१९५० को राष्ट्रघाती सन्धि कांग्रेसकै समर्थनमा

(सन् १९५० को सन्धी पुनरावलोकन हुने चर्चा चलिरहेका बेला सान्दर्भिक लागेकाले केहि समय अघि नेपालपल्समै प्रकाशित यो लेख पुन राखिएको हो)

मदन बज्राचार्य

कांग्रेसले कसरि सिंहदरवार पस्यो भन्ने कुरा भित्रै ठुलो षड्यन्त्र थियो । राणाहरुको क्रुरतन्त्रको बिरुद्ध सन् १९३९ मा क्रान्तिको थालनि गर्ने कांग्रेस थिएन रास्ट्रिय प्रजापरिषद पार्टी थियो । सन् १९३९ मा कांग्रेसको महान नेता विश्वेश्वर प्रसाद कोईराला मात्र १४/१५ बर्षको केटा थियो ।

२००७ सालमा नेपाली जनताले हटाउन चाहेको राणा मोहन शमशेरकै नेत्रित्वमा कांग्रेस- राणाको संयुक्त सरकार बनाएर नेपाली कांग्रेसले नेपाली जनताको लोकतन्त्रको चाहना माथि अपराध गरेको थियो । आज नेपाल माथि भारत बाट भए गरेका सबै थिचोमिचो र नेपाल भित्र राजनैतिक अस्थिरताको कारण र तराईमा बिहारिहरुले नेपालको जनजातिलाई बिस्थापित गर्न सक्नुको कारण भारत सित गरिएको १९५० को सन्धि नै हो । १९५० को सन्धि कांग्रेसकै समर्थनमा भएको थियो । भारत परस्त नेता र दलले यहि १९५० को सन्धिलाई नेपालको अघोसित संबिधान मानेको देखिन्छ ।

देशको संविधानले जनतालाई देओस् वा नदेओस्, संविधानले देशको सार्वभौम सत्ताको ग्यारेन्टी चाहि दिन्छ । २००७ सालमा सरकारमा गएको कांग्रेसले नेपालको संबिधान बनाएको भए नेपालको आकार यो भन्दा ठुलो हुने थियो । सन् १९४७ मा स्थापना भएको भारतको भू भाग भित्र नेपालको ठुलो भू भाग समेत च्यापिएको थियो ।

आज पनि भारतको संविधानले दार्जिलिङलाई “भारतको भू भाग हो भनेको छैन” । नेपालले आँट गरेमा दार्जिलिङ नेपाललाई फर्काउन भारत बाध्य नै छ । यो कुरा सुबास घिसिंगले पटक पटक भनेको छ र सर्वोच्च अदालतमा पनि यस संवन्धि एउटा मुद्दा त्यत्तिकै अल्झिएर बसेकोछ ।

सन् १९४७ मा भारत स्वतन्त्र भयो । सन् १९४९ /५० मा नेपालमा कांग्रेसको सरकार बन्यो । नेपालमा आफ्नो देशको सिमाना किटान गरिएको संविधान बनेको भए नेपाल रास्ट्र संघको सदस्य बन्न खोज्दा भारतले नेपाल भारतमा मिलाउन बाँकि भएको भू भाग भन्दै नेपाललाई रास्ट्र संघको सदस्य बन्नमा बिरोध गर्न सक्ने नै थिएन । कालापानी कब्जा गर्न सक्ने नै थिएन । तर २००७ मा ३ बर्ष भित्र संबिधान बनाउँछु भनेर सरकार चलाउन भारतबाट नेपाल फर्केका कांग्रेसका नेताहरुको सरकारले नेपालको आकार तोकेर भारतलाई चिढाउन चाहेन । त्यसैले संबिधान बनेन ।

कांग्रेस भित्र कोईरालाहरु हाबी थिए । कोईरालाहरु भारत परास्त थियो । कोईरालाहरुको राज चलुनजेल भारतले कांग्रेसलाई पत्यायो । र कांग्रेसको राज नेपालमा कुनै न कुनै रुपमा चल्दै गयो । कोईरालाहरु ढल्मलाउँन थालेपछी भारतले नेपालमा “मधेशबाद” को बिउ रोप्न खोजेको कुरा बिरेन्द्रको पालामा गिरिजाले नक्कली नागरिकता बिधेयक बनाउन खोजेबाटै प्रमाणित हुन्छ ।

को हुन् मधेसी भन्नेहरु ?

तराईमा बहु संख्यामा रहेको थारु, मैथिली आदि जनजातिले उनीहरु मधेसी होईन भन्दै आएको छ । बिहारी अनुहारका मुसलमानहरु पनि पुर्खौ देखि तराईमा नेपाली बनेर बसेको छ । तराईमा बस्ने नेपाली मुसलमानहरुलाई मधेसी नेता उमेश यादवले नै मधेसी मानेको छैन । मात्र छुट्टै धर्म मान्ने समुह हुन् भनेको छ । बिहारीको अनुहार सित नमिल्ने नेपाली जातिकालाई त “पहाडिया” भनेकै छ । तराईमा थारु मैथिली आदि जात जातिका मधेसी होईनन । मुसलमानहरु मधेसी होईनन र तराईमा जन्मेका नेपाली मुलकाहरु मधेसी होईनन भने मधेसी भन्ने को हो त ?

यो यो जातिका मधेसी हुन् भनेर आज सम्म कुनै मधेसी नेताहरुले नै भन्न सकेको छैन । तैपनि मधेसीले नागरिकता नपाएकोमा गिरिजाले झुठो बिधेयक बनाएर नागरिकता दिन खोजे । बिरेन्द्र त्यतिबेला जिउँदै भएकोले सकेन । तर बिरेन्द्रको हत्यापछी गिरिजाले ३० लाख मधेसीलाई नागरिकता दिलाएर ‘मधेशबादीहरु सित ८ बुंदे सम्झौता” समेत गरे । नेपालमा कांग्रेसीको राज नेपाल र नेपालीको निमित भन्दा नेपालमा मधेसीको राज चलाउन मात्रै भएको देखिंदैन ?

मधेशबादीहरु नेपालको तराईलाई राजा पृथ्बी नारायण शाहले जवर्जस्ती नेपालमा मिलाएको बिहारकै भू भाग भएको मान्छन । उनीहरुको भनाईमा उतरको हिमालदेखि दक्षिण बिन्द्याचल सम्मको भूभाग ” मध्य देस” हो । तर ती मधेशबादीहरु मात्र नेपालको मेची देखि महाकाली सम्मको भू भागलाई “मधेसीको आत्म निर्णय गर्न पाउने स्वायत मध्यदेस” बनाउनु पर्ने माग माग्दै आएको छ । तर हाल भारतको बिहारको बिन्द्याचल सम्मको भू भागलाई समेत मध्यदेश मान्नुपर्ने भनेको छैन । के यहि कुरा बाट सिद्ध हुँदैन भारत र मध्यदेश बादीहरु तराईलाई नेपाल बात अलग्याएर नेपाल र भारत बिच अर्को सानो भारत बनाउन खोज्दै छ भनेर ?

“मध्यदेश” यो शब्द नै नेपालको सार्वभौम सट्टा माथि आक्रमण गर्ने सब्द हो । हिमाल देखि तराई सम्मको कुनै भू भाग कसरि मध्य देश बन्न सक्छ? मध्य देश बनाउने नबनाउने मुद्दामा जनमत लिन नेताहरु मान्दैनन । तर दिल्लीले शरण मरण आदि लाई नेपाल भित्र पठाएर सिंगो तराईमा मधेसीले आत्म निर्णय गर्न सक्ने मध्य देश बनाउने दवाव दिंदै आएको छ ।

जनताले आत्म निर्णय गर्न पाउने राज्य बनाउनुपर्ने भनेर भारतले नेपाल माथि दवाव दिनु नै हास्यास्पद छ । रास्ट्र संघले कास्मिरमा कास्मिरी जनतालाई आत्म निर्णय गर्न दिनु भनेको आदेश नमान्ने भारतले नेपालमा मधेसीलाई आत्म निर्णय गर्न दिनु भनेर दवाव दिनु भित्र उसको कुनियत स्पस्ट देखाउंछ ।

आज जनताले पत्याउन छोडेका नेताहरु सबै मध्ये देश बादी हरुको घुंडा मल्न पुगेको छ । नेपालमा ठुला राजनैतिक दलहरु भित्र मध्य देसि रोगको किराहरु पसेको छ । कांग्रेसको विजय गच्छदार र गुप्ताहरु, मावोबादी भित्र जय कृष्ण गोईत, नगेन्द्र पासवान र मात्रिकाहरु यो कुराको प्रमाण हो । यीनीहरुले ठुला दलहरुलाई रोगि बनाएको छ ।

एमालेको कुरा नगरौं । यो आफ्नैमा कुनै ताकत भएको पार्टी होईन । यो त तासको जोकर जस्तो पार्टी हो ।

अन्तमा नेपालमा आफ्नो देसको सिमाना र राष्ट्रिय स्रोतहरुमा कडा रुपमा प्रस्तुत हुने सरकार र संबिधान बनेमा भारत र नेपालको भूगोलको आकार परिबर्तन हुन्छ । आज बिहारमा बिकास को गति तिब्र भयको छ भन्छ । बिहारको बिकास गर्न भारतले नेपालको श्रोतहरु लुटेको छ । यो कुरा भन्न कोहि आँट गर्दैन । नेपालमा कुनै आँटिला नेता तथा दलको सरकार बनेमा भारतले सिमाना मिच्न सक्छ न रास्ट्रिय श्रोतहरु दाव्न सक्छ ।

उदाहरणको रुपमा महेन्द्रले भारतलाई कोशी सम्झौता संसोधन गरेको लाई लिन सकिन्छ । मातृकाले गरेको कोशी सन्धिमा कोशी बाँध बनेको नेपाली माटो र पानी सधैंको निमित भारतको हुने भनिएको थियो । महेन्द्रले त्यो बुँदा खारिज गरे । राजा वीरेन्द्रले टनकपुरमा बाँध बनाउन आएको भारतलाई भाग्न विवस बनायो । कोहि यस्तै आँटिला नेपालको रास्ट्रपति बनोस त भारतले र उसका मधेसी छाउराहरुले नेपाली र नेपाल कस्तो हुन्छ भनेर देख्ने छन् ।

(नेपालप्लस यो लेखमा पूर्ण समर्थक बिमर्थक दुबै छैन यसमा केहि विषय बहसयोग्य लागेकालेकांग्रेस, एमाले माओवादी सबै अपराधीका पक्षमाभन्ने लेखमा पाठक प्रतिक्रियाका रुपमा प्रस्तुत गरिएपनि लेखका रुपमा स्थान दिइएको हो । आज तपाईका पाठक प्रतिक्रियाहरु अपडेट हुन ढिलो हुने )

तपाइँको प्रतिक्रिया