प्रचण्ड हाम्रो हिसावकिताब खोइ ?

छोरोले एकातिर अर्काकि श्रीमती लिएर टाप कस्ने । अर्को तिर बाबुले ज्यान हत्केलामा राखेर लडेका लडाकुको तलब र भत्ता झ्वाम पार्ने । आलिशान बंगला र सबै सरकारी, पार्टीगत सुबिधा हुँदापनि नपुग्ने । प्रचण्ड माथि आर्थिक हिनामिना गरेको आरोप निकै समय अघिदेखि पार्टीगत रुपमै लाग्दै आएको हो । पार्टी एक हुँदा गत पालुङटार बैठकमै मोहन बैध्य किरणको दस्ताबेजमा थियो यो माग । तर लडाकूको पैसो ठगेर, लुटेर र आफूखुशि मस्ति गर्दै आएका पार्टी अधक्ष प्रचण्ड नटेरि, नसुनेझैं गरेर बस्दै आएका थिए । यो पटक पनि हाटहुटे पाराले टार्ने कोसिस गरेका थिए । तर “कहाँ जालास मछाडी मेरो ढडिया”

यो पटक लडाकूले छोडेनन् । एकीकृत नेकपा माओवादीको जारी विस्तारित बैठकमा लडाकुहरुले शिविरमा भएको रकम हिनामिनाबारे र्‍याखर्‍याखती पारे । त्यो सार्वजनिक नगरेसम्म बैठक चल्न दिन्नौं भनेपछि नाकको चाल लाएर छानबिन समिति गठन गरेका छन् । उनीहरुले त्यो हिसावकिताब प्रस्ट पार्नुपर्ने माग राखेपछि बन्दसत्रको नियमित प्रकृया नै अवरुद्ध भयो । यसले सर्वाहरा कम्युनिस्ट नेताको सक्कली अनुहार उदांगो पार्‍यो । तर बास्त्विकता अझ भिन्न छ ।

अहिले शिविरमा भएका जति लडाकू छन् ति संस्थापन पक्षतिरका हुन् । अहिले बिस्तारित बैठकमा आएकाहरुपनि संस्थापन पक्षकै भए । मोहन बैध्य पक्ष भनिकाहरु अधिकांश रकम लिएर बाहिरिएका हुन् । बाँकि मध्येपनि लडाकू शिविरको नेत्रित्व तहमा छैनन् । संस्थापन पक्षमै छन् । लडाकूको तलब र भत्ताको ठगीमा प्रचण्डलाई तिनै शिविरका लडाकूले साथ दिँदै आएका थिए । नेत्रित्वले मागे अनुसारको तलब र भत्ता कटौती गरेर लडाकुसित कटाउन बाध्य पार्ने तिनै थिए । तिनै माथिल्लो तहका लडाकू नेतासितको मिलिजुलीमा संस्थापन पक्षका नेता अझ त्यसमापनि प्रचण्डले लडाकूको रकम हिनामिना गरेका हुन् ।

लडाकुहरुले शिविरका कमाण्डरले आर्थिक अनियमितता गरेको आरोप लगाएपछि १२ जना कमान्डर र सहायक कमान्डरले पार्टी नेतृत्व समक्ष राजीनामा बुझाएका छन् । तर यो पनि देखावटी हो । पार्टी अध्यक्ष प्रचण्ड फस्ने र उनमाथि अनियमितताको पोल खोल्ने अवस्था देखिएपनि उच्च नेताको निर्देशन र योजनामै उनीहरुलाई राजिनामा दिन लगाइएको हो । राजीनामा बुझाउने पूर्व कमाण्डरहरुमा एक नम्बर शिविर इलामका यमबहादुर अधिकारी, दुई नम्बर सिन्धुलीका सुकबहादुर रोक्का, तेस्रो डिभिजन चितवन शक्तिखोरका धनबहादुर मास्की, चौथो शिविर नवलपरासीका तेजबहादुर ओली, छैटौं शिविर सुर्खेतका महेन्द्रबहादुर शाही र सातौं डिभिजन कैलालीका सन्तु दराई छन् । ती ६ वटै शिविरका सहायक कमान्डरहरुले पनि राजीनामा गरेका छन् । उनीहरु सबै प्रचण्ड निकटका कमाण्डर हुन् । यदि छानबिन समिति बनाएर बिस्तारिक बैठकमा प्रस्ट नपारे शिविरका कमाण्डहरुलाई नछोड्ने योजना लडाकूहरुको थियो । आक्रोशित लडाकोहरुले कमाण्डरमाथि कारवाहि गर्ने भनेर कस्सिएका थिए । कमाण्डरहरुको यहि आक्रोश र योजना बुझेकालेपनि उनीहरुले बिस्तारित बैठक रोकेर छानबिन समिति बनाएका हुन् ।

माओवादीस्रोतका अनुसार लडाकूहरु यति आक्रोशित थिए कि कुनैपनि हालतमा थामथुम पार्न सक्ने अवश्था नदेखिएपछि मात्रै तत्कालको विस्तारित बैठक टार्न यो नीति अपनाएका हुन् । कमाण्डरहरुले आफ्नो तलब र भत्तामा अनियमितता गरेको विषयलाई जोडतोडले उठाउने, नाराबाजी गर्ने र उस्तै परे बिस्तारित बैठकमा अनराबाजी गरेर कुनैपनि हालतमा अवरुद्द गर्ने योजना बनाएपछि नेत्रित्व डराएर तत्कालै छानबिन समिति बनाएको हो नेता पोष्ट बहादुर बोगटीको नेत्रित्वमा ।

तपाइँको प्रतिक्रिया