यस्तो रैछ र पो बैध्य बाले पेलेका

बाबुराम भटराईको राजिनामा मागेर साना दलसित मोर्चाबन्दि कसेको बैध्य पक्षलाई तह लगाउन बाबुराम र प्रचण्ड पक्षधरले केन्द्रिय समितिको बैठकबाट निर्णय गराएर पेल्न पर्छ भन्दै हौस्याउने गरेका छन् । हुनपनि संस्थापन पक्षको बहुमत छ केन्द्रिय समितिमा । तिनले जे निर्णय गर्यो त्यो पास हुन्छ । तर आफ्नो बहुमत हुँदा हुँदैपनि पार्टी अध्यक्ष प्रचण्ड भने पेल्ने मनशायमा देखिएका छैनन् । किन त ? पार्टी हाँक्न, संगठन बनाउन सक्ने नेता प्रचण्डतिर नभएकाले पो रहेछ । अर्थात प्रचण्ड र बाबुराम भट्टराईतिर वास्तबिक त्यागि नेता नभएकोले बैध्य पक्षले ‘तिनको ह्याउ केहि चल्दैन’ भने मनशायले पो पेलानको नीति लिएका रहेछन् ।

हुन त बुझाइ आआफ्ना हुन्छन् नै । नेपाली कम्युनिष्टहरु भनेका आआफ्नै डम्फु बजाएर खण्डित हुने नै त गरेका छन् । त्यसैले एकिक्रित नेकपा माओवादीका पनि यी दुई पक्ष बिच आआफ्नै दाबी छन् । दम्भ छन् । कसको तर्क र दाबी ठिक मान्ने ? तर केन्द्रिय समितिमा बहुमत हुँदा हुँदै पनि अल्पमत भएका सित किन हच्किनु पर्‍यो ? त्यसको मुख्य कारण डा बाबुराम भट्टराइ पक्ष र माओवादीले हतियार बिसाएपछि एकता गरेर आएका एकता केन्द्र मसाल पक्षिय नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को भर लाग्दो रहेनछ प्रचण्डलाई ।

बैध्य पक्षको बुझाइ के रहेछ भने पार्टी र कार्यकर्तामा भिजेका नेता आफुतिर छन् । पार्टीमा निस्वार्थी, लडाकु, सांगठनिक कुशलता भएका, बिचारवान, संघर्षशिल, त्यागि, इमान्दार, नेता प्रचण्ड पक्षतिर कम छन् । माओवादीले हतियार बिसाएर आएपछि प्रकाश, नवराज सुबेदी लगायत अन्य झिनामसिना वामपन्थी दलसित एकता गर्ने, पञ्चे र मण्डलेसम्मलाइ भित्र्याउने गरेर पार्टीमा उनीहरुतिर संख्या बढेको हो ।

बैध्य पक्षका नेताहरुले त पूर्व एकताकेन्द्र मसालबाट आएका, मालेबाट छिरेकाहरुलाई कुँडा कर्कट र झारपात भन्ने रहेछन् । घसेटा मसेटाहरु सोरेर ल्याएर पार्टीलाई ढलमा परिणत गरेको अरोप लगाउने गरेका छन् । जनयुद्दकालभरि तिनले माओवादीलाई सत्तो सराप गरेको, बलिदानका बेला बाहिर बसेर गाली गरेको, बामपन्थी भड्काउ भनेर आरोपित गर्ने गरेको ।  बलिदान गर्न खुट्टा कमाएको । त्यसैको डरले जनयुद्दमा नआएकहरु शान्तिवार्तापछि पार्टी एकता गर्नुको कारण ठूलो भाग खान पाइन्छ भन्दै आएको आरोप लगाउँछन् । पद, पैसा, कुर्सी र शक्तिका लागि आएका स्वार्थी, पदका लम्पटहरु हुन् भन्छन् शान्तिकालमा पार्टी एकिकरण गरेर आएका अधिकांशलाई । बैध्य पक्षले त्यस्तै झारपात जम्मा पारेकाले प्रचण्ड र बाबुरामको बहुमत पुगेको बताउँदै आएका छन् । त्यस्ता पदका लालायितहरुले सधै पद खोज्ने, देश र जनताको लागि सिन्कोपनि नभाँच्ने, पार्टीलाइ खाली सरकारको दलदलमा फसाउने, पैसा कमाउने, ठेकापट्टा र भ्रस्टाचार गरेर बस्ने काममा फसाउँछन् भन्ने उनीहरुको मूल्यांकन रहेछ । उनीहरु हाकै भन्छन्, क्रान्ति र महान जनयुद्दलाइ दुत्कार्ने स्वार्थीहरु सत्ताको रस चाख्न र ठूलो भाग खोज्न आएका हुन् ।

माओवादीले युद्द बिराम गरेर शान्ति वार्तामा आएपछि मिसिएकाहरुलाइ बैध्य पक्षले गन्तिनै गर्दैनन् । पार्टीमा तिनको संलग्नतालाई झन क्षतीको रुपमा पो हेर्छन् त । शान्ति संझौता पछि बिभिन्न दल, गूट र समूहबाट आएकाहरुलाई हिसाव नगर्दा क्रान्तिकारी आत्म र बलिदानी भावना भएकाहरुको बहुमत अहिलेपनि आफैंतिर छ भन्ने रहेछ उनीहरुको दाबी । बाबुराम पक्षिय त हिजोपनि क्रान्तिकालमा बलिदान गर्ने कम थिए रे । ठगठाग, सुराकी गर्ने, गुप्तचरी र भारतीय शाशक वर्गसित निकट रहेकाहरु धेरै थिए भन्छन् । प्रचण्ड पक्षमा रहेका मध्ये केहि बलिदानी भावनाका छन् । ति केहि समयपछि आफैंतिर फर्केर आउँछन् । दिन प्रतिदिन पार्टी संसदिय  भास र भ्रस्टाचारमा भासिँदै जाने, छट्टुहरु पद र पैसाका वरिपरि घुम्ने, पार्टीको क्रान्तिकारी दिशा खिइएर पुरै पतन हुने, जनताका समस्या यथावत रहने अवस्था छ । ढिलो चाँडो असलहरुले यो कुरो बुझ्छन् र जनबिद्रोह नगरि हुन्न, फेरी बलिदान गर्नुपर्छ, बलिदानले ल्याएका उपलब्धि रक्षा गर्नुपर्छ, सहिदका सपना र आफूले खएका बाचा पूरा गर्नु पर्छ भनेर हामीतिरै फर्केर आउँछन् भन्ने विश्वासमा छन् बैध्य पक्ष ।

जब बैध्य पक्षहरु बाटो लाग्छन् तब बाबुराम भाट्टराईको पहलमा भारतले प्रचण्ड पक्षलाइ पेल्ने नीति लिन्छ । त्यो पार्टी पुरै भारतीय गोट्टि बन्छ । नेपाली कांग्रेस, एमाले र अन्य प्रतिक्रियावादीले झन पेल्छन् । जनतामा झन निराशा छाउँछ । कार्यकर्ता पाखा लाग्छन् । वास्तबिक मुक्ति चाहनेहरु आफैंतिर आउँछन् । कम्युनिस्ट पार्टीको मुख्य आधार भनेकै जनसेना हो । जनसेना बिघटन गरे । जनसेना बिहिन भएपछि अब माओवादी पतासाफ हुन्छ । त्यहि बुझेर स्वेच्क्षिक रुपले फर्किएका जनसेनालाई बैध्य पक्षले फेरी संगठित गरिरहेका छन् ।

तिनले जनसेना पूनर्संगठित गर्छन् । यसैपनि जनयुद्द लडेका अधिकांश जनसेना वासियलमा छन् । युवाहरुको अर्को संगठन नेत्रबिक्रम चन्दको नेत्रित्वमा बनेको छ । युवाहरुमा सबैभन्दा बढि रुचाइएका र पकड भएका नेता नै चन्द हुन् । यसरि केन्द्रिय समितिमा बहुमत, जनवर्गिय संगठनमा बहुमत र पार्टी ठूलो रहेपनि प्रचण्ड र बाबुराम भट्टराइ पक्षलाई सजिलै निस्तेज पारिन्छ भन्नेमा छन् बैध्य पक्षियहरु । त्यसैले पहिले अघिल्लो केन्द्रिय समितिको निर्णय लागू गर, बाबुरामलाई प्रधानमन्त्रीबाट हटाउ भन्दै टसको मस नदेखिएका हुन् बैध्य बाहरु । यसमा आआफ्नै बुझाइ त होलान् नै । तर प्रचण्डलेपनि नेत्रबिक्रम चन्द, बैध्य, राम बहादुर थापा, जयपुरी घर्ती, देव गुरुङ, सन्तोष बुढा मगर जस्ता नेताहरु हिँडेपछि बाबुराम र शान्ति संझौतापछि एकता प्रक्रियाबाट आएकाको जमतमा आफ्नो भविष्य नदेखेका हुन सक्छन् । आफैं अध्यक्ष हुँदा पार्टी फुटे त्यसको अपजस त छँदै छ ।

बास्तबिकता त के हो उनीहरु नै जानुन् । बैध्य पक्षले भने जसरिनै संगठन चल्छ । त्यसैगरि सबैले विश्वास गरेर साथ दिन्छन् भन्ने पो के छ र ? कार्यकर्तामा निराशा छाएर धेरै पलायनपनि हुन सक्छन् । जे होस्, अहिले बैध्य पक्षहरु नझुक्नुका मूल कारण भने यीनै रहेछन् ।

तपाइँको प्रतिक्रिया