माओवादीका दुई बिकल्प

प्रेम पाठक / बेल्जियम

एनेकपा माओवादीको रणनीतिक नारा नौलो जनवादलाइ जसरि सफल पार्न पहिलो र दोस्रो शान्ति वार्ता भएको थियो । त्यसरी नै ‘शान्ति र संबिधान’ को नारा पनि रणनीतिलाइ सहयोग गर्ने कार्यनीतिक नारा थियो जसको लक्ष्य रणनीति लाइ सहयोग गर्नेथियो । तर बिडम्बना कार्यनीतिले रणनीतिलाइ सहयोग गर्नुको बदला रणनीतिलाइ नै धमिलो पार्नेगरि कार्यनीति हावी हुन गैरहेको वर्तमान अवस्थामा अब जम्मा दुइ वटा बिकल्प बाँकि रह्यो ।
१. कार्यनीतिको लागि रणनीति फेर्ने

 
२.रणनीतिको लागि कार्यनीति फेर्ने
अवश्यपनि पुच्छरले टाउको हल्लाउनु अबैज्ञानिक । त्यसैले रणनीतिको लागि कार्यनीति फेर्नु छ । जसरि हिजो सेक्टर काण्ड असफल हुँदा कमरेड किरणले आफ्नो जिम्मेवारी आत्मबोध गरि अरुमा सुम्पेका थिए । त्यसरी नै आज कमरेड प्रचण्डलेपनि जनयुद्धका सबै अवशेष जति प्रतिकृयावादीहरुलाई जिम्मा लगाएको हुनाले यसको कमजोरीलाइ आत्मसाथ गर्नुपर्छ । अनि नैतिकताको आधारमा राजिनामा दिनु जरुरी छ । यदि यो हार्दिकतालाइ अस्विकार गर्ने हो भने पालुङटारको कार्यदिशालाइ आधार मान्दै हामीलाई बहुदलिय जनावाद होइन नौलो जनवाद चाहिएको छ ।

त्यसैले सबैखाले अवसरवाद, प्रतिकृयावाद, साम्राज्यवादको बिरुद्धमा सर्बहारा बर्गको सत्ता चाहिएको छ । यसको लागि फुटपनि स्वीकार छ । २०४७ मा नेकपा माले रुपान्तरित भएर एमाले भयो । त्यो बेला नेपालका नेल्सन मण्डेला भनेका मोहनचन्द्र अधिकारी, सी पी मैनालीहरुले क्रान्तिकारी धारको लाइन लिएर लडेपनि अन्तत आज नेकपा एमाले मदन भण्डारी लाइनमा बिलिन भयो । त्यतिखेरको क्रान्तिकारी धार सुधारवादी धारले खाइदियो । हो त्यसैगरि आजको माओवादीको क्रान्तिकारी धारपनि सुधारवादमा बिलिन हुन सक्ने हुनाले समयेमै सचेत हुनु जरुरी छ । र हिजोको जनयुद्धको मर्मलाइ आत्मसाथ गर्दै अगाडी बढ्नु जरुरि छ ।

आवश्यकता अनुसार जनयुद्धका आधार : जनसेना, जन कम्युन, जन अदालत र जन सरकारको पुनर्स्थापना गर्न क्रान्तिका तिन हतियार : क्रान्तिकारी पार्टी, जनसेना र सयुक्त मोर्चाको निर्माण जरुरि छ । यसको बैधानिकताको लागि पार्टीको राष्ट्रिय रुपमा जम्मा भै निर्णय गर्न जरुरि छ । त्यसैले बर्तमान समय सापेक्ष अनुसार क्रान्तिकारी नेतृत्वको तर्फ बाट आव्हान गरिएको एनेकपा माओवादी आगामी असारमा हुने राष्ट्रिय भेलाको दुरगामी महत्व रहने छ ।

(पाठक जनप्रगतिशिल मञ्च बेल्जियमका महासचिव हुन्)

तपाइँको प्रतिक्रिया