तराईलाई मधेश बनाउनु कालान्तरमा सिक्किम बनाउने योजना
नेपालको समस्त तराईलाई मात्र मधेसीको “एक मधेश” बनाउनु पर्छ भन्नेहरु बास्तव मै को हो ? यस भारतीय उपमहादिपमा सन् १९४५ मात्रै स्थापना भएको भारत आफ्नो छिमेकी मुलुकहरुको लागि एउटा “सिङ मार्ने छाडा बैल” बनेको छ । भारतको राष्ट्रपती कागजी रुपमा जो देखाएतापनि उसको राष्ट्रपती आधिपत्यबाद, उपनिवेशबाद, महामारी फैलाउने ब्रिटिस सरकारनै थियो ।
त्यस्तै, अहिले भारतको छिमेकी मुलुकहरुमा अशान्ति मच्चाउने बच्छाहरुको प्रभुपितामह भारतनै भएको एस डी मेहताले “तराईलाई मात्र मधेसीहरुको एक मधेस नबने नेपालमा आँधीबेहरी ल्याउने उत्पात मच्चाउन उसले (भारतले त हो नि!) समेत सहयोग गर्ने भनेबाटै पनि प्रमाणित गरेकोछ ।
हुनत यो एस डी मेहताको भारतले आफ्नो कुन छिमेकी मुलुकमा उत्पात मच्चाएको छैन ? पेलेको छैन ? श्रीलंकामा उसको बाच्छा प्रभाकरणले झन्डै श्रीलंकाको समस्त दक्षिण भागलाई “मध्य दे श” बनाईसकेको थियो । सिक्किमबाट रातारात नेपाली मुलको सिक्किमेलीहरुलाई धपाएर सिक्किम खाएरै छाड्यो (यो काण्डमा भारतीय दुतावास घेर्न गएकोमा म पनि जेल परेको थिएँ) । बंगलादेशमा आफ्नो सेना तैनाथ गरेर झन्डै उपनिबेश बनाएको थियो । काश्मिरमा जनताले हटाउनै लागेको राजा हरिसिंहलाई दिल्लीमा उठाएर ल्यायो । अनि “काश्मिर बकस-नामा” मा सहि गराएर काश्मिरको कारगिलसम्म (७५% काश्मिर) कब्जा गरे जस्तै हाम्रो कालापानी कब्जा गरेको छोड्ने नाम लिंदैन ।
नेपालको कालापानी खायो । २१ जिल्लाको ८३ ठाउँको भुमि मिच्यो । सारदा ब्यारेज बनाउन मात्र भाडामा लिएको नेपालको २७०० एकड भुमि खायो । टनकपुर खायो । महाकाली खायो । अझै समस्त सप्त कोशी नदीको पानी थुनेर नेपालको ४० गाउँ डुबाइदियो । अझै संसारमै सबैभन्दा अग्लो २६८ मित्रको जलाशय बनाउने योजना गरेर बसेको छ ।
नेपाललाई यो हदसम्म पेलेर र लुटेरपनि भारत नामको यो छाडा बैलको पेट अझै भरेको छैन । सन् १९५० को सन्धिको नाजायज फाईदा उठाएर भारतको बिहारीहरुलाई सकेसम्म नेपालको तराईभित्र हुली तराईवासीको रोजगारी छिनेको छ ।
कोशीको बाँध थुनेर तराईबासीलाई डुबाएर मार्ने कुनै पहाडी हिमाली होईन । गण्डकी नदीको पानी नेपालले छुन समेत नपाउने सन्धि लादेर समस्त नारायणी गण्डकी अंचलमा खेति गर्न पानी नदिने पहाडी हिमाली होईन । तराईको सयौं ठाउँमा जमिन मिच्ने पहाडी हिमाली होईन । अहिले तराईमा भारतले बनाउने योजना गर्दै गरेको विश्वकै सबैभन्दा अग्लो जलाशय बनाउन भारतले कब्जा गर्ने नदी र भुमि सबै तराईकै हो ।
एउटा कोशी माथि कब्जा गरिंदा त वर्षैपिच्छे हजारौं तराईबासीहरुको खेत डुब्छ । घर डुब्छ र कयौंको ज्यान समेत जान्छ । अब सोच्नुस समस्त तराईको पानी थुनेर तराईकै भूमिमा संसारकै ठुलो जलाशय भारतलाई बनाउन दिए तराईको के हाल हुन्छ ?
बिहारिहरुले तराईमा शोसन गरेको हो । यो पहाडी हिमालीले तराईबासीको हक अधिकार छिन्यो भन्ने कुरा त उसैको हल्ला सिवाय अरु केहि होईन । तराईबासीलाई कसैले लुटेको छ भने यहि सिंग मार्दै हिड्ने साँढेले लुटेको छ । उसको बाच्छाहरुले लुटेको छ । हिमाली पहाडीले कहिले पनि तराई लुटेको छैन ।
उहिले राणाहरुले तराईको जग्गा जमिन उनीहरुको बिर्ता बनाएको पनि कुनै तराईबासीको जग्गा जमिन छिनेर आफ्नो बिर्ता बनाएको थिएन । तराईको घना जंगल फाँडेर राणा, शाहहरुले आफ्नो बिर्ता बनाएका थिए । यसरि जंगल फाँडेर कब्जा जमाएको भुमि नेपालको कानुन संसोधन गरेर सजिलैसित राष्ट्रियकरण गर्न अझैपनि सकिन्छ । यस्तो गरिन सकिने कुरा राजा वीरेन्द्रको सम्पत्ती राष्ट्रियकरण गरेबाटै प्रमाणित हुन्छ ।
अब मधिसे भन्ने को भन्ने सवालमा । को हुन् आफुलाई मधिसे भन्नेहरु ? यो कुरामा हामीले धेरै सोच्नुपनि पर्दैन । बोल्नु पनि पर्दैन । तराई तराईबासिकै जन्म र कर्म भुमि भएकोमा कसैले बिबाद गर्न सक्दैन । अब तराईको आदिबासी जनजातीमा कुन जाति आफुलाई मधिसे भन्नेहरु छन् ? कुनै पनि त छैनन् ।
तराईको आदिबासी जनजातिहरुमा थारुहरु, मैथिलिहरु लगायतपनि छन् । खस ब्राम्हणपनि छन् । यीनीहरुमा आफुलाई मधिसे मान्ने कुनै छैनन् । फेरी मधेसी भन्ने नितान्त हिन्दि भाषाको शब्द हो । नेपालको तराईको कुनै आदिबासि जनजातिको मातृ भाषा हिन्दि होईन । आदिबासि शब्द व्याखा गर्ने हो भने यो शब्दको माने कुनै पनि भूमिमा पहिलो बसोबास गर्ने जातिकालाई भनिन्छ ।
भूमिको नाम आदिबासिलेनै राख्छन् । उनीहरुकै भाषामा राखिन्छ । थारुहरु, मैथिलिहरुनै अधिकतम संख्यामा रहेको आदिबासि जातिका तराईका बासिन्दाहरु हुन् । यीनीहरुको आफ्नै भाषा र लिपि छ । थारु शब्द “तार” को अर्थ समतल भुमि हो । भाषाविद यहि थाशब्द “तार बाट तराई बनेको भन्छन् । हिन्दुस्तानको राष्ट्रभाषा र बिहारीको मातृ भाषा हिन्दि शब्दबाट बनेको यो मधेसी नाम कसरि तराईको हुन् सक्छ ? सन् १९५० को समान सन्धिको फाईदा उठाएर धेरै भन्दा धेरै आफुलाई मधिसे भन्ने बिहारीहरू तराईमा बसाई सरे । यसैले त नेपालीले उनीहरुलाई मधिसे भन्दै आएको हो ।
दुर्भाग्य बस बिहारिहरुको अनुहार र नेपालको तराईबासीहरुको अनुहार मिल्छ । त्यसमाथि नेपालको शासकहरुले मैथिल थारुहरुको भाषामाथि दमन गर्यो । तराई बाहिर बस्ने कुनै नेपालीले थारु, मैथिली , भोजपुरी भाषा बुझ्न सक्दैन । उनीहरुले अरु नेपाली सित नेपालीले बुझ्ने हिन्दि भाकानै प्रयोग गर्दै आएका छन् । एकातिर तराईबासीको अनुहार बिहारी मधिसेसित मिल्ने अर्कोतिर तराईबासि थारु, मैथिली, भोजपुरिलेपनि अरु नेपालीको अगाडी हिन्दिनै बोलेपछि आम नेपालीले उनीहरुलाई समेत मधेसी भन्न पुगे । भएको बस यति हो । यति कुराले सबै तराईबासि न त मधेसी हुनसक्छ न तराई मधेश । यसै कारणले त हो नि अहिले थारु, मैथील आदिले उनीहरु मधिसे नभएको र तराई मधेस नभएको भन्दै आएको छ ।
अब मधेसबादिकै कुरा सुनौं । यदि उनीहरुले भनेकै जस्तो तराई मधेस मान्ने हो भने “भक्तपुरमा बस्ने सबै जातिकालाई भक्तपुरे भने जस्तै, जुम्लामा बस्ने सबैलाई जुम्ले भने जस्तै, गोरखामा बस्ने सबैलाई गोर्खाली भने जस्तै “मधेस” बस्ने सबै जातिकालाई पनि यी मधेश बादीहरुले मधेसी मान्नु पर्ने थियो । तर के मानेको छ तिनीहरुले ? पहाडी हिमालीको कुरा छाडौं । तराईमा बस्ने मुसलमानहरुलाई समेत यी मधेशबादीले मधेसी होईन , एउटा छुट्टै धर्म मान्ने समुह मात्रै भएको र ती तराईबासी मुसलमानहरुको लागि छुट्टै ब्यबस्था (कस्तो ?) गर्नुपर्छ भन्दै आएको हो । यो मेरो आफ्नै भनाई होईन । मधेशबादी नेता उमेश यादवकै भनाई हो । उमेश यादव आफैले ‘मधेसी भनेको कुनै जाति होईन । मात्र समुदाय भएको भन्दै तराईबासि मुसलमान मधेसी नभएको बताएका थिए ।
अब उमेश यादव कै भनाई मान्ने हो भने लौ मधिसे भनेको यौटा समुदाय भयो । मानें । तर यो समुदाय भित्र कुन कुन जातिको तराईबासि मधिसे समुदायमा पर्छ ? यो चाहिँ आजसम्म कुनै मधेशबादी नेताले भन्न सकेको छैन । फेरी प्रश्न उठ्छ मधेसी भन्ने को हो ?
अब राजनैतिक रुपले बिचार गर्ने हो भने सबैलाई याद भएकै कुरा हो कि २०४६ सालको जन आन्दोलनको अन्तिम दिनसम्मपनि यो मधेशवादको शब्द कहीं कतै उठेको थियन । यो मधेस शब्दको राजनैतिक उच्चारण कृष्ण प्रसाद अन्तरिम प्रधानमन्त्रीको हैसियतमा दिल्ली जाँदा उठाइएको थियो । भारतको प्रधानमन्त्रीले कृष्ण प्रसाद भट्टराईलाई “तपाईंहरु मधिसेलाई किन सेनामा भर्ति गर्नुहुन्न ?” भनेर प्रश्न गरे । कृष्ण प्रसाद भट्टराईले तुरन्तै जवाफ दिए “तपाईंहरुले नेपालको गोर्खालीलाई आफ्नो सेनामा भर्ति गर्नुसट्टा मधिसेलाई नै किन भर्ना गर्नुहुन्न ?” भारतको प्रधानमन्त्रि त्यतिबेलानै नाजवाफ भएको थियो ।
कृष्ण प्रसादको यो जवाफको मोल उसले नेपालमा कसरि चुकाउनु पर्यो भनेर गिरिजाले कृष्ण प्रसादलाई चुनावमा अन्तर्घात गरेको र कुर्सीमा टिक्न नदिएको घटनाले स्पष्ठ पार्छ । मैले सायद कुरा अलि घुमाएँ । मेरो भन्नुको तात्पर्य मधिसेबादको बिउमा मल जल गिरिजालेनै गरेको हो । बिहारी मधिसेलाई गिरिजालेनै संबिधान छलेर नक्कली नागरिकता बिधेयक समेत नेपालको नागरिकता दिन खोजेको थियो । बिरेन्द्रले बिहारिहरुलाई त्यत्तिकै नेपालको नागरिकता दिन नमानेकोले मात्रै त्यतिबेला नै उठ्ने मधेशबाद उठ्न सकेको थिएन । तर बिरेन्द्रको हत्या भएपछि गिरिजाले ३० लाख बिहारिहरुलाई नागरिकता दिलाएरै छाडे । यो कुराको प्रमाण म सित कसैले माग्नु भन्दा पहिला उमेश यादवलाईनै सोधे हुन्छ । किनकि त्यसको सत्यता उमेश यादव आफैले तराईमा २५ लाख बिहारिहरुले नागरिकता पाए भन्दै खोलेका हुन् । यो कुरालाई पुस्टि हुनेगरि नेपालको निर्वाचन आयोगले तराईको मत दाता लिस्टमा २५ % जाली नाम रहेको सार्वजनिक गरेको छ ।
गिरिजालेनै मधेशबादी सित ८ बुँदे सम्झौता गरेको थियो । जनयुद्धताका माओवादीभित्र मधेशबादी जयकृष्ण गोईत, नगेन्द्र पासवान आदिहरु माओवादीको केन्द्रिय स्तरका नेता थिए । त्यतिबेला नेपालको जात जातिको राज्य बनाउने माग बास्तवमा माओवादीको भन्दा तिनै माओवादी बनेको मधेशबादी जय कृष्ण गोईतहरुको थियो । नेपालमा जातीय शोषण भएको, नेपालमा अब जातीय राज्य बनाउनु पर्छ भन्ने माग तथा भनाई त मात्र मधेशवादको मागलाई मलजल गर्नको लागि भएको जो कोहिले बुझ्ने कुरा हो ।
मधेशवादी कांग्रेसमा पसेर कांग्रेसको बद्नाम गर्यो । मधेशबादी माओवादी भित्र पसेर माओवाद नै कुरूप बनायो । मधेसी शब्द बिहारीको परिचय हो भने नेपालीको निम्ति गालि हो । तराईलाई मधेश बनाउनु कालान्तरमा तराईलाई सिक्किम बनाउने एउटा योजना हो ।




