संघियता पक्षधरसित गठबन्धन गर्न किन हतारियो माओवादी ?

एकिक्रित नेकपा माओवादीले अर्को चारो फल्यो हिजो, संघियता पक्षधरहरु बिच गठबन्धन भनेर । सरकारमै रहेक बाहेका पनि २० दलसित गठबन्धन गरेका । तर अचम्म, माओवादीले अहिलेसम्म संघियता र पहिचान भन्दै आएका नेता यो बठबन्धनमा देखिएनन् । आदिबासी जनजाति महासंघनै यसमा देखिएन । अहिले देशमा सबैभन्दा ठूलो र भरपर्दो भनेकै आदिबासी जनजाति महा संघ हो जनजाति र आदिबासीको । तर तिनको गठबन्धनमा त्यो छैन । त्यो २० दलमा नाम सुन्दै हाँसो लाग्छ । तिनको नाम भेटिएपनि ति मध्ये अधिकांश भुतलमा कहिँ कतै फेला पर्दैनन् । एक जनापनि सभासद जिताएर जनताले नपत्याएका छन् धेरै यो २० दलमा । यसमा नेपाली कांग्रेस, माओवादीबाटै फुटेको नेकपा-माओवादी, नेकपा एमाले, माले, राप्रापा कुनै पनि ठूला दल छैनन् । यसरि हेर्दा माओवादी र सरकार सञ्चालनको अर्को साझेदार मधेशी दलहरु झिना मसिना पार्टीलाइ हातमा लिएर प्रमुख दलसित आमनेसामने टककर गर्न खोजेको पो देखियो ।

माओवादीले अहिले ‘२० दलसित गठबन्धन’ भन्दा जनताको कानले सुन्दा ओहो २० दल ? भन्ने पर्ला । तर ति अधिकांश दलको खासै अस्तित्व छैन केहि को बाहेक । तिनको काम भनेको बखेडा झिक्ने र भाग खोज्ने हो । तिसित न द्रिष्ट्रिकोण छ । न जनताको साथ र समर्थननै । त्यसैले २० दलभनेपनि तिनको औचित्य लेटरप्याड र केहि सदाबहार कुर्सी अँठ्याउन चाहने नेतामै सिमित छ । तर अचम्म लाग्दो कुरो के भने आदिबासी जनजातीका धेरै नेतालाई उचालेको हो माओवादीले । प्रयोग गर्ने अनेक उपाय गर्दै आएको थियो । तर अहिले कसरि उसलाइपनि छोड्यो ? कि अब यो माओवादीले हामीलाइ छ्क्याउंछ, बास्तविक मुक्ति चाहन्न भनेर तिनले माओवादीलाई पिठ्युँ फर्काइदिएका हुन् ? जबकि जनजाति र आदिबासीका मुख्य समस्या यीनैले बोकेका छन् । दह्रोसित संघिय राज्यको माग उठाउने यीनै हुन् ।

त्यत्रो जन आन्दोलन गरेर आएको मुख्य शक्ति नेपाली कांग्रेस, एमाले र नेकपा-माओवादी (बैध्य पक्षिय) यो गठबन्धनमा छैनन् । यो शक्ति भनेकै मुख्य हो । ति भुतलमा फेला कहिल्यै नपर्ने जति भएपनि कतिनै प्रभाव पार्ने हो र ? मुख्य दलहरुलाई छोडेर यस्ता पार्टीसित गठबन्धन गर्दा माआओवादीकै शाख गिर्ला झैं लाग्छ मलाई त । यसले अब झन तिब्र मतभेद बनाउँछ । माओवादीले देशकै प्रमुख पार्टी बानौँछौं भनेपनि निर्वाचन आउनु अघिनै ति झिस्नेमिस्ने दल शक्तिबिनै अनेक शर्त तेर्स्याउन खोज्छन् । ति आफु आफुमै लडाँभिति गर्छन् पक्कै ।

अर्को कुरो मुख्य दलहरुलाई अलग्याएर त्यसरि मोर्चाबन्दि गरेपछि स्वत : बाँकि दलहरुकोपनि ध्रुबिकरण शुरु हुन्छ । संबैधानिक उपाय खोजिरहेका दलहरुलाई अब सहमती होइन कसरि एकले अर्कोलाइ एक्ल्याउने भन्ने होडबाजी चल्छ । बरु जन आन्दोलन गरेका दलहरु अप्रजातान्त्रिक दलको निकटमा पुग्न बेर छैन ।

संवैधानिक र राजनितिक जटिलात सुल्झाउन भन्दै समयसिमा तोकेका राष्ट्रपतीले अब प्रधानमन्त्री डा बाबुराम भट्टराइलाई असक्षम घोषणा गरेर पन्छाउन खोजेका छन् भन्ने बुझेपछि अहिले माओवादीले संघियताका पक्षधरसित गठबन्धन गरेको हो भनिन्छ । उसले राष्ट्रपतीको संभावित कदमलाइ टक्कर दिनपनि अर्को बलियो शक्ति निर्माण गरेको हो । हतार हतार गरिएको यो गठबन्धन उनीहरुलेपनि आफ्नो शक्ति देखाउने र राष्ट्रपतीले जोरि खोजे हामीपनि देखाउँछौं भन्ने मानसिकताबाट आएको देखिन्छ ।

राष्ट्रपतीले बर्खास्त गरे प्रधानमन्त्रीलाई भने एमाले, नेपाली कांग्रेस लगायतका मुख्य दलसित टकराव पर्ने आँकलन माओवादीले गरेको देखिन्छ । परिवर्तनका मुल शक्तिलाई बाहिरै राखेर गरिएको यो गढबन्धनपनि लामो समय नटिक्ला । अहिले सम्म थोरै भए पनि राजनितिक संवादमै रहेका दलहरुबिचको संवन्ध अब गहिरिन्छ । एकले अर्कोलाई पुरै लत्याएर जे जे सकिन्छ एक अर्का बिरुद्द त्यसो गर्ने मेसो चल्छ ।

मुख्य राजनितिक शक्ति र जनजातिहरुको मुल समुहलाई बाहिरै राखेर बनेको गठबन्धन सायद टिक्न मुस्किल हुन्छ । बरु यसले माथि उल्लेखित मुख्य दल र माओवादी लगायतका दलसित फाटो गहिरो पार्छ । अर्को पक्षलाई पनि उसैगरि धुरुबिकरण गर्न यो गठबन्धनले मल र जल गरेको छ । आदिवासी जनजाति, महिला, पिछडिएका, सिमान्तिक्रित वर्गका समस्या हल हुने गरि राजनितिक दलहरु सहमत नभएसम्म जुन सुकै दलले निर्वाचनमा जाने मनशाय बनाउन् त्यो टिक्दैन । जबर्जस्ति गर्न खोजिने निर्वाचन देखाउनकालागि मात्रै हो । त्यसले न संविधान बन्न सहयोग दिन्छ । न शान्ति ल्याउंछ । न हुन्छ नै निर्वाचन ।

(फोटो अनलाईन खबरबाट लिईएको हो)

तपाइँको प्रतिक्रिया