माओवादीका केहि नेता पर्ख र हेरको अवस्थामा
नेकपा माओवादीको संस्थापन पक्ष भनिने बाबुराम, प्रचण्ड र नारायणकाजी श्रेष्ठको समूहबाट बैध्य पक्ष भनिनेहरु फुटेर अलग पार्टी निर्माण गरेका छन् । यद्दपि पार्टीको नाम आधिकारिक रुपमा सार्वजनिक गरिएको छैन । आम नागरिक र देशलाई यसले फाइदा दिँदैन । कम्तिमा तत्कालकालागि यसले झन समस्या निम्त्याउने छ । तर सत्य र यथार्थलाई अँगाल्नुको बिकल्पपनि त छैन । त्यसैले एक होस् भन्ने कामना र इच्क्षा हुँदा हुँदैपनि एकिक्रित नेकपा (माओवादी) फुट्यो । आज उनीहरुले नयाँ पार्टीनै गठन गरे । नाम राखे ‘नेपाल कम्युनिष्ट पार्टी, माओवादी’ । ‘नवसंशोधनवादका विरूद्ध विचारधारात्मक सङ्घर्ष चलाउँदै नयाँ ढंगले क्रान्तिलार्इअघि बढाउँ’ भन्ने नाराका बनाए । आजै नायँ पार्टीको दस्तावेज पारित पनि गरे।
संस्थापन पक्ष आफ्नै तयारीमा छ । तर क्रान्तिकारी समूह भनिने बैध्य पक्ष त्यो भन्दा बढि द्रिढ र सक्रिय देखिन्छ । किनभने क्रान्तिकारी समूहका बिच अहिलेनै पार्टी नफोरौं भन्ने मत करिब पाँच प्रतिशत देखिएपनि अधिकांश अब कुनै पनि हालतमा सँगै बस्न हुन्न भनेर नयाँ पार्टी गठन गर्न दबाब दिए । अहिले केन्द्रिय समितीका ४६ सदस्य बैध्य पक्षतिर खुलेर लागेको देखिएपनि बास्तवमा ५४ जना रहेको बताइन्छ । उनीहरुले ७५ जनाको केन्द्रीय समिति गठन गर्ने निर्णयपनि गरेका छन् ।
तर संस्थापन पक्षमा भने बिबादै बिबाद र तानातान छ । त्यहाँ नारायणकाजी श्रेष्ठ, प्रचण्ड र डा बाबुराम भट्टराईका तिन गुट छन् । ति तिन गुटपनि रस्साकस्सी, तानातान र खिचातानी भैरहन्छ । त्यसो त अब पार्टी फुट सँगै संस्थापन पक्ष मिलेर जान सक्ने संभावनापनि छ । प्रचण्डले यी तिन पक्षमा गुट उपगुटको अन्त्य गर्नुपर्ने बताइपनि सकेका छन् ।
माओवादीमा अहिलेको फुटले संस्थापन पक्षमापनि ठूलो हलचल ल्याएको छ । किनभने बैध्य पक्षमा अहिलेनै ५४ जना केन्द्रिय समिति सदस्य खुलेरै लागेको बताइन्छ । संस्थापन पक्ष भनिएका स्वानाम दाइ (शशी लामा) भनिएकाहरुको हिसाबै छैन । संस्थापन पक्षका केहिले दाहाल पक्षधरले बोलाएको विस्तारित वैठकसम्म हेरेर निर्णय गर्ने जवाफ बैध्य पक्षलाई दिएका छन् भन्ने उनीहरुको भनाई छ । ति सोझासाझा र प्रचण्डले न नेपाली क्रान्तिका लागि केहि गरिहाल्छ कि भनेर कुरेका हुन् ।
साँच्चै जनयुद्दले स्थापित गरेका माग र माओवादीले जनताका अगाडि बाचा गरेका आश्वाशन पुरा नहुने अवस्थामा धेरै केन्द्रिय सदस्यहरु बैध्य पक्षमा लाग्ने बताइन्छ । संस्थापन पक्षले बोलाएको बिस्तारिक बैठकबाट साहसिक निर्णय लिने दाबी गरिएकालेपनि केहि केन्द्रिय सदस्यहरु पर्ख र हेरको अवस्थामा रहेका हुन् । कतिपयले अहिलेनै बैध्य पक्षमा लाग्दा वा प्रचण्ड पक्षमा खुलेर लाग्दा आरोपित मात्रै भइने तर वास्तबिकता अहिलेनै पक्का नहुने भनेर चुपचाप बसेका हुन् । प्रचण्ड पक्षको भर नभएपनि बैध्य पक्षको मार्ग खुला र कार्यदिशा स्पष्ठ भैनसकेको भन्दै ति संस्थापन र बैध्य कतैतिरपनि खुलेर नदेखिएका हुन् । यदि बैध्य पक्षको कार्यदिशा स्पष्ठ देखिने हो भने केहि केन्द्रिय सदस्य बैध्य पक्षमा आउन इच्क्षुक रहेको बताइन्छ । बैध्य पक्षले नयाँ पार्टी गठन सँगै कस्तो दिशा लिन्छ भन्नेमापनि भर पर्ने छ । यदि कमजोर देखिएभने यहि पार्टीकापनि संस्थापनतिर नफर्केलान् भन्न सकिन्न । तर यस्ता मध्यम धारका नेताको निर्णय संस्थापन पक्ष र बैध्य पक्षको कार्यदिशामा भर पर्ने छ ।




