महामहिम ज्यु झुट र चाकरीको सहाराले कतिदिन चल्ला र ?

प्रेम पाठक / बेल्जियम

“माइती गाउँको ढुंगा पनि प्यारो ” भन्ने नेपाली उखान जस्तै हामी प्रवासी नेपालीलाइ नेपाल र नेपाली भन्ने बित्तिकै ह्रिदय र मस्तिस्क दुबैलाई छुन्छ । त्यसमापनि नेपालको कुटनैतिक विकास र प्रवासी नेपालीको हितको लागि भनेर बसेको दुतावास । यसका प्रमुख तथा अन्य कर्मचारी भनेपछि सम्मान र आत्मियताको भाव स्वतः हुनेनै भयो । त्यहि अनुसार आसा र विश्वास पनि गर्ने नै भए । दुतावास र यसका प्रमुखको जिम्वेवारी अवस्य कम छैन । जति हामी सोच्छौं त्योभन्दा धेरै नै होला । सिमित श्रोत र साधन, व्यस्तताको बीचमा गहन जिम्वेवारी । त्यो पनि यूरोप का ३ देस बेल्जियम, नेदरल्याण्ड र लक्जम्बर्ग मा । कुटनीतिक भेटघाट ।

यहाँका नेपालीका नेपालसम्बन्धि विविध कामकाजले व्यस्त रहनु पर्दापनि दुतावास र राजदुतको बारेमा यहाँका अनलाइन नेपाली खबरमा केहि रचनात्मक आलोचना र सुझाब आउँदा राजदुत जस्तो जिम्वेवार व्यक्तिले त्यसलाई सकारात्मक रुपमा लिई आफ्ना र मातहतका बीचबाट भएका कमजोरीलाइ सच्याउनुको बदला झन् झुट र भ्रम सिर्जना गर्न खोज्नु नितान्त निन्दनीय, पदीय मर्यादाविपरित र समग्र नेपाली समुदायको अपमान हो । यूरोपका नेपालीहरुबीच स्थापित दुइ अनलाइन खबर नेपाल प्लस र नमस्ते यूरोपमा आजका मितिमा प्रकासित नेपाली दुतावास बेल्जियम र यस्का प्रमुख राजदुत राममणि पोखरेलको अभिव्यक्ति र समाचार प्रकाशित भएको छ । उक्त समाचारमा राजदुत राममणि पोख्रेलद्वारा हाम्रो संगठन नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमलाइ पूर्वाग्रही, भ्रमपूर्ण र तर्करहित तरिकाले ब्याख्या गरेकोमा हाम्रो संगठनको ध्यान आकर्षण गरेको छ । त्यहि समाचारले पार्न खोजेको भ्रमलाइ यथार्थ रुपमा नेपाली समुदाय बीचमा राख्ने यो जमर्को गरिएको छ  ।

पहिलो ध्यान आकर्षण नेपालप्लस को समाचार प्रति-

१.सम्मेलनमा निमन्त्रणा नआएको भन्ने बारे –

नेपाली जन प्रगतिशील मोर्चा (सम्मेलन अगाडी मंच ) बेल्जियम को अधिवेसन गर्ने भनेर बनेको तदर्थ समितिले अक्टोबर महिना भित्र सम्मेलन गर्ने भनेको थियो । सोहीअनुसार अनुकुल दिन खोज्दा नजिकिदैका चाडवाड अनि नेपालबाट प्रमुख अतिथिको रुपमा क गौरव आउने पक्का भएपछि २३ सेप्टेम्बरका दिन बैठक बसी ७ तारिख का दिन सम्मेलन गर्ने । उक्तअवसरमा बेल्जियममा रहेका कुटनीतिक निकाय, राजनैतिक, जातीय, क्षेत्रीय, मिडिया लगायत सम्पूर्ण संघ संस्थालाइ निमन्त्रणा गर्ने निर्णय भएअनुसार निमन्त्रणा गरिएको थियो । जसअनुसार ५० जति संघ संस्थालाइ निमन्त्रणाको संलग्न चिठी सहित इमेल गरि पाए नपाएको निधो गर्दै औपचारिक रुपमा फोनमा सम्पर्क गरि आउने नआउने निश्चित गरिएको थियो । जसमा क्यासवादीका २ संगठनका नेतृत्वले हाम्रो सम्मेलनलाइ बहिस्कार गरे । अनि कार्यकर्तालाइ पनि बहिस्कार गर्न उर्दी लगाए । २ सामाजिक संस्थाले व्यस्तताको कारणले आउन नपाएको भनि सुभकामना दिएका थिए । ४५ जति संस्थाका अध्यक्ष वा प्रतिनिधि हलमा सुभकामना दिन उपस्थित थिए । तर यति मध्येमा बेल्जियम स्थित नेपाली दुतावास न त उपस्थित नै भयो । नत शुभकामना नै पठायो । । नत आयोजकलाइ जानकारीनै गरायो । हामीले सोच्यौं, कुनै काम विशेषले आउन नपाएको होला । दुतावासलाई नेपाल सरकारीको प्रतिनिधि । अनि नेपाली बीचको हार्दिकताको लागि नेपालमा गणतन्त्र आएपछि बोलाउने गरिएको हो । सोहि अनुसार बोलाईएको थियो ।

हुनत राजदुत नआउँदैमा हाम्रो संगठनलाई कुनै असर पर्ने होइन । जनयुद्धकालमा पनि हाम्रो संगठनको सम्मेलनमा राजदुत आउने चलन थिएन । उनीहरुले हामी र हाम्रो संगठनलाइ गलत दृस्टीले हेर्दै आतंककारीको रुपमा लिने गर्दथे । अहिले त्यहि झल्को दिनेगरी राजदुत कार्यक्रममा त आएनन आएनन, मिडियामा भ्रम पार्ने उल्टो कोसिस गर्दा राज्यको मर्यादित निकायको यो अमर्यादित व्यवहार चित्त बुझेन । अनि उनको ब्यबहार प्रति शंका भयो । दुताबासलाई अधिकारिक निम्ता कि फ्याक्स मार्फत पत्राचार गर्ने हो । कि दुताबासको इमेल मार्फत । हामीले  इमेल मार्फत गरेका  हौँ । निश्चित गर्नको लागि फोन गरेका हौँ । दुतावासको रिसेप्सनमा बस्नेले नाम र फोन नोट गरि मैले राजदुतलाइ जानकारी गराई भोलि सम्ममा कल गर्न लगाउँछु भनेकी हुन् । त्यो नोट अझै पनि त्यहि होला ।

यसपछि पनि केहिदिन सम्म खबर नआएपछी राजदुतसंग कुरागर्न सबै ठाउँमा सम्पर्क गर्दा नयाँ नम्बर पत्ता लगाइ कुरागर्न कोसिस गर्दा फोन उठेन । त्यति बेला जन्मदिनको पार्टीको निम्ता मान्न राजदुत महोदय जर्मनी गएका रहेछन । राजदुतले “कमरेड म जर्मनी छु ” भनेर लेखेको म्यासेज अझै छ । यति सबै हुँदा पनि उनले “मलाई खबर भएन । मेरो कामदारलाइ भनेर हुन्छ ? राजदुत जस्तो मान्छे नबोलाई जाने ?” भन्नु कुन नैतिकता हो ? राजदुत महोदय तपाईले फोन पनि नउठाउने, नम्बर फेर्दै हिँड्ने, अनि दुतावासको कर्मचारीलाइ भनेको कुरा लुकाउने । निवासको कुरालाइ कामदारको रुपमा लिने अनि हामीलाई दोष ? राजदुत महोदय राजदुतको  हैसियत तपाईले राख्ने हो । अनि मात्रै अरुले त्यहि हैसियतलाइ सम्मान गर्दछन । होइन भने झुट र चाकरीको सहाराले कतिदिन चल्ला र खै । यो त सम्मेलन थियो केहि भएन । यदि कोहि नेपाली हताहत भएको भए अनि दुतावासमा बिबरण सहितको टिपोट लेखाउँदा के त्यो नेपालीले दुतावाको आभास पाउन सक्थ्यो ? तपाई को सेल फोन के सबै नेपालीको पहुँचमा छ ? मलाई दिँदा त “अरुलाइ नदिनु है” भन्नेले अरु कतिलाइ दिनु भएको छ ? फोनको कुरा पनि झुट भन्ने हो भने मेरो फोनको कुरा र दुतावासको कुरा रेकर्डमा हेर्दा हुन्छ । दुवै फोन यहाँ दर्ता छन् । रेकर्ड हेर्न र सुन्न अनि सुनाउन हिम्मत छ ? गजुरेलको र तपाइको भेट व्यक्तिगत हो । त्यसमा संगठनलाइ जोड्नु मिल्दैन । निम्ता हामीले गर्ने अनि गजुरेललाइ झुट बोलेर “कन्भिस गरें” भन्ने ? महोदय तपाई राजदुत कि झुट दुत ?

२.  महोदय तपाईसंग हाम्रो यसमा मात्रै असहमति होइन । अरुमा पनि तपाईले झुट र भिन्न ब्यबहार पाएका छौं । तपाइले राष्ट्र जतिबेला संबिधान सभाबाट एकल जातीय पहिचान सहितको संघियता पाउन लडिरहेको थियो । त्यसका हिमायती हामीहरु एकल जातीय पहिचानको लागि हामी र हाम्रो संगठनपनि आदिवासी जनजाती सयुक्त संघर्ष समिति, बेल्जियमको नामबाट साझा कार्यक्रम ल्याएका थियौं । जनजातीको अधिवेसन र प्रधानमन्त्रिलाइ ज्ञापन पत्र दिन जाँदा तपाईको भूमिका एकल जातीय पहिचान बिपरित रहेको थियो । जुन प्रमाण अझै छ । के राजदुतको गरिमामय पदमा बस्नेले गर्न सुहाउने हो ? तपाई ब्रामणवादी हुन छुट होला । त्यो भन्दैमा यो पदमा बस्नेले गर्न सुहाउने कुरा हो त्यो ?

३ . बिश्व युद्दमा नेपालीको योगदानको कदर स्वरूप बनेको इपर स्मारकलाइ अझ पूर्णता दिन भनेर बनाउनको लागि बोलाईएको बैठक तपाई अनुकुलताको व्यक्ति नेतृत्वमा नआउने भयो भन्दैमा बिनासल्लाह, बिनाकारण र बिनाजानकारी स्थगित गर्न मिल्छ ? यदि स्थगित गर्नुपर्ने भए पूर्व बैठकमा बस्ने सबैको सल्लाहले गर्नु पार्ने होइन ? अर्को बैठक कहिले भन्ने योजना नहुनु । त्यो परियोजनालाइ बिगार्ने नियत होइन भनेर हामीले कसरि बुझ्ने ?

४. तपाईको दुतावासमा नेपालको राष्ट्रिय दिवस मनाउन कार्यक्रम आयोजना गर्ने । तपाइले कार्यक्रम बनाउने । अनि यहाँका संस्थाका प्रमुखलाइ बोल्ने कार्यक्रम नराख्ने । बोल्न नपाएको झोकमा कुनै एक संस्थाको अध्यक्षले तपाइको कर्मचारीलाइ गाली गरेर माफ माग्न तपाईको अगाडी भन्दा तपाई निरिह बनि चुप हुने । अनि कर्मचारीलाइ माफ माग्न लगाउन के सुहाउने कुरा हो ? गल्ति हो भने जिम्मा तपाईले किन नलिएको ? होइन भने दुतावासमा दादागिरी देखाउन किन दिएको ? कि यो दुतावास दादागिरी देखाउने ठाउँ हो ?

२. नमस्ते यूरोपको समाचार प्रति –

हामी नेपाली उन्नत जीवनको लागि बिबिध कारणले बिदेश आएका हौं । यसरि बिदेसिनुको मूल कारण हिजो देखि आजसम्मको राज्यसत्ता नै हो । यसको जिम्मा राज्यका शासकहरुले लिनु पर्दछ भनेर हामीले भन्दै आएका थियौं र छौं । यहि मुद्दालाइ देशका शासनका बागडोर सम्मालेका नेताले यहाँ बोल्नु पर्दछ यो समाजमा । कित नेपालमा शान्ति छ भन । अनि सबै नेपालीलाइ देश फर्कन भन । क्लोज क्याम्पका नेपालिलाई लियर जाउ । नत्र नेपालमा शान्ति छैन यहाँ बस्न देउ । क्लोज क्याम्पबाट निकाल भन भनि १४ तारिखमा एउटा लेख मार्फत भनेका थियौं । यसको केहि दिनमा सुप्रिमका भक्तहरुले लेखे ”नेपालीलाइ जबर्जस्ति नेपाल फर्काउने प्रक्रिया रोकिने छ।” अझैपनि होला तिनका फेसबुक वालमा ।

यो नमेटिँदै आज बेल्जियमको नेपाली दुतावासले डिपोर्टको लागि कागज दियो भनि नमस्ते यूरोपको समाचार आयो । त्यसमा दुतावासको खण्डन पनि आयो । यो कार्यमा दुतावास जिम्मेवार छैन । नेपालबाट आएर गरेका हुन् भन्ने । के यो खण्डनलाइ आधिकारिक मान्न मिल्छ ? नेपालले के यो दुतावाससंग कुनै सरोकार राख्दैन ? राज्यले यसलाई खर्च दिने अनि फेरी बिनाजानकारी यस्तो गर्ला ? नेपालीलाई डिपोर्ट रोक्न प्रचण्डले बेल्जियमको कुन सरकारी  निकायमा भेटघाट गरे थाहा पाइएन । यसकोलागि बेल्जियम र नेपाल सरकारबीच भएको नेपाली भाषा बोलेको आधारमा नेपाल कुटनीतिक आयोगले डकुमेन्ट बनाउनपर्ने भन्ने सहमति भएकाले दुताबासले डकुमेन्ट बनाईन्न भन्न मिल्दै मिल्दैन ।

बिगतमा दुताबासले डिपोर्टको कागज बनाउने । तर बाहिर बनाएको छैन भन्ने गरेको थियो  । हालपनि त्यहि गर्न बाध्य छ । प्रचण्डले नेपालको भिषण संक्रमणकालिन राजनीतिलाई शान्तिमा बदल्छु भन्दै दिएको झुटो अभिव्यक्तिनै डिपोर्ट रोक्न हैन गर्नका लागि अन्तरास्ट्रिय समुदायलाई  काफी प्रमाण भएको छ । कमसेकम देशको संक्रमणकालिन अवस्था विश्वले देख्दा देख्दै सत्ता प्रलोभनमा शान्ति र संबिधानको झुटो कुरा गरेर डिपोर्टको लागि थप आधार नदियकोभए राम्रो हुने थियो । नेताले ढाटे पनि तपाई यहाँको नेपालीको पिडामा बोलिदिए हुने हो । तपाई यहाँका नेपालीहरुको लागि न त जिउँदोमा काम आउनु भयो नत मिर्त्यु मा नै । त्यति पनि नागरिकको हकमा बोल्न र गर्न हिम्मत छैन ? तलब यिनैका पसिनाले खाने । अनि हुर्मत यिनैको लिने ? यो जालझेलमा खेल्ने र खेलाउने प्रक्रिया कहिलेसम्म महोदय ? तपाइको कार्यकाल त जाला । तर हार्दिकताकासाथ त के जाला र खै !

अझै बिग्रेको छैन । हिम्मत छ भने आउनुहोस नेपालीको बीचमा साझा कार्यक्रमको आयोजना गर्नुस । सिधा प्रश्न, सिधा उत्तर । हामीले आयोजना गरे त तपाई फेरी ढाँट्नु हुन्छ । अनि आउनुहुन्न । तपाई आयोजना गर्नुस हामी आउँछौं । आउनुस झुट र यथास्थितिबादको पक्षपोषण बापत आत्माआलोचित हुनुस । अग्रगमनलाइ आत्मसाथ गर्नुस । होइन भने पछुतो तपाइलाई हुने छ । लाचार अनि बदनाम सहित झुट दुतको बिल्ला भिर्दा नेपाली समाजलेतपाईलाई बहिस्कार गर्दा ।

(पाठक नेपाली जन प्रगतिशील मोर्चा, बेल्जियमका अध्यक्ष हुन् )

तपाइँको प्रतिक्रिया