“कसरि यति छिट्टै राजतन्त्र गयो नेपालबाट ?”
स्विजरल्याण्ड बसाईको छोटो क्रममा मलाई यो प्रश्नले साह्रै अचम्मित पार्यो । नेपालका विविध क्षेत्रमा काम गर्न, विविध परियोजना लिएर जाने भनिएका विदेशीहरु जाने बुझेका हुन्छन् । पढेलेखेका शिक्षित यस्ता विदेशीहरु हाम्रो देशको अवस्थाबारे छिटो बुझ्छन् भन्ने सोच्छौं हामी । तर होइन रहेछ । नेपालमा काम गरेका कतिपय यस्ता स्विस नागरिकहरु अहिले गम खाएर बसिरहेका छन्, “हैन कसरि यति छिट्टै राजतन्त्र गयो नेपालबाट ?”
स्विसहरु डाँडा पाखा गए । डुले । देखे स्थानिय समस्या । विकास त झन सन् १९७०, ८० को दशकमा कसरि हुनु ? सडक थिएन । खानी पानी लिन डोको बोकेर निकै तलससम्म जानु पर्यो खोंचमा । स्वास्थ्य चौकी थिएनन् । थिएनन् शिक्षाको लागि स्कूल । यी स्विस नागरिक त्यसैकालागि गएका थिए । तिनले देख्दा जिवन कठिन त थियो तर तिनले उति कठिन देखेनन् स्थानियकालागि । किन भने जनताले खाइरहेकै थिए । जस्तो छ ति खुशि देखिन्थे । ति त्यस्तो दुखमा पनि मुस्कुराउँथे । त्यो बेला पञ्चाती ब्यवस्था मिल्काउलान् झै गरेर असन्तुष्ट पनि देखिंदैन थे । किनभने गाउँमा राजतन्त्र बिरुद बिरोध तिब्र भएको तिनले देखेनन् ।
तिनलाई लाग्थ्यो, परिवर्तन त एक दिन अवश्यै हुन्छ । सायद यस्तै पाराले, यहि दुख र कस्टमा यो व्यवस्था नटिक्ला । तर त्यसको लागि सय दुई सय वर्ष लाग्ला । तर त्यसो भएन । स्विस र फ्रान्सेलीहरुले सोचेको भन्दा निकै छिटो जनता परिवर्तनकालागि तयार देखिए । भित्र भित्रैको असन्तुस्टि तिनले देख्न सकेका रहेनछन् । अथवा राजतन्त्र फाल्नलागि राजनितिक दलको भित्र भित्रै तयारि के के थियो हेक्कानै पाएनन् ।
तिनले अनुभव किन त्यस्तो गरे भने बिदेशीहरुले विकास निर्माणको काम गर्दै थिए । स्कूल, स्वास्थ्य चौकी र खाने पानी जस्ता विकासका कुरा थपिँदै थिए । सुबिधा त्यहि पञ्चायती ब्यवस्थाले दिँदै थियो, बढाउँदै लगेको थियो । विदेशीले उसैलाई पत्याएको देखिन्थ्यो । त्यसैले अब देशको केहि विकास हुन्छ । जनताले केहि राहत पाउँछन् र पनि यो ब्यवस्था छिट्टै ढल्दैन भन्ने सोचेका रहेछन् । तर अचम्मै भयो । २०४६ सालमै जनता परिवर्तनकालागि देखिए । त्यसपछि झन गणतन्त्रकै लागि जनता सडकमा उत्रिएपछि त यी स्विसहरु आफ्नो मुल्यांकनले हावा खाएको अनुभूती गरिरहेका छन् । दोलखा र सिन्धुपाल्चोकका पहाडी बस्तीमा वर्षौं सम्म क्रिषी र शिक्षामा स्विस परियोजना अन्तर्गत काम गरेका सेर्ज आमुस होउन् कि नेपालको पश्चिममा बैज्ञानिक भूमी मापनमा वर्षौं वर्ष अकम गरेका एडि मुलेमान नै । उनीहरु नेपालमा राजतन्त्र ढलेको देखेर अच्म्मित छन् । त्यो बेला ति एकै समूहमा झण्डै ७० जना थिए विविध क्षेत्रमा काम गर्ने । तर ति सबैको एउटै अनुभूति र मूल्यांकन रहेछ । राजतन्त्र एक दुई सय वर्ष सजिलोसित बस्छ । तर तिनले सोचेको त २० वर्षपनि टिकेन ।
आमुस सेर्ज हाकै भन्छन् “हाम्रो मुल्यांकन मिलेन नेपालमा । हामीले यति छिट्टै नेपालमा यस्तो राजनितिक परिवर्तन होला, जनता तयार होलान् राजतन्त्र फालिएला भनेर सोचेकै थिएनौं । नेपालको राजनितिक मूल्यांकनमा हामी गलत साबित भयौं ।”




