माओवादी सभाको २७ दललाई सन्देश
एमाले र नेपाली कांग्रेस सहित २९ पार्टीको सभा भयो गत २६ गते । २७ गते कमला थापाको एक्लै । हिजो माओवादीको । सबै खुला मञ्चमै भए । जनतालाई अवशरपनि भयो जाँच्ने कुन पार्टीको हैशियत कस्तो भनेर । आम सभा र चुनाव भन्ने चिजनै त्यस्तो हो आयोजक जोसुकै होस् अनेक गरेर मान्छे उतार्छन् । सक्नु र नसक्नु आफ्नो ठाउँमा छ । झन शक्ति प्रदर्शन नै भनेपछि त आफ्नो बुताले भ्याएसम्म कोसिस पक्कै गरे सबैले । दर्शक जसका थोरै भए तिनले लाजगाज ढाक्न ‘मान्छे उतारिएन, जबर्जस्ति गरिएन, कोचेर ल्याइएन’ भनिने कुरो फरक हो ।
तर स्पष्ठ के देखियो भने एमाले र नेपाली कांग्रेस लगायत २७ दलले आयोजना गरेको आमसभामा भन्दा हिजो माओवादी र गत २७ गते कमल थापाले एक्लै आव्हान गरेको आमसभामा मान्छे ओइरिए । किन चासो दिए बिलुप्त मानिएको कमल थापाको पार्टीका कुरा सुन्न ? किन माओवादीले आव्हान गरेको सभामा मान्छेको भिड लाग्यो २७ दलले आयोजना गरेकोमा भन्दा ? ब्यवस्थापन र प्रचारप्रसार राम्रो भएर मात्रै पक्कै होइन । बरु यसमा नितिगत कुरा छन् ।
देश गणतन्त्रमा गएपछि नयाँ राजनितिक परिवेश देखियो । शान्ति संझौता । राज्य पूनर्संरचना । संघियता । जातिय पहिचान लगायतका विषयमा । अब कस्तो राज्यको परिकल्पना गर्ने ? राज्य पूनर्संरचना त गर्ने तर कसरि ? कस्तो शासन प्रणाली अपनाउने ? संघिय शासन त अपनाउने तर कस्तो ? यसमा कमल थापाको राप्रपा नेपाल, केहि मधेशी दल र माओवादी स्पष्ठ देखिए । कस्तो संविधान, कस्तो संघिय शासन ? ति स्पष्ठ छन् । तर नेपाली कांग्रेस र एमालेमा अझै स्पष्ठता छैन । जनजातिलाई फकाउन अनेक कुरा त गरेका छन् तर स्पष्ठसित भन्न सकेका छैनन् उनीहरु जातिय पहिचानका पक्षमा छन् कि बिरुद्दमा ? सांस्क्रितिक पहिचान सहितको संघियता चाहन्छन् कि कस्तो ? उहि देखाउनकालागि १४ अञ्चन ७५ जिल्ला र चार विकास क्षेत्र छुट्याएर केन्द्रिक्रित राज्यनै चलाउने पञ्चायती शैलीको संघियता हो कि बिकेन्द्रिकरण गर्ने हो राज्यको शक्ति ? यसैमा नेपाली कांग्रेस र एमाले लगायतका दल स्पष्ठ छैनन् । उनीहरु स्पष्ठ भएपनि जनतालाई स्पष्ठ पार्न सकेका छैनन् । नेतै पिच्छे मनगढन्ते, फरक फरक कुरा बोल्छन् । अनि जनताले के आशा गर्ने ? किन आउने यीनको कार्यक्रममा ?
यीनको कराइ र गराईपनि मन पराउने कुरै भएन । आम सभा बोलाए । संविधान कसरि बन्छ ? किन बनेन ? अबको निकास के हो ? अब संविधान सभाको निर्वाचन के कति कारणले हुन्छ ? भए कसरि ? नभए किन र कसरि ? यतातिर तिनको ध्याननै थिएन । आम सभामा संविधान निर्माण र संविधान सभाको निर्वाचन अनि अबको निकासका बारेमा स्पष्ठ पारिनेगरि प्रस्तुत हुनै सकेनन् । खाली सरकारले राजिनामा दिनुपर्छ भनेर सत्ताकै लोभ देखाए । प्रधानमन्त्री फेरिँदैमा संविधान बन्ने होइन भन्ने कुरामा जनतालाई झुक्काउन खोजेर चल्थेन । तर चल्छ भन्ने सोचेर बाबुराम भट्टराईको राजिनामालाई नै प्रमुख मुद्दा बनाए । अनि जनताले बुझे ‘यी २०४६ साल देखि पटक पटक सरकारमा गएर करोडौं खान र झण्डा हल्लाउन पल्केकालाई संविधान चाहिएको होइन रहेछ, चाहिएको रहेछ सरकारको कुर्सी’ ।
तर माओवादी र कमल थापाको स्थिति फरक थियो । संविधान सभाको निर्वाचन देखिनै कमला थापाको पार्टी राजसंस्था पूनर्स्थापित गर्ने, हिन्दू राष्ट्र घोषणा गर्ने लगायतका सबै विषयमा स्पष्ठ थियो । जे पार्टी नीति थियो उनीहरुले स्पष्ठसित जनतामा राख्दै आएका थिए । बरु लेखेटिए, दमन सहन तयार भए । अनेक आरोप सहे । तर अडान कायम राखे ।
उता माओवादी अहिले सरकारमा भएकालेपनि केहि फरक त परेहोला नै । प्रधानमन्त्रीनै बोल्ने भएपछि झन आकर्षण र चासो केहि बढि भैहाल्छ । तर त्यत्तिलेनै माओवादीले आव्हान गरेको सभामा मान्छेको चासो बढेको मात्रै होइन नै । राज्य पूनर्संरचना, संघियता, संविधान सभा, जनजातिलाई अधिकार, पहिचान सहितको राज्य संरचना लगायतका विषयमा माओवादी स्पष्ठ छ । त्यसमा बिरोध होस् कि समर्थन उसले आफ्ना अडान राख्दै आएकाले जनताको चासो बढ्नु स्वभाविकै छ । अझ माओवादीमा बैध्य पक्षहरुले यो आमसभामा सहभागिता जनाएनन् । बैध्य पक्ष ४० प्रतिशत हैसियत राख्छन् भनिन्छ पार्टीमा । अझ उनीहरुपनि सहभागि भएको भए आमसभामा कति हुँदा हुन् ?
त्यसैले अहिले भएका तिन आम सभाले देखाउँछन्, नेपाली कांग्रेस र एमालेको नीति, कार्यदिशा के हो जनतालाई थाह छैन । तिनले के कस्तो संविधान र राज्यको परिकल्पना गरेका हुन् ? के चाहन्छन् ? स्पष्ठ पार्नुपर्छ । दोकला कुरा गरेर, खुल्ला नीति र एजेन्डा नलिइकनै जनतामा गए पत्याउने छैनन् । जनता के चाहन्छन् ? बुझ्नु जरुरी छ । राष्ट्रिय राजनितिमा स्पष्ठ द्रिष्टिकोण र एजेन्डा नबनाए २७ होइन ७२ वटै पार्टी किन नहोउन् अब जनताले पत्याउने छैनन् । पार्टी नीति स्पष्ठ भएन भनेर आफ्नै पार्टीका जनजातिका नेताले हाकाहाकी भनिरहेका बेला कसरि त्यस्ता पार्टीलाई जनताले पत्याउने ?
(फोटो प्रकाशधर तुलाधरको फेसबुकबाट तानिएको हो । माथिको फोटो हिजो माओवादी आमसभा र पछिल्लो एमाले, नेपाली कांग्रेस लगायत २७ दलले गत हप्ता आयोजना गरेको सभाको)




