लोकतान्त्रिक गणतान्त्रिक मोर्चा कि लोभी पापीहरुको गठबन्दन ?
मुख्य गरेर बिदेशी आडमा चल्ने मधेशका बिबिध दलको समर्थनमा ब्रिहद मोर्चा बनाए एकिक्रित माओवादीले । पहल गरे प्रचण्डले । जो मह काढ्छ उहि हात चाट्छ नै । सबैभन्दा ठूलो दलका नाताले त्यसको हर्ताकर्तापनि उनै बन्ने नै भए । तर यो मोर्चा बनेको ताल, सम्मिलित दल र तिनका नेता हेर्दा सडकमा बाँदर नचाउने खेला जस्तो लाग्छ । अझ नामपनि संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा रे । २० वटा दल सम्मिलित रे । फुचुने नाम मात्रका दल जति गनिदिएपनि भयो । गणतन्त्र आइहाल्यो, एउटा पार्टी खोलौं न । न झुक्किएर कतै मन्त्री पड्काइहालिन्छ कि ! नआएपनि बेला बेला लोकतन्त्रका नाममा बखेडा झिक्न हुन्छ भनेर चार पाँच जना मिलेर गठन गरे पार्टी । त्यस्ता पार्टी सय भएपनि के भो ? गन्ति गर्न बाहेक तिनको ह्याउ देखिने होइन । मोर्चाका राजनितिक खाइदेउहरुलाई नाम लिन चाहिँ भएकै छ, २० दलको मोर्चा । तर जसको ह्याउ छ, जसको मन नै संघियताप्रेमी छ, जसको जनताले पत्याउने क्षमता छ ति चाहिँ बाहिर । त्यस्तो खाइदेउहरुको भिड जम्मा पारेर कसरि के उपलब्धि निकाल्ला यो मोर्चाले ?
नाम संघिय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा भएर के गर्नु ? यीनमा संलग्न दलहरुको उद्देश्य न गणतन्त्रलाई नै संस्थागत गर्नु छ । न त यीनको नितिनै वास्बिक संघियतामा जानु हो । पद, पैसा, सरकार र शक्ति हत्याउने लोभी पापीहरुको झुण्डले त्यसको बिकल्प दिन सक्ने कुरोनै हुन्न । सँगै मिलेर गणतन्त्र ल्याएका नेकपा एमाले, नेपाली कांग्रेस र आफु सँगै क्रान्तिबाट आएको दल नेकपा-माओवादीलाईनै बाहिर राखेर यो मोर्चाले पार पाउने कुरै छैन । मोर्चानै बनाउने हो भने यी तिन दललाई बाहिर राखेर संघियता र गणतान्त्रिक मोर्चा बन्नै सक्दैन ।
सय दल सम्मिलित भनेपनि मुख्य दल एकिक्रित माओवादी बाहेकको शक्ति भनेको बाँकि तिन दलका साना भात्रि संगठन जतिकोपनि शक्ति छैन । बरु तिनको उद्देश्य त जसरि हुन्छ भाग खोज्ने हो । जसरि हुन्छ सरकार बनाउ र त्यसमा एकाध पद पड्काइहाल ।
बिजय कुमर गच्छदार, राजेन्द्र महतो, ह्रिदयश त्रिपाठीहरु जस्ता राजनितिको आजन्म पद र शक्तिका लागि मरिमेटेका, एक मधेश एक प्रदेशकालागि पाइला पाइलामा बखेडा झिक्नेहरुसित मोर्चा बनाएर प्रचण्ड नेत्रित्वको ब्रिहद मोर्चाले संहियता र लोकतन्त्रकालागि माखो मार्नपनि सक्दैन ।
वास्तबिक रुपमा राजनितिक निकास खोज्नैकालागि मोर्चाको आवश्यकता महसुस गरिएको हो भने त्यसमा नेकपा एमाले, नेकपा-माओवादी र नेपाली कांग्रेस समेटिनै पर्छ । यदि त्यसो हुन सकेन भने बरु यी दलको अलग मोर्चा नबन्ला भन्न सकिन्न । यदी बाहिर रहेका यी प्रमुख तिन दलको मोर्चा बन्यो भने त्यसले यो ब्रिहद मोर्चा नामको लोभी पापीहरुको मोर्चालाई राम्रैसित बिकल्प दिन सक्छ । त्यसो हुनु भनेको प्रचण्डले भनेझैं निकास होइन, देश राजनितिक रुपमा मुठभेडतिर जान्छ । त्यो अवस्थामा घाटा सत्ता चलाउने हरुलाई बढि हुन्छ ।
लोकतन्त्रका र संघियताकालागि भन्दै बनेको मोर्चामा मधेशका नाममा कुर्सीकालागि ज्यान फाल्ने दलहरु अटाउनु तर नेपाली कांग्रेस, एमाले र नेकपा-माओवादीचाहिँ बाहिरिनु आफैंमा हांस्यास्पद छ । मोर्चामा आबद्द हुन कमल थापालाई निम्ता गर्नु तर लोकतन्त्रकै लागि सँगै यात्रा गरेका दलहरुलाई पेल्ने मानसिकता राख्नुले तिनले कुन मानसिकताबाट मोर्चा गठन गरेका छन् भन्ने स्पष्ठ बुझिन्छ । अहिले राष्ट्रिय सहमती बेगर राजनितिक निकास निकाल्न सक्ने अवस्था झिनो छ । त्यसकोलागिपनि यो लोभीपापीहरुको मोर्चा बाधक बन्ने छ । सत्ताका लागि तिनको चमक धमक रहेसम्म बाँकि दल सहमतीमा आ उनपनि सक्दैनन् । यो मुलुककालागि घाँडो मात्रै साबित हुने छ ।
कुन कुन पार्टी छन् मोर्चामा ?
गठबन्धनमा एनेकपा माओवादी, फोरम (लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी, फोरम (गणतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल, सद्भावना पार्टी, संघीय सद्भावना पार्टी, नेकपा माले (समाजवादी), दलित जनजाति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल परिवार दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट), नेपाः राष्टिय पार्टी, समाजवादी जनता पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी दल, जनता दल युनाइटेड, नवनेपाल निर्माण पार्टी, राष्ट्रिय सद्भावना पार्टी, चुरेभावर राष्ट्रिय एकता पार्टी, नेपाली जनता दल र पूर्व सभासद सदरुल मियाँ हक ।
(फोटो कान्तिपुर अनलाईनबाट लिईएको हो) ।




