मार्क्सवाद र आधुनिक मानचित्रभित्र बहसको चौतारी

दीपक न्यौपाने / बेलायत

यसो वेलायतका बसाईमा फूर्सदको समय बसिवियाँलो गफ सफ गर्ने भनेर बरिष्ट पत्रकार शशी पौडेलले भेट्ने मनशायका साथमा मेरो के विचार हुनसक्ला भन्ने बुझ्न भनेर फोन गर्नु भयो । सधैको दौड धुप । भागदौडको बावजुद अलिकती यसो होस हराउने गरी मदिराको रसस्वादन वेलायतको दैनिकी र अनाहकको राजनीति र सामाजिक कल्याणकारी स्वनामधान्य संस्थामा भूत न भविष्यको स्थितिमा हल्लिनु भन्दा त केही साथी बसेर समसायीक विषयबस्तुको बारेमा छलफल गरौंनत भन्ने सोच आएर होला उहांले मेरो विचार बुझ्न खोज्नुभएको भन्ने मैले बुझें । हाम्रा वीचमा यस्तो विषयमा छलफल त पहिले पहिले पनि नहुने त होईन । तर एउटा विषय बस्तुमा केन्द्रित भएर भने हाम्रो कहिल्यै पनि कुरा हुँदैनथ्यो । मैलेपनि उहांलाई यही हुनुपर्छ नभने पनि मेरो भावना ब्यक्त गरें ।

अब निधो भयो भेट गर्ने । कहां कहिले र को को भेट्ने भन्ने कुरामा हामी अलमलमा परेका थियौं । अचानक रोहितजीको पनि यस्तै आशय रहेको र पहिलो भेट उहांकोमा नै गर्ने हाम्रो निधो भयो । सामाजिक संस्थामा कल्याणकारी ब्यक्तित्वको रुपमा अति ब्यस्त रोहितजी नेपाली संस्थाहरुमा उल्लेख्यरुपमा उहाँको उपस्थिति छ । त्यसैले उहाँको कत्तिको ईच्छा रहन्छ । यो विशुद्द गैरराजनितिक, गैरजातीय गैरसामाजिक अध्ययनशिल सानो समूह बनाउने । र सकिन्छ भने बिभिन्न कृती रचनाहरु उत्पादन गरी प्रकाशन गर्ने भन्ने हाम्रो मनशाय हो । तर हामीले यसलाई बाध्यकारी पनि नबनाउने निधो गरेका छौं ।  जहाँ हामीले फलाएका फलेका परिकारहरु वांडेर रसस्वादन गर्न पाईयोस । आग्रह अनुग्रह उच निच अध्यक्ष सदस्य केही हुँदैन हाम्रो बसाईमा ।

हामी छलफलका क्रममा तात्छौं पनि । अनि सेलाईपनि हाल्छौं । किनकी हामीलाई न ठूलो मानिस बन्नुछ । नधेरै नै लाभको लागि लड्नु छ । हाम्रो लाभ भनेकै हाम्रा वीचका ज्ञान जो हामीहरुका वीच ज्ञानवर्दक होला । अरुका लागि त्यती रुचिकर नहोला । मैले भनेको तैले मान्लास भन्ने हाम्रो भावना पनि छैन । मन लागे लिने हो नलागे “शशीजी तपाईको विचार हजम भएन तपाईनै राख्नुस ” भन्ने हो । त्यो हामी सबैका वीचमा लागू हुन्छ ।

हामी समूदायमा हाम्रो संस्कृती बचाउन संस्था खोलेको भन्ने गर्छौं । तर हाम्रो संस्कृती फूटको होईन जुटको हो भन्ने हामीले बिर्सँदै गएका छौं । विश्व एक दुई तीन हुँदै परिर्तन हुँदै गईरहेको छ हामी भने तीन दुई एक तिर हुँदै थाँक्रोको लहरामा फलेको काँक्रो फेरी लहरामा नै फर्कदै छौं । प्रकृतीको गतीलाई हामी नागरीकले पनि उल्टो दिशा तिर धकेलेकोले होला नेपाल मुलुकका नेताले पनि तजविजि राजनीति गरेर उल्टो मोडमा लगेका ।

यथार्थ जे होस् जसलाई जे गर्न मन लाग्छ गर्न सकिने । उपभोग मूलक वातावरणवाट हामी पनि पन्छिने ठाउँ छैन । त्यसैले मनको बह दुई चार जना साथीलाई कह हुनेछ । र निर्धक्कसंग भन्नुपर्छ हामी दुई चार जनाको क्लब आत्मारतीमा रमाउने बसिवियाँलोमा नै रमाउने समूह भनेमा मेरो विचारमा आपत्ती हुनेछैन् । तर यसले कसैलाई रमाईलो बनाएछ भने हामीले यसलाई बोनस भन्ने छौं । कसैको मनमा चोट पुर्याएछ भने झलकमान गन्धर्व जो मेरो प्रेरणाको श्रोत हुन् को हरफ “बाबै………….भन्दिनु ” भनिदिए हुन्छ ।

यसै सन्दर्भमा अधिल्लो हप्ता रोहितजीकहाँ शशीजी, म र रोहितजीको एउटा गफाडीहरुको मजाको जमघट भयो । छलफल केमा गर्ने के विषय उप्काउने हामी आफैंमा जिल्लिईरहेका बेला रोहितजीले भन्नुभयो “होईन शशीसर, नेपालीहरु अहिले वेलायतभरी प्रशस्त छन्, अति भौतिकवादी संस्कार बोकेका देशमा हामी द्धन्दात्मक भौतिकवादको कुरा गर्न सक्दैनौ ?” गजबको कुरा अजबको विचार मज्जाले हामी हास्यौं र गन्थन मन्थन शुरु भयो ।

शशीजीको विचार थियो “हेर्नुस यो सबै नेपालीहरुको पविर्तनको आधारमा माक्र्सवादी सोच र त्यसको प्रयोगले ठूलो मान्यता राख्छ ।” माक्र्सवादी सोचवाट प्रभावित शशीजीको कुरा झर्न नपाउँदै मैले पनि झोक्किएर भनिदिएँ “मार्क्सवाद र उनका कृती त प्रयोग हुन नसक्ने पुस्तकालयका र्‍याक सुन्दरसंग सजाउने बस्तु हुन । यहाँका नेपाली उपभोगवादबाट प्रभावित, पिडित र ग्रसित छन् । मार्क्सवादका चिन्तन त दूर दराजका बात हुन ।” मैले थपे “सर हामी त झलकमान गन्धर्ववाद या नै झलकमानको एउटै लोकगित पूरा हाम्रो ठेलीका ठेली सिद्धान्त बन्न सक्छ । त्यसबाट हामी संचालित र प्रभावित छौं ।”

चटक्कै देश छोडेर विदेशमा पैसा कमाउन आएको । विस्तारै मौका पर्दा देश, घर परिवार आफन्त सबैलाई ईतिहास बनाएर चटक्क विदेशी भईदिने हामी यहांवाट त्यहां मेरो वर्तमान खोजीगरिहेका छौं । दशौ हजार मर्दा हामी बांच्ने लोभमा तारानाथ शर्माको शब्द सापट लिँदा पातालमा भासिने मृत्यू बोकेर झलकमानको पात्र भएर आँखाको निद्रामा जलप लगाउँदै उर्वर जीवन अरुलाईनै अर्पण गरी “मरेछन् लाहुरे” को अन्त पर्खेका हामी ठूला ठूला कुरा र सत्य साधरण भूलेका छौं । त्यो देखाईदिने मेरो नेता भनेकै विदेशमा भासिएका म जस्ताको लागि त्यही झलकमान हो ।

तपाइँको प्रतिक्रिया