करोड खाने नेता जेल गए, अरबौं खानेको पालो कहिले ?

नेपाली कांग्रेसका नेता भटाभट जेल जाँदै छन् भ्रस्टाचार गरेको आरोपमा । पछिल्लो पटक गाजाबाजा बजाउँदै गए खुम बहादुर खड्का । उनी किन नजाउन् ? सरकारकै महत्वपूर्ण पद संचार मन्त्रालय सम्हालीरहेका बेला जय प्रकाश गुप्ता त जेल गए । कांग्रेसका गोबिन्दराज जोशी होउन् कि चिरन्जिवी वाग्ले । मधेशी दलका जय प्रकाश गुप्ता होउन् कि भर्खरै जेल छिरेका खुम बहादुर खड्का । सबैले भ्रस्टाचार त गरे । सर्बोच्चले माफि दिएन विशेष अदालतले झैं । तर कति भ्रस्टाचार गरेको आरोपमा परे ति जेलमा ? करोड ।

सायद २०४६ पछि सरकारमा सबैभन्दा धेरै नेपाली कांग्रेसको सरकार सत्तामा रहेकाले कांग्रेसका नेता धेरै होलान् भ्रस्टाचार गर्नेमा । तर नेपाली कांग्रेसका नेता मात्रै छैनन् भ्रस्टाचार गर्ने । एकिक्रित माओवादीका अध्यक्ष प्रचण्डका टाउका माथि करोड होइन अरबौं भ्रस्टाचार गरेको आरोप छ । अब प्रश्न उठ्छ, करोड खाने जेल जाने भए अरब खानेलाई कस्तो सजाएँ हुने ? वा करोड खाएको भ्रष्ट नेता जेल चलान हुन्छ भने अरबौं खाने चाहिँ खुल्लमखुल्ला हिँड्न पाउँछ ?

एकिक्रित माओवादीको पालुङटार भेला हुँदा प्रचण्ड र बैध्य पक्ष एक जुट भएर बाबुराम भट्टराईको दस्ताबेजलाई पछारे । त्यहि मिल्तीका बेलापनि बैध्यले आफ्नो दस्ताबेजमा प्रस्टसँग उठाएका थिए, पार्टीमा अरबौं भ्रस्टाचार भएको छ । त्यो भ्रस्टाचार नेत्रित्व तहबाट भएको छ । त्यसको छानबिन हुनुपर्छ । तर नेत्रित्व तहले कहिल्यै त्यसको छानबिन गरेन । अहिलेसम्म गरेको छैन । के पार्टीको सर्बोच्च तहमा भएको ब्यक्ति माथि हाकाहाकि दस्ताबेज मार्फतनै भ्रस्टाचार गरेको उठाउँदा त्यसको छानबिन हुनु पर्दैन ? के भ्रस्टाचारको परिभाषामा सरकारकै रकम हिनामिना गरे मात्रै पर्छ ? पार्टीको रकम जे गर्दापनि हुन्छ ? त्यो नेपाली जनताको रकम होइन त्यो ? पार्टीका नेता त चुपचाप हुने नै भए । बेला बखत हावा चलेझैं केहि नेता र कार्यकर्ताले त्यसबारे कुरा उठएपनि छानबिनको तहसम्म पुग्ने गरि दह्रोसित उठाउन सकेका छैनन् ।

जनयुद्दकालभरि पढाइ, घर र परिवार सारा त्याग्न लगाएर काँधमा बन्दुक थमाइदिएका जवानहरुलाइ सरकारले दिएको भत्तामापनि भ्रस्टाचार गरेको छर्लंगै छ । “हाम्रो पैसो खायौ, हाम्रो भत्ता निल्यौ, हाम्रो पसिनाको कमाईपनि छोडेनौ । हामी सहन्नौं । छानबिन हुनुपर्छ” भन्दै जनसेना शिविर बाहिरै निस्किएर जुलुस निकाले, छानबिनको माग गरे । तिनले पाउने भत्ता मासिक रुपमै गुटमुट्याएको केहि उपल्लो तहका नेताले स्विकारेपनि । ति जनसेनाको खातामा कारको कोषबाट जति रकम पठाइन्थ्यो, पार्टीका नेताले कमिशन लिइ लिइ खाए। योपनि छर्लंगै सार्वजनिक भएको हो । यो भन्दा अर्को प्रमाण के हुने भ्रस्टाचार गरेको ? तर त्यसको छनबिन अहिलेसम्म भएको छैन । त्यसरि जनसेनाकै भत्तासमेत कुम्ल्याउने नेता अहिलेपनि मुलुक बनाउने ठूलाठूला गफ हाँदै हिँडिरहेका छन् । के तिनले सधैं उन्मुक्ति पाइरहने हो ?

कांग्रेसका नेता खुम बहादुर खड्का जेल गए करोड भ्रस्टाचार गरेको आरोपमा । तर माओवादीको त पार्टीगत रुपमै प्रचण्डमाथि अरबौं भ्रटाचार गरेको, अनियमितता गरेको आरोप लागेको छ । तरपनि उनले उन्मुक्ति पाइरहेकै छन् । उनी अझ यो मुलुकको मुहार फेर्ने गफ हाँक्दै हिँडिरहेका छन् । तरपनि नेपाली कांग्रेसले बेला बेला “माओवादी नेताकोपनि भ्रस्टाचारको छानबिन हुनुपर्छ ” भनेर आक्कलझुक्कल ओंठे राग अलाप्ने बाहेक दह्रोसित यो मुद्दा उठाएको देखिन्न । तिनको आक्कलझुक्कल घुर्कि सुन्दा लाग्छ, तिनले सांच्चै कारबाही भोगोस्, छानबिनहोस् भन्नु भन्दापनि कांगेसका नेताको थप छानबिन नहोस्, बेइज्जति नहोस् । सबै नेताका कर्तुत चुपचाप सहने र उन्मुक्ति दिने काम होस् भन्ने चाहना पो होकि ? एमालेका नेता त चुपचाप नै लाग्ने गरेका छन् । यसबाट बुझिन्छ, एमालेका नेताकोपनि गोजीको सुर्ती र पैतालाको बिदेशी जुत्तासम्म राष्ट्रलाई लुटेकै रकमले धानिएको छ । त्यसैले ति आफु पनि परिएला भन्नेमा त्राहिमाम छन् । तिनले यति लुटेका छन् कि तिमाथि माओवादी नेताले भ्रस्स्टाचार गरेको आरोप निकाल्न सक्ने ह्याउपनि छैन ।

नत्र अदालत कुनै एक दलको पेवा होइन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग माओवादी वा नेपाली कांग्रेसले चाहँदैमा मात्रै तिनको स्वर्थमा चल्दैन । त्यसो हुँदानैपनि सर्बोच्च अदालत छ । सर्बोच्चले कुनै एक दल विशेष हेरकै छैन । नत्र सरकारमा संचार मन्त्रालय हाँकिरहेका जय प्रकाशलाइ जेल हाल्ने निर्णय दिने हिम्मतनै नगर्दो हो । त्यसैले यदि नेपाली कांग्रेस र एमालेले प्रयाप्त प्रमाण खोजेर मुद्दा दिन सक्थे । आफ्नो दस्ताबेजमा उठाउने तर त्यसलाई दह्रोसित कानुनी उपचारका लागि उठाउन नसक्ने माओवादी नेता, कार्यकर्ता खासगरि अहिले फुटेर अलग बनेका बैध्य पक्षिय नेकपा-माओवादीको पारापनि अचम्मको छ । आफु गतिलो र स्वच्छ देखिन पार्टीमा भ्रस्टाचार भो सम्म भन्ने, तर त्यसलाइ दह्रोसित न उठाउने तिनको उद्देश्य भविष्यमा आफ्नो पार्टीलाई पनि खाँचो पर्दा उसैगरि औंलो ठाडो अप्ठेरो होला कि भन्ने खालको मानसिकता देखिन्छ । एमाले, नेपाली कांग्रेस, नेकपा माओवादीका असल कार्यकर्ताहरुले चाहने हो भने माओवादी नेताका भवन र महँगा गाडीका कहानी एक एक पत्ता लगाउन सक्छन् । भ्रस्टाचारबाट देशलाइ मुक्त राख्ने हो भने यो साहस सबै पार्टीका नेता, कार्यकर्ताले गर्नै पर्छ चाहे त्यो जस्तो, जत्रो सुकै नेता किन नहोस् । करोड खाने नेतालाई जेलमा जाकेर अरब खानेहरुले उन्मुक्ति पाउनुपनि त न्याय होइन । करोड खाने नेता त जेल जाँदै छन्, अरबौं खाने माओवादी, एमाले, राप्रपा र बिजय गच्छदार जस्ता मधेशी नेताको पालो चाहिँ कहिले आउला ?

तपाइँको प्रतिक्रिया