एक वर्ष अघिको मिति राखेर यो वर्षको तीजलाई निम्तो !

नेपालीहरुसित अर्काको आलोचना गर्नुपर्‍यो भने पेरिसका नेपाली महामहिम मोहनकृष्ण श्रेष्ठले भन्ने गर्छन् ‘टेसलाई राम्रोसिट मेरो नाम ट लेख्न आउँनैन, के पट्रकारिटा गर्छ?”। तर आज आइतवार पेरिस स्थित नेपाली दुतावासले नेपाली चेलीहरुको पर्व तीजकालागि पठाएको निम्तो हेर्नुस् त । नेपालीमा गतसालको मिति छ, २०६८/०५/ ०४ । के आज २०६८ साल भदौ ४ गते हो ? तर यहि पत्रमा हेर्नुस् त अंग्रेजी महिना कसरि लेखिएको छ, ०९ सेप्टेम्बर २०१२ ।

युनिकोड चलाउँदा क्र लेखेर क्रिष्ण (मोहनक्रिष्ण ) बनाउनुपर्छ भन्ने सामान्य ज्ञान समेत नभएका उनले दुतावास मार्फत सयौं नेपालीलाई पठाएको निम्तो पत्रमा भने एक वर्ष अघिको मिति हालेर पठाए । यसलाई उनी के भन्लान् ? अलि बिकसित देशका दुतावासमा भए यत्तिकै भरमा कारवाही भोग्नु पर्छ । कूटनितिक क्षेत्रमा यस्तो गल्तिलाई गम्भिरताका साथ लिईन्छ ।

तर खुशिको कुरो, यस पटक उनी सच्चिएछन् केहि न केहि । गत सालको तीज पर्वमा दुतावासको पत्रमा सिधै आफ्नी पत्नीको नाममा निम्ता काटिएको थियो । गतसाल त्यसको बिरोध भएको थियो । तर उनले त्यसको बचाउ गरेका थिए महामहिमले “राजदुतकी श्रीमतीको नाममा दुतावासको लेटरहेड प्रयोग गर्न पाइन्छ” भन्दै । तर गत साल गल्ति गरेको रहेछु र नेपालप्लसले औंल्याएको जायज थियो भन्ने चाहिँ उनलाई रहेछ । त्यसैले यो वर्ष तीजमा काटिएको पत्रपनि सच्याइएको छ । म सच्चिएँ भन्न मुस्किल परेपनि महसुस गरेर सच्चिनु राम्रो हो । माथिल्लो भयो, यो वर्षको निम्तो । गत सालको निम्तो तल हेर्नुस् ।

तपाइँको प्रतिक्रिया