पूँजीबादी नेता गरिवको वस्तिमा, सुकुम्बासीका प्रचण्ड चाहिँ पूजीवादीकोमा
फ्रान्सलाई पूँजीवादी, प्रतिक्रियावादी, सामाज्यवादी देश भन्छन् कम्युनिस्टहरु । उनीहरु यस्ता देशलाई गरिब ठगेको आरोप लगाउँछन् । श्रमिकलाई चुसेको फत्तुर लाउँछन् । विश्वका गरिव, निमुखा, अनाथ, बिपन्न, असहायलाई ठगेर, लुटेर र चुसेर पूँजीवादी देशले सम्पत्ती थुपारेको दाबी गर्छन् । कम्युनिष्ट नेताहरु आफूलाई दुखि गरिव, असहाय, निमूखा, श्रमिक र सुकुम्बासीका नेता भएको दाबी गर्छन् । तर त्यो त आरोप र जनताका आँखामा छारी हाल्ने आदर्श जस्तो मात्रै देखिँदै आएको छ ब्यवहारिक रुपमा । नत्र गरिव दुखिने एक छाक नपाउँदा किन प्रचण्ड करोडौंको महलमा सर्थे ? किन जान्थे राजधानीको ठूला बडा, धनीमानी, शामान्त र पूँजीपतीहरु बस्ने ठाउँ लाजिम्पाट ।
कस्तो संयोग परेको, अहिले फ्रान्सको प्रमुख प्रतिपक्षी सोसलिस्ट पार्टी अफ फ्रान्सका तर्फबाट यहि २०१२ को राष्ट्रपतीय निर्वाचनका उम्मेदवार फँस्वा होलँद गरिवको वस्तीमा सरेका छन् । गरिबहरुसितै बस्न । तर प्रचण्ड भने धनीका वस्तीमा ।
कम्युनिष्टहरु गरिवका दिन ल्याउन आफूहरु गरिवसँगै दुख सुख कटाउनु पर्छ भन्ने उपदेश सुनाउँछन् । आम दुखि जनताको जिवनस्तर भन्दा माथि कम्युनिष्ट नेताको जिवनस्तर हुनुहुन्न भन्ने त कम्युनिष्टहरुको आदर्श नै हो । लिखित आदर्श । तर हाम्रो देशका नेता त्यसको उल्टो गर्छन् । नेपाल कम्युनिष्ट पार्टी एकिक्रित माओवादी देशको सबैभन्दा ठूलो पार्टी । प्रचण्ड यसका अध्यक्ष । देशकै सबैभन्दा ठूला नेता । तर कस्तो संयोग ! उनैको पार्टीको नीति र दाबी अनुसार फ्रान्स सामाज्यवादी, पूँजीवादी, गरिब देश र जनता चुसेर मोटाएको देश । तर यहि देशको प्रमुख प्रतिपक्षी दलका नेता अहिले गरिब बस्तीमा सरेका छन् । अर्थात उनी गरिबहरुसित बस्न गए । तर प्रचण्ड भने धनीहरुको बस्तीमा सरे र करोडौंको महल रोजे ।
फँस्वा होलँद पहिले नइयी सुर सेन भन्ने ठाउँमा बस्थे । सेन नदीको किनार छेउ धनीमानी बस्नेहरुको वस्तीमा । सफा र फराकिलो सडक । हप्तामा कम्तिमा तिन पटक गाडीले पानी ओसारेर सडक गल्ली पखालिने । कुकुरको लेँड्कोपनि टिपेर सफा गरिने । सडकका वरिपरी फूलले ढकमक्क । अति सुविधा सम्पन्न वस्ती । सामाजिक सेवा उत्तिकै प्रभावकारी । तर होलँदेले भने, देश परिवर्तन गर्ने हो भने गरिवहरुबाट गर्नु पर्छ । दुखि र गरिवका दुख सुखमा साथ दिनुपर्छ । जबसम्म हामी गरिवहरु सँगै बस्दैनौं तबसम्म हामीलाई तिनका समस्या जानकारि हुन्न । तिनको जिवनयापनसित एकाकार हुन सकिन्न । गरिव र दुखिहरुलाई टाढा बनाएर, तिनलाई अभावमा राखेर हामी नेतानै सुख र सुविधामा बस्ने हो भने कसले परिवर्तन गर्ने ? यस्तो तर्क गरेका उनी अहिले सँदेनी क्षेत्रमा गएका हुन् ।
सँदेनी पेरिसको काँठ मानिन्छ । यसमा धेरै जसो अभावले जेलिएका, रोजगारको खोजिमा भौतारिएका मानिस बस्छन् । गरिव दुखिहरुको वस्ति हो । बिदेशी मूलका गरिवहरुको वस्ति । यहाँ अभाव छ । पीडा छ । राज्यले अन्य सुखिका क्षेत्रमा झैँ सेवा सुविधा दिएको छैन । यो क्षेत्रमा बस्नेहरु एक्ल्याइ एका छन् । नजानेका, नबुझेका, गरिव, कम शिक्षित, बेरोजगार मानिस बस्ने क्षेत्र हो यो । यहाँ धेरै अंअनिस सरकारी न्युनतम सेवा, सुबिधा र भत्ता लिएर जिउँछन् । साना अपार्टमेन्टमा खाँदिएर बस्छन् । धनीहरुको वस्तीमा झैं यहाँ चमक र धमक छैन । यो ठाउँका सडकपनि अभागि छन् । औषधीसहितको पानीले बिरलै पखालिन्छन् ।
यहि अभाव, बेरोजगार, दुखि र पीडा भएकाहरुसित बस्छु । म धनीका पक्षमा होइन । गरिवका पक्षमा लाग्छु । गरिवका पीडा बुझ्छु । तिसितै सँगै बसेर उनीहरुको पक्षमा रहेको वास्तवबिकता देखाउँछु । बिजयी भएपछि पनि गरिवहरुकालागि विशेष कार्यक्रम ल्याउँछु भनेर उनी सँसँदेनीमा गएका हुन् ।
तर हाम्रा सुकुम्बासी नेता प्रचण्ड ? हरेक दुखि र गरिवका आँगनमा खुशि ल्याउँछु । शिक्षा र रोजगारी, स्वास्थ्य र एक गाँस नागरिक अधिकार बनाइदिन्छु राज्यले दिनै पर्ने । देशको विकास गर्छु । सुकुम्बासीलाई मुन्टो लुकाउने ठाउँको ब्यवस्था गर्छु । गरिवका दिन ल्याउँछु भन्दै राजनीति गरेका थिए । त्यहि लोभ देखाएर, गरिवका सुनौला दिन ल्याउने आश्वासन बाँडेर उनी नेता भए । प्रधानमन्त्री बने । तर सरकारमा गएपछि ? पार्टीको प्रमुख भएर खुल्ला बनेपछि ? उनले धनीमानीहरुको क्षेत्र रोजे । उनलाई ठूलो पार्किङ चाहियो । सुकिलो सडक नभै भएन । पाहुना राख्ने, आफू र आफ्नो परिवार, आफ्नै सुरक्षा हेर्नेहरुको बगाल अटाउने टिलिक्क परेको आधुनिक महल चाहियो । उनले भर्याङ बनाएर सत्तामा गएका निमुखा, गरिव र दुखिहरु भुले । अचम्म, देश विदेश जानेका बुझेका, देशको सबै क्षेत्रको माटोको हस्को चिनेका र सुकुम्बासीका नेता भनेर चिनिएका प्रचण्ड धनीमानी र पूजीपतीहरुको बस्तीमा सरे । तर पूँजीवादी देशका नेता गरिवको वस्तिमा । बुझक्की को होला ? स्वार्थी र स्वार्थहिन हो होला ? फ्रान्सका नेता फँस्वा ओलँद कि हाम्रा महान नेता, आलिशान महल निवासी प्रचण्ड ?




