फ्रान्सेली निर्वाचनको संकेत : जनता वाक्क !
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र । प्रजातन्त्रका अनेक नाम र फ्रान्सेली मोडेल भनेर नेपालमा जति चर्चा गरिन्छ त्यहि मोडेल र प्रशंसा फ्रान्सेली स्वयंले गरेका छैनन् आफ्नै मोडेलको । आज भएको फ्रान्सेली राष्ट्र्पतीयनिर्वाचनको मतदानले त्यहि संकेत गरेको छ । फ्रान्सेलीहरु निर्वाचन देखि वाक्क त भएका होइनन् ? कि राजनीतिदेखि दिक्दार भएका हुन् ? किनभने आज भएको निर्वाचनमा फ्रान्सेलीहरुले कुनै चाख र उत्साह देखाएनन् । १२ बजे सम्म भएको मतदानमा २८ दशमलव २९ प्रतिशतले मात्रै मतदान गरे ।
त्यसको मुख्य कारण के भने फ्रान्सेली जनताले यो देशलाई नेत्रित्व दिन सक्ने, गतिलो नेता पाइएन भनेर गुनासो गरिरहेका थिए । तुलनात्मक रुपमा समाजवादी पार्टीका फंस्वा होलँद अगाडि देखिएपनि न उनी, न त दक्षिणपन्थी पार्टीका उमेदवार अहिलेका राष्ट्रप्ती निकोला सार्कोजी प्रतिनै आकर्षण देखिएको छ । बरु संयुक्त वामपन्थी उमेदवार जँ लुक मलँसों अघिल्लो निर्वाचनमा भन्दा लोकप्रिय देखिएका छन् । जँलुक मेलँसोको सन् २००७ को निर्वाचनमा ३ प्रतिशतमात्रै लोकप्रियता देखिएकोमा हाल त्यो बढेर १५ प्रतिशत पुगेको छ ।
पेरिस आसपासको क्षेत्रमा सबै भन्दा बढि बुर्जुवा बस्ने भनिएको भालद्वाजमा सबैभन्दा कम मतदान भयो । त्यहाँ जम्मा १९ प्रतिशतले मतदान गरे । यसले दक्षिणपन्थीहरुलाई निराश बनाएको देखिएको छ । बुर्जुवाहरुपनि दक्षिणपन्थी उमेदवारदेखिनै वाक्क भएको संकेत हो यो । पेरिसमा २१ दशमलव ६ प्रतिशतले मतदान गरे । अघिनै भनेसकें यो मध्यान्ह सम्मको गतिबिधी हो । सन् २००७ को निर्वाचनमा पेरिसमा ३१ दशमलव २१ प्रतिशतले मतदान गरेका थिए । सबैतिरको सहभागिता हेर्दा ४० प्रतिशतलेपनि सहभागिता देखाएनन् यो पटक ।
जँ लुक यो निर्वाचनमा आकर्षक देखिएपनि अन्तत दक्षिणपन्थी पार्टीका निकोला सार्कोजी र समाजवादी पार्टीका फंस्वा ओलँदनै अन्तिम चरणका लागि छनौट हुने संकेत छ । तरजँ लुक उदाउँदोरुपमा देखापरेका छन् । त्यो किनभने उनले अहिलेको फ्रान्सको आर्थिक संकट र यावत समस्याबाट पार पाउन, राष्ट्रको वास्तबिक समस्या हल गर्नको लागि छौठौं राज्यक्रान्ति हुनुपर्ने भनेर मानिसहरुको ध्यान आकर्षित गरिरहेका छन् । १० जना उमेदवार मध्ये उनी एक्ला उमेरदवार हुन् जो क्रान्तिका कुरा गरिरहेका छन् । बाँकि सबैले आर्थिक र सामाजिक परिवर्तन र विकासका नारा अगाडि सारेका छन् । मतदान नगरपालिका कार्यालयमा सांझ ८ बजे सम्म र न्य केन्द्रमा ६ बजेसम्म हुने छ ।





