लखेटिँदै पत्रकार

तस्विरले धेरै कुरो बोल्छ । यो तस्विर फ्रान्सको प्रसिद्द म्यागाजिन तेलेरामामा माओवादी द्वन्दका बेला प्रकाशित भएको हो । त्यतिबेला यो तस्विर सहितको नेपाली पत्रकारको अवस्था बारे छापिएको रिपोर्टले तहल्का मच्चाएको थियो । कार्टूनले स्पष्ठ पारेको छ, नेपाली पत्रकार दोहोरो मारमा छन् । त्यति बेला एकातिर माओवादीको त्रासमा थिए । अर्कोतिर सरकारी दमनमा । माओवादी बन्दा सरकारले आतंककरीको मतियार भन्दै मार्थ्यो । कुट्थ्यो । यातना दिन्थ्यो । जेलमा सडाउँथ्यो । अनि ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा त रेडियो, पत्रीका र अन्य सञ्चार माध्यमका ढोकामा हतियार धारीले समाचार सेन्सर गर्थे, तर्साउन र धम्काउन बस्थे । उता सरकारको निकट भए माओवादीहरुले प्रतिक्रियावादीको मतियारको आरोप लगाएर धम्काउँथे । राजाको शासन गएर गणतन्त्र आयो । माओवादीको सरकार दुई दुई पटक बन्यो । तर नेपाली पत्रकारहरु अझै सुरक्षित भएका छैनन् । दोहोरो मार, दोहोरो लखेटाइबाट नेपाली पत्रकारले राहत पाएका छैनन् । एभिन्यूज टेलिभिजन र राजधानी दैनिकका सम्वाददाता तथा मेची टाइम्स दैनिकका सहसम्पादक यादव पौडेललाई अपराधीहरूले कायरतापूर्वक हत्या गरेर नेपाली पत्रकारहरुलाई चुनौती दिएका छन् ।

गज्जब लाग्छ, देशमा अशान्ति छ । नागरिक सुरक्षित छैन । चौथो अंग मानिएको प्रेस जगत त्रस्त छ । पत्रकारका कलम भाँच्ने दुस्साहस गरिएको छ । तर प्रधानमन्त्री अन्य मन्त्रीलाई लिएर सडक सफा गर्न कस्सिएका छन् । लाग्छ, यो देशका सबै समस्या हल भए । मात्र बाँकि छ सडक सफा राख्नु । नागरिकको प्राथमिकता अहिले सफा र सुग्घर रहने छ । त्यसैले त्यहि सिकाउन लागिपरेका छन् हातमा कुचो बोकेर मन्त्रीहरु । उनीहरुलाई नागरिकको सुरक्षा भन्दा राजधानीको धुलो र मैलो बढारेर देखाउनु छ । सडकको धुलो र मैलो सफा गरिदिए नेपाली जनता सुरक्षित रहन्छन् । शहरमा नागरिकले ढुक्कसित जिउन पाउँछन् । जनता यतिखेर मन्त्रीले सफा गरेको सडकमा हिँद्न रहर गरिरहेका छन् । बाँकि नेपाली जनताका सम्पूर्ण न्युनतम समस्या हल भएका छन् ।

कति लाजमर्दो । पत्रकारहरु प्रेस स्वतन्त्रताको माग गर्दै सडकमा उत्रिएका छन् । उनीहरुले आफ्नो पेशा र जिउ ज्यानको सुरक्षा खोजेका छन् । पत्रीकका कार्यालयमा कलम र कापी घोटेर बस्नुपर्ने पत्रकार सुरक्षा माग्दै सडकमा ओर्लिँदा हाम्रा मन्त्री कुचो बोकेर सडक बढार्दै सस्तो लोकप्रियताको खोजिमा मरिहत्ते ! यो भन्दा लाजमर्दो के हुन्छ ?

गणतन्त्रको स्थायित्व, शान्ति र संविधान बनाउने यो बेला प्रेस जगतको अहं भूमिका छ । तिनले सकेजति आफ्नो क्षेत्रबाट भूमिका खेलिरहेका पनि छन् । यस्तै कठिनपूर्ण अवस्थामा प्रेसको भूमिका र प्रभावलाई दुरुपयोग गर्न खोज्ने तत्वहरु सल्बलाउँछन् भन्ने लाटालाईपनि जानकारी हुन्छ ।  संविधान कस्तो बन्नुपर्छ ? जनता के चाहन्छन् भन्नेबारे जनतालाई सजग गराउन, संविधान र शान्तिका प्रयासहरुलाई जनता माझ पुर्‍याउन, त्यसबिरुद्द हुने चलखेल र षडयन्त्रलाई चिर्न पनि प्रेस जगतको भूमिका अहिले झन महत्वपोर्ण छ । त्यसैले जनता बिरोधीहरु यहि बेला बढि धम्काउने र आफू अनुकूल पार्ने दुस्साहस गर्छन् प्रेस जगतलाई । त्यसैले यहि बेला प्रेश जगतको सुरक्षामा राज्य अझ बढि चनाखो हुनुपर्ने हो । तर सरकारका मन्त्री र सचिव भने केहि नभए झैं सडक बढार्न ब्यस्त छन् । देशमा ग्रिहमन्त्री कुख्यात डाँका, आक्रमणकारी र मण्डलेका नाइके छन् ।

अहिले बाबुराम भट्टराई सरकारको कुनै आलोचना गर्यो कि शान्ति र संविधान खल्बलिन्छ भन्दै कोकोहोलो हाल्छन् देश लुट्न बसेका लुटेरा मन्त्रीहरु । सरकारको मूली भट्टराईलाई सरकारको बिरोध सुन्नपनि हुन्न । नागरिकका अधिकार बन्धक पर्दापनि डाक्टर सापको शान्ति र संविधान खल्बलिएला भनेर मुकदर्शक बन्नुपर्छ । नत्र शान्ति र संविधान बिरोधी भनेर आरोप खेप्नुपर्छ ।

विश्वभरिको प्रेशको अवस्था र पत्रकारको सुरक्षाकालागि काम गर्ने संस्था रिपोटर्स विद आउड बोडर्सले त गामी दिनमा पत्रकारको सुरक्षा झन खस्किन सक्ने भनेर सजग र चनाखो रहन अपिल गरेको छ । नेपाली पत्रकारहरुले मात्रै होइन विश्वका अन्य संस्थालेपनि नेपालका पत्रकारको अवस्था जोखिमपूर्ण रहेको भन्दै चिन्ता गरेका छन् । बोडर्सले हिजो बिज्ञप्ती जारी गरेर नेपाली पत्रकारहरुको अवस्था जटिल बन्दै गएको उल्लेख गरेबाटपनि बुझिन्छ, सरकार प्रश जगतको सुरक्षामा गम्भिर छैन ।

देशमा शान्ति, सुब्यवस्था र अमनचैन कहिँ कतै छैन । ग्रिह मन्त्री नै चोर, डाँडा, फटाहा, मण्डले र घुस्याहाका नाइके भएपछि कसरि त्यो संभव हुन्छ । र प्रधानमन्त्री तिनै ग्रिहमन्त्रीका बलिया खम्बा भएपछि कसले बोल्ने ? शान्ति र सुरक्षा बलियो बनाउ भनेर सुझाव दिन सक्ने ह्याउपनि प्रधानमन्त्रीसित छैन । किनभने परालको खुट्टोमा अडिएको यो सरकार ग्रिहमन्त्रीले चर्को बोलेपनि कुचुक्कै भाँचिन्छ । परालको त्यान्द्रोले टेकेको सरकार टिकाउन बाध्य छन् पत्रकार आफ्नो ज्यान दिएर । महँगी, भ्रस्टाचार, बेथिति, अत्मसमर्पण, असुरक्षा सबै भोगेर पनि बिजय कुमार जस्ता भ्रस्ट, डाँकाका नाइके, असक्षमको पद सुरक्षा गर्नुपरिरहेको छ ।

छानवीन गर्ने भन्दै ब्लगरलाई धम्की

 

नेपालप्लस बिरुद्द राजदूतको फेरी धम्की र उजूरी

 

नेपालप्लसलाई राजदूतको धम्की

तपाइँको प्रतिक्रिया