माओवादी फुट्न तम्तयार
बैध्य पक्षलाई मात्रीका यादवको हरियो संकेत
(यो तिन दिन अघि लेखिएको लेख हो । प्रचण्डले “पार्टी एकजुट हुन्छ भने म राजिनामा दिनपनि तयार छु” भनेपछि बिकसित घटनाक्रमपछिको अवस्था र उनले किन अध्यक्ष पद त्याग्छु भने ? त्यसबारे छुट्टै लेख आउने छ-नेपालप्लस)
शान्ति र संविधानको नारा मुख्य त बाबुराम र प्रचण्डको थियो । यसबाट नेपाली जनताका बास्तबिक समस्या समाधान हुन्नन् । जन संविधान बन्दैन । सके त संविधान सभानै बच्नपनि नसक्ला । यहि थियो बैध्य पक्षको बुझाई । पार्टीमा यहि मत राखेका थिए । तर बहुमत प्रचण्ड र बाबुराम पक्षिय भयो । नरायणकाजी, नवराज सुबेदी जस्ता पछि एकता गरेर आउनेहरु उतै थपिँदा शान्ति र संविधान कै नारामा माओवादी लरखरिन बाध्य भयो । तर चतुर प्रचण्डले भनेछन् “शान्ति र संविधानको मार्गलाई जनयुद्दकै अर्को पाटोका रुपमा प्रयोग गरिन्छ । राज्य सत्ता कब्जा गर्ने हो शान्ति र संविधानलाइ जनताका पक्षमा प्रयोग गरेर ।” तर भएन । त्यसैले पालुङटार भेलाले सशस्त्र बिद्रोहको नीति पास गर्यो । संविधान सभाबाट जन संविधान बन्न नदिए सशस्त्र बिद्रोहमा जाने भन्दै बैध्य पक्षसित निकट भएर प्रचण्डले दाउ मारे । तर त्यहि संविधान बनाउने नाममा हतियार बुझाए । जनसेना हतियारबिहिन बनाए । तैपनि न जनसंविधान बन्यो । न संविधान सभा बच्यो । न जनसेना रहे । शान्ति र संविधानको नीति चौतर्फी असफल भयो । अझै पनि संविधान सभाको निर्वाचन गर्ने भन्दै प्रचण्ड र बाबुराम उफ्रिन थालेपछि माओवादी अन्तत फुट्ने भएको हो ।
कसरि फुट्छ त ?
क्रान्तिकारी धारको नेत्रित्व गर्दै आएको भनिएको बैध्य पक्षले अब पार्टीको केन्द्रिय बैठकमा जोडतोडले प्रचण्डको राजिनामा माग्ने छ । शान्ति र संविधानको नीति प्रचण्डको भएको, त्यसैकालागि जनसेना बुझाएको र हतियार सुम्पिँदपनि संविधान बन्न नसकेकाले प्रचण्ड असफल भएको भनिएको छ । पार्टी हाँक्न असफल, आफ्ना नीतिजति सबै असफल भएपछि पार्टीबाट नैतिकताका आधारमा राजिनामा माग्ने तयारी गरेका छन् ।
तर प्रचण्ड र बाबुराम पक्षको अझैपनि पार्टीमा बहुमत रहेकाले प्रचण्डले राजिनामा दिने छैनन् । बैध्य पक्ष प्रचण्डलाई जसरिपनि राजिनामा दिन बाध्य पार्ने । प्रचण्ड पक्षले ज्यानजाला नमान्ने । उपाय के त ? पार्टी फुटको औपचारिक प्रक्रिया यहिँबाट शुरु हुने छ । अनि प्रचण्ड र बाबुराम लगायतकालाई कारवाही गरेको सर्कुलर जारी गर्दै पार्टी पूनर्गठन गरिएको दाबी गर्ने छन् । घटनाले अन्य कुनै चमत्कारिक रुप नलिएमा असारको पहिलो हप्ता एकिक्रित नेकपा माओवादी टुक्रिने छ । बैध्य पक्षले अब राष्ट्रिय कार्यकर्ता भेला गरेरै पार्टी अलग भएको घोषणा गर्ने छन् । त्यसपछि शुरु हुन्छ मारमुङ्री ।
प्रचण्ड किन नरम ?
प्रचण्ड र भट्टराइ पक्ष बहुमतमा छन् । त्यो संख्या हिसाब गर्दा हो । तर पार्टीमा जनयुद्द लडेका, दुख पाएका, युद्दकालिन अवस्थाबाट गुज्रिएका र स्वच्छ छबी भनिनेहरु ८० प्रतिशत भन्दा बढि क्रान्तिकारी धारको नेत्रित्व गर्ने भनिएका बैध्य पक्षसित रहेछन् । प्रचण्डको सबैभन्दा ठूलो डर यहि हो । माओवादी शान्तिपूर्ण राजनितिमा आएपछि अब दुख पाइन्न, ठूलो पार्टीको नेता हुँदा ठूलै शान, अब सरकारमा जाने हुनाले पद पाइन्छ, जनयुद्दबाट बिश्राम लिएकाले दुखप गर्नु पर्दैन, जोखिमपनि मोल्नु पर्दैन भन्ने सोचेर धेरै हामफाले माओवादीमा । ति मध्ये अधिकांश लोभ, प्रतिस्ठा, पद, सुरक्षा र दर्जा हेरेर आएका थिए । तिनमा सधैं पद र कुर्सीको लोभ भैराख्छ । ति दुखपनि उति गर्दैनन् । त्यसैले यस्ता कार्यकर्ता र नेताको आधारमा पार्टी हाँक्न सजिलो हुन्न, सफल भइन्न भन्ने प्रचण्डलाई थाह छ ।
अर्को मुख्य कुरो के हो भने पार्टीमा उनलाई सधैं साथ दिँदै आएका आफ्नै बुढा गुरु मोहन बैध्यले हो । उनैले सिकाए । उनैले महा सचिवको पद प्रस्ताब गरे । पार्टीमा बिबाद हुँदा उनैले प्रचण्डको तर्फबाट बोलिदिए । टक्कर सधैं बाबुराम भट्टराईसित रह्यो । मोहन बैध्यनै नहुँदा बाबुराम भट्टराईसित लड्ने एक्ला हुन्छन् प्रचण्ड । एकातिर बाबुरामसित लडाइँ । अर्कोतिर बाबुरामलाइ भारतीय समर्थन र उनलाई पेलान । पार्टीमा लोभी र पापी, पदलोलुपहरुको बर्चस्व । प्रचण्ड तर्सिनुका धेरै यस्ता कारण छन् । जुन हरिबोल गजुरेल जस्ता पिछा मात्रै लाग्नेहरुले बुझ्न सक्दैनन् ।
अर्को पार्टी गठन भएर क्रान्तिकारी लाइन बोक्ने भनिनेहरु हिँड्नासाथ एकातिरबाट बाबुराम पेलाइ । अर्कोतिरबाट भारतीय । नेपाली कांग्रेस र एमालेको त छँदै छ । लोभी नेता, पदलोलुप कार्यकर्ता, आधारहिन पार्टी, टुक्रिएको संगठन, असफल नीति लिएर अब खैराँत नहुने भो, राजनिति सकिने भो भन्ने प्रचण्डलाइ राम्रोसित ज्ञान छ । त्यसैले उनी यतिखेर सबैभन्दा गम्भिर र नरम छन् । आफ्नो नीति असफल भएकाले यतिखेर क्रान्तिकारी लाइन बोक्ने भनिएकासित जति मसला छ त्यसको तुलनामा “मैले यसो गरें” भनेर देखाउने कुनै आधारपनि त छैन प्रचण्डसित ।
अर्को जनसेना बाट उठाइएको करिब तिन अर्व रुपियाँ गोलमाल पारेको आरोप छ प्रचण्डमाथि । त्यो रकम कहाँ गयो ? कसले केमा दुरुपयोग गर्यो ? त्यसैगरि जनयुद्दकाल भरि पटक पटक पार्टीको हिसाब किताब मागिएपनि दिन आनाकानी गरेको आरोप लागेको छ प्रचण्डमाथि । एउटै पार्टीमा भएपछि यी सबै काण्डलाई बैध्य पक्षले चर्काएर लैजाने छ । संविधान सभाको चुनाब घोषणा गरेका बेला भ्रस्टचार र आर्थिक हिनामिनाको एक एक फेहरिस्त सार्वजनिक गरिदिँदा के हालत होला प्रचण्डको ?
बैध्य पक्षले नयाँ पार्टी बनाउनासाथ माओवादीबाट टुक्रिएर गएका मात्रीका यादवपनि आउने लगभग निश्चित छ । बाबुराम भट्टराई र खासगरि पार्टी अध्यक्ष प्रचण्डले पार्टीलाई संसदिय दलदलमा भसाएको । भारतीय बिस्तारबादको निर्देशनमा चलेको, पार्टीलाई एमालेकरण गरेको । आम शोषित पिडीत जनताको मुक्तिको बाचालाइ लत्याएकाले यस्तो पार्टीमा बस्नुको कुनै औचित्य नभएको भन्दै माओवादी छोडेका थिए । तर अब पार्टीको क्रान्तिकारी बिचारको संरक्षण गर्दै पार्टी गठन भएमा यादवपनि समाहित हुने लगभग पक्का भएको दाबी बैध्य पक्षको छ ।






