने ओसारपसार। घन्टि बजाउँदै हिँड्ने खच्चडका लावालस्कर , विजुलीवत्तिपनि नभएर अन्धकार गाउँ। उज्यालोको नाममा पिलपिले बत्त्ति। ढिकि , जाँतो, हलगोरुले चलेको दैनिक जिवन। हामीले सयौं बर्ष पहिले प्रयोग गरेका वस्तु। त्यस्तो कठिन जिवन बाँचेरपनि सधै मुस्कुराउने नेपाली। मनका धनी मान्छे। ओहो! यस्तो ठाउँ विश्वमा अन्यत्र खोज्दापनि पाइन्न।

पत्रकार भएकाले पनि भेटेका नेपालीहरुसित राजनीतिक आर्थिक विषयमा छलफल हुन्थ्यो। नेपालका भविष्यबारे जिज्ञासा राख्थेँ। यो देश जति मन पर्यो उति जान मन लाग्यो। दरबार हत्याकाण्डबारे सुन्दा राजा ज्ञानेन्द्र स्वच्छ लागेन। जोसंग कुरा गरेपनि राजा ज्ञानेन्द्र एक ब्यापारी हुन। उनलाई देशको मायाँ भन्दा आफ्नै ब्यापारको चिन्ता भन्थे नेपालीहरु। उनको छोरा पारसलाई झन सबैले घृणा गर्थे। पहिलो पटक नेपाल गएकैबेला जो भेट्यो उहि माओवादी समर्थक भएको पाएँ। सबैले माओवादीको शासन हेर्न खोजेका रहेछन एक पटक भएपनि। हुनत राजनीतिक कुरा गर्न मानिसहरु हिच्किचाउँथे पनि। माओवादीको कुरा गर्दा मानिसहरु झन सतर्क हुन्थे। किनकी माओवादी भन्नासाथ सरकारले समातेर लैजाने रहेछ। कतिपयलेचाहिँ कतै यो जासुस पो हो कि भन्ने पनि ठान्थे मलाईनै राजनीतिका बारेमा बोल्न खासगरि गरिवहरु धेरै डराउँथे। धनीमानीहरुसंग गफगर्नचाहिँ अली सजिलो हुन्थ्यो।

हुनत मैले नेपालको बारेमा सबै बुझेकी छैन। दुई तिन महिनामै त्यो सम्भवपनि छैन। जति बुझेकि छु त्यसको वास्तबिकता पनि फरक हुनसक्ला। तैपनि मेरो बिचारमा के लाग्छ भने नेपालको समस्यानै राजा हुन। यति धेरै बर्ष राजाको शासन चल्यो नेपालमा तर देश जनता सधै गरिवको गरिवै। माओवादीहरुले चाहिँ अहिले राम्रै काम गर्न खोजेजस्तो लाग्छ मलाई। उनीहरुले सकारात्मक परिवर्तन ल्याउन खोजेजस्तो लाग्यो। हो , माओवादीहरुले चन्दा माग्छन। जबर्जस्ती पनि गर्छन। ति गलत बाटा हुन बिकल्पनै नभएर भएपनि। तर तिनको राम्रो पक्ष पनि छ। त्यो हो तिनले जनतालाई शक्तिशाली बनाउनुपर्छ भनेका छन। जनतालाई शक्ति दिउँ राज्य सन्चालनकोलागि भन्नु राम्रो होइन ?

हुनत माओवादीको हातहतियारबारे कुरा उठिरहन्छ। तर राजा हतियार सेनाले सुसज्जित छन। त्यसलाई मुकाबिला गर्नपनि सजिलो हुन्न हतियार बिना। अर्को पक्ष के पनि हो भने जनतालाई स्वतन्त्र गराउन हतियार बोक्ने अधिकार हुन्छ। सन् १९४० तिर जर्मनीमा हिटलर इटालीमा मुसोलिनीबिरुद्दपनि हतियार उठेकै हो नी! तानाशाहकाबिरुद्द जनता राजनीतिक पार्टीहरुले विश्वका धेरै ठाउँमा हतियार उठाएका छन।

मेरो बिचारमा प्रचण्डको व्यक्तिगत स्वार्थ छैन। तर राजाको छ। ठोकुवा गर्न सक्दिन। भविष्यमा माओवादीपनि परिवर्तन हुन सक्लान। किनकी कहिलेकाहिँ सहि परिवर्तनकालागि राम्रो उद्देश्यले काम गर्दापनि गलत बाटोमा पुग्छन राजनीतिक पार्टीहरु। तर माओवादीहरुको अहिलेसम्मको अवस्था गतिबिधिचाहीं सकारात्मकनै देखिन्छ। उनिहरुको परिणाम राम्रो आउनसक्ने देखिन्छ।

हेर्नोस , नेपालमा अरु राजनीतिक पार्टीपनि छन नी त। तिनले केहीपनि गर्न सकेनन। किनकी तिनका हात बाँधिएका थिए। प्रशासन राजतन्त्रको पकडमा थियो। मैले नेपालमा केही प्रदर्शनहरु देखेँ। मलाइ अचम्म लागेन। किनकी ति प्रदर्शन तानाशाहबिरुद्दको थियो। मेरो बिचारमा संसदवादी राजनीतिक दलहरु राजा फाल्न सक्षम देखिएनन। तिनले जनतालाई आश्वस्त पार्न सकेनन। किनकी तिसंग राजा हुत्याउनसक्ने शक्तिनै भएन। संसदवादी पार्टीहरु माओवादी राजा दुइटा अति शक्तिशाली खेमाको बिचमा परे। तिनीहरुको मध्यमार्गी भूमिकाले काम गरेन। मध्यमार्गी भूमिका उत्तम होला। प्रजातान्त्रीक माध्यम पनि हो। शान्तिपूर्ण बाटो हो। तर यस्तो बाटो हिँडेर सधै निर्दिष्ट लक्ष्य प्राप्तिको यात्रा गर्न सकिन्न। मेरो बिचारमा नेपालमा समस्या समाधानकालागि पहिलो राजा फाल्नै छ। अहिले सात संसदीय पार्टी माओवादीबिच जुन १२ बुँदे सहमती भएको त्यो राम्रो बाटो हो नेपालको वर्तमान समस्या समाधानलागि।

रुकुम, रोल्पा लगायतका पहाडी भाग माओवादीको नियन्त्रणमा छन। यो सबैलाई थाह छ। त्यहाँ जे गर्नपनि माओवादीको अनुमती चाहिन्छ। माओवादीहरुले संबिधान सभाको निर्वाचन मार्फत् राज्य संचालनको स्वच्छ प्रजातान्त्रीक प्रतिस्पर्धामा आउने भनेका छन। त्यो राम्रो उपाय हो। उनीहरुको भित्री उद्देश्य केहि भए हामीले ठोकुवा गर्न सक्ने कुरा भएन। तर उनीहरुले सार्वजनिक गरेका कुरा सुन्दा व्यबहार हेर्दा उनीहरु प्रजातान्त्रीक पद्दती चाहन्छन भन्ने बुझ्न कठिन छैन।

कम्युनिष्ट भन्दैमा डराइहाल्नुपर्ने , तर्सिनुपर्ने कुनै कारण देख्दिन। फ्रान्सको संसदमापनि कम्युनिष्टहरु थिए। इटालीमा पनि थिए। माओवादीले पनि फ्रान्स इटालीका कम्युनिष्टलेझैँ संसदमा प्रतिस्पर्धा गर्न सक्छन। माओवादीसंग सेना छन भन्दैमा मार्दै हिँड्न पाइने होइन। सेनाकै बलमा सधैँ टिक्नपनि सकिन्न। बरु ति सेनालाई एउटा सर्वमान्य सहमति बनाएर ब्यवस्थापन गर्न सकिन्छ। अनी सात पार्टी माओवादीले संयुक्त रुपमा नेपालमा साँच्चिकै वास्तबिक प्रजातन्त्रकालागि काम गर्न सक्छन।

(ददि सापकोटासंग भएको कुराकानीमा आधारित)

 

तपाइँको प्रतिक्रिया