प्रधानमन्त्रीलाई झ्याप हान्दै राष्ट्रपती ?
एकाएक संविधान सभा बिघटन गरे प्रधानमन्त्री डा बाबुराम भट्टराईले । कामको पारा हेर्दै जाँदा बुझियो, उनी आफ्नो कुर्सी सकेसम्म लम्ब्याउने पक्षमा देखिए । राष्ट्रिय सरकार भन्ने तर त्यसकालागि उचित वातावरण नमिलाउने । कहिले अर्को चुनाव नभएसम्म ज्यानजाला छोडिन्न भन्ने । कहिले संविधान सभा केहि समयलाई भएपनि ब्युँताउन सकिन्छ भन्ने । प्रतिपक्षी दलले योजनाहरु असफल पारिदिँदा अध्यादेश जारी गर्दै चलाउँदै गर्ने । सडक आन्दोलन गर कि जे सुकै । दलहरु निरिह देखिन थाले । चलखेल चौतर्फी हुन लाग्यो । गर्ने के त ? दलहरुले संविधानका संरक्षक भनिएका राष्ट्रपती डा रामवरण यादवलाई गुहार्न, उक्साउन र सुझाव दिन थाले । निकै समयसम्म चुपलागेर बाबुरामलाई बिकल्प सोच्न सम्झाएका उनले अब प्रधानमन्त्रीलाई झ्याप हान्ने दाउमा बसेको छनक देखिन थालेको छ ।
पछिल्लो समयमा डा भट्टराई र राष्ट्रपतीबिच भेटघाट बाक्लिँदै गएको छ । भट्टराईले राष्ट्रपतीलाई निकै पटक भेटिसकेका छन् । कहिले उनैको इच्क्षाले त कहिले राष्ट्रपतीले बोलाएर । यो बाक्लिँदो भेट राष्ट्रपतीले बाबुराम भट्टराईलाई अब असक्षमा दाबी गर्नकालागि दबाब दिने, सच्चिने मौका दिने, बिकल्पकालागि समय दिने र आफु झ्याप पारेर असक्षम घोषणा गरेमा त्यसको औचित्य साबित गर्ने उद्देश्यले भएको हो भनिन्छ ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई राष्ट्रपति यादवले कामचलाउ घोषणा गरेकोपनि दुई महिना भैसक्यो । त्यो भनेको अर्को बिकल्प नहुन्जेललाई काम चलाउका रुपमा रहनु भन्ने मात्रै हो । कामचलाउ प्रधानमन्त्रीको हैसियतले जतिसक्दो चाँडो राष्ट्रिय सहमतिका लागि बाटो खोल्नु पर्थ्यो । संवैधानिक र राजनैतिक जटिलता सुल्झाउन राष्ट्रपतिले दिएको सुझावलाई पालन गर्नुपर्थ्यो । तर संविधान सभा छैन भनेर प्रधानमन्त्रीले मुलुकमा अध्यादेशबाट सरकार चलाउन खोजे । यो देखेपछि राष्ट्रपती यादव चिढिए । उनलाई संविधानको रक्षकका नाताले कुनै काम गर्न नसकेको असक्षम र लाछी बनेको भनेर उचाल्नेपनि धेरै दल भए । कतिन्जेल अध्यादेश राज्य चलाउने त भनेर राष्ट्रपती अब प्रधानमन्त्रीलाई झ्याप हान्ने मुडमा पुगेको बताइन्छ ।
यहि दिन झ्याप पारेर उनलाई असक्षम घोषणा गर्छन् भन्ने पक्का त छैन । तर भट्टराईले तत्कालै कुनै कदम नचाले केहि दिनमै असक्षम घोषणा गर्ने मानसिक तयारीमा राष्ट्रपती बसेको धेरैको अनुमान छ । त्यसैको तयारिको लागि भनेरै राष्ट्रपतीले २७ दलसित छलफल गरेका हुन् पनि भनिन्छ । राष्ट्रपतीले अब छिट्टै सत्तारुढ दलहरुलाई बोलाउने छन् । उनीहरुलाई संवधानिक बिकल्प खोजेर बाँकि दलहरुसित सहमती गरि अगाडि बढ्न केहि दिनको समय दिने पक्षमा राष्ट्रपती गएको बताइन्छ ।
स्रोतका अनुसार राष्ट्रपतीले दलहरुको बैठक राख्ने र त्यस बैठकमै सत्तारूढ एमाओवादी र मधेसी मोर्चालाई प्रधानमन्त्री असक्षम भएको जनाउ दिनेछन् । काम चलाउ भएको दुई महिनासम्म सहमति खोज्न नसक्ने अनि आफूले तोकेको समयमा चुनाव गराउन पनि नसकेकाले प्रधानमन्त्री बाबुराम भट्टराईलाई असक्षम भएको घोषणा गरेको जानकारि दलहरुलाई दिएर राष्ट्रपतीले अर्को बिकल्प खोज्ने छन् । तर यसपछि झन राजनितिक द्वन्द दलहरुबिच बढ्ने देखिन्छ । बैदेशिक चलखेल र राजनितिक दहरुबिचको टकराव झन गरिहिने अनुमान धेरैको छ ।




