संविधान बन्छ भन्छन् प्रधानमन्त्री / बन्दैन भन्छन् आचार्य, कसका कुरा पत्याउने ?
जनसेना समायोजनमा कुरा मिल्ला झैं देखिएपछि बाबुराम भट्टराइ बुरुक बुरुक भएका छन्, अब शान्तिले स्थायित्व पाउँछ भन्दै । नेपाली कांग्रेससित कुरो मिल्ल्ला मिल्ला झैं देखिनासाथ भट्टराईले त्यसरि गोडा उचालेका हुन् । त्यहि भएर शान्ति र संविधान अब टुंगिन टुंगिनै लागेको भनेर ब्रुक ब्रुक गरेका होलान् । प्रचण्डको खुट्टो झन भुइँमा छैन । तर तिनका शर्त र सहमतीमा न त जनसेनाले पूर्ण रुपमा राजि गराएको छ । नत एमालेले चित्त बुझाएको छ । फेरी प्रचण्ड र बाबुराम भट्टराई जति सुकै उफ्रिएपनि जेठ १४ भित्रै संविधान बन्ने अवस्था ज्यान जाला छैन । किनभने संविधान मस्यौदा समितिका प्रमुख निलाम्बर आचर्यले भनिसकेका छन्, कुनैपनि अहलतमा, कुनैपनि मूल्यमा अब जेठ १४ मा संविधान बन्दैन । जुनसुकै जादू लगाएपनि अब जेठ १४ भित्र संविधान बन्ने संभावना छैन । हामीले कसका कुरा पत्याउने ?
सबैधान मस्यौदा समितिका प्रमुख हुन् निलाम्बर आचार्य । निष्पक्ष ढंगले हेर्दा, सोच्दा र बुझ्दा पनि उनको मत र भनाई बढि विश्वासिलो लाग्छ । किनभने उनको मुल काम भनेकै संविधान बनाउने हो । संविधानकालागि सहमती जुटाउने हो । सबै दललाई हार गुहार गर्ने हो । असहमतीका बुँदालाई छलफलमा लैजानु, दलहरुलाई आग्रह गर्नु, सुझाव र सल्लाह दिनु उनको जिम्मेवारी हो । नेपाली कांग्रेसका समर्थक हुन् उनी । तर उनको ब्यक्तित्व र प्रसिद्दि अनि यस अघिको स्तर हेर्दा उनले झुठो बोलेको जस्तो लाग्दैन । किनभने उनी सरकार र सत्ताको अन्ध शक्तिमा छैनन् । कांग्रेस समर्थक भएपनि पार्टीको पार्टीको पेलानमा छैनन् । बाध्यतामा छैनन् ।
त्यसैले उनको भनाई बढि विश्वशनिय लाग्छ बुझ्नेहरुका लागि । तर शक्ति र सम्पन्नता देख्नेहरुका लागि त्यस्तो लाग्दैन । किनभने प्रधानमन्त्री भन्नेको सर्बोच्च पद । उनले भनेको के नै हुन्न र ? उनको प्रयास र दलहरुसितको सहमती प्रमुख झैं लाग्छ । तर सत्यता त्यसो होइन । किनभने आचार्य यो देशको संविधान निष्पक्ष ढंगले बनाउन नियुक्त भएका ब्यक्ति हुन् । उनलाई नेपाली कांग्रेसको इच्क्षा अनुसार संविधान बनाउन मन् लाग्ला । तर माओवादी, नेपाली कांग्रेस, एमाले वा मधेशी दललेझै आफू खुशि संविधान बनाउनुपर्ने दलिल पेश गर्नुपर्ने बाध्यतामा उनी छैनन् । उनको स्वार्थ भनेको देश, जनता र पार्टीहरुलाई स्विकार्य संविधान बन्नु हो । तर दलहरुको हकमा त्यसो होइन नै । उनीहरु आआफ्ना पार्टीका स्वार्थ, नीति र दाबी अनुसार संविधान बनाउन चाहन्छन् ।
यसरि हेर्दा आचार्यले जे भनिरहेका छन् त्यो प्रधानमन्त्री र प्रचण्डले भनेको भन्दा बढि भरपर्दो छ । त्यो किनपनि बढि भर पर्दो छ भने माओवादीको बाबुराम भट्टराई वा प्रचण्डले भनेकै अनुसारपनि लागू हुने संकेत छैन । उनीहरुको पार्टीमा कम्तिमा ४० प्रतिशत मत भएका बैध्य पक्षले प्रचण्ड र बाबुरामले भने जस्तो संविधानको समर्थनमा छैनन् ।
त्यस बाहेक नेपाली कांग्रेस, एकपा एमाले, मधेशी र जनजातिय दलहरुलाई मिल्ने साझा बिन्दु पत्ता लगाउने प्रयास त भएकै छैन । दलहरुले मान्दैमा, ठूला दलहरुल्मे स्विकार गर्ने र सहमती गर्दैमा जनजातिहरुले मान्ने अवस्था देखिएको छैन । ति सबैलाई मान्य हुने अवस्था प्रमुख दलहरुले स्रिजना गर्न सकेकै छैनन् । त्यसैले जेठ १४ मा संविधान बन्ने अवस्था छैन नै । संविधान बनेन भने हुन्छ के त ? अड्कलबाजी त छ तर निश्चित केहि छैन । जेठ १४ मा संविधान बन्छ भनेर फलाक्ने भट्टराई र प्रचण्डको हुंकार चाहिँ सोह्रै आना झुठो बाहेक केहि होइन । किनभने संवैधानिक समितिका प्रमुख निलाम्बर आचार्यका तर्कलाई उनीहरुले तर्कयुक्त ढंगले स्पष्ठ पार्न सकेका छैनन् ।
तर जनताले हेर्दा चाहिँ निलाम्बर आचार्यका कुरालाई कम विश्वास गर्न सक्छन् । किनभने प्रधानमन्त्री भए बाबुराम भट्टराई। देशको प्रमुख पार्टीका अध्यक्ष भए प्रचण्ड । त्यसैले दुबै जना कम्मर कसेर संविधान बन्छ, दिर्घकालिन शान्ति हुन्छ भनेपछि जनताले बढि पत्याउँछन् । तर बास्तबिकता त्यसो होइन । निलाम्बर आचार्यले भने झैं कुनैपनि दल सती जाउन् संविधान बन्ने अवश्था चाहिँ देखिन्न । सत्ता र शक्तिकालागि संविधान बन्छ र स्थायी शान्ति हुन्छ भनेर उचालिनु त भट्टराई र प्रचण्डको स्वार्थ र बाध्यता हो । बास्तविकता आचार्यले बोलेका हुन् । किनभने संविधान कस्तो बनाउने, कस्तो बन्ने, कस्तो सहमती र बिमती छ त्यसकाबारेमा आचार्यनै बढि निकट र जानकार छन् ।




