कांग्रेस, एमाले र माओवादी सबै अपराधीका पक्षमा
माओवादी सरकारमा छ । बौद्दिक प्रधानमन्त्रीलाई यतिखेर मौका छोप्नु परेको । किनभने उनको मत पार्टीमा कमजोर छ । भोली निर्वाचनका बेला आफ्ना पक्षका मन्छेलाई जिताउन हतियार देखाउनु पर्छ । त्यो काम असल, बुझक्कि, बौद्दिक, देश र समाजको चिन्ता गर्नेले गर्दैन । चोर, हत्यारा, बलात्कारी, ज्यानमाराले गर्छ । मुर्खले गर्छ । तिनलाई जेलमा राखेर के गर्ने ? क्रान्ति सक्किइहाल्यो । जनताका अगाडि गरेका बाचा पूरा भैहाले । अब के गर्ने ? त्यत्रा देश बनाउने नारा उरालेका छन् । तैपनि जनताले नटेरेपछि के गर्ने ? तिनलाई तर्साएर, कुटेर, पिटेर, रगत बगाएर, अपहरण गरेरैपनि फेरी चुनाव जित्नु छ । यसरि जित्न मारमुंग्री मच्चाउनुपर्छ । ज्यानमाराहरु चाहिन्छ त्यसो गर्न ।
फेरी पार्टीमा तिब्र बिबाद छ । प्रचण्ड पक्षधरलाई अलि अलि र बढि बिबाद भएका बैध्य पक्षलाई निर्वाचनमा बढि खुइल्याउनु छु । रड हान्नु छ टाउका टाउका ताकेर । पार्टीमा बैचारिक स्थिति खुइलिसकेपछि गुण्डा र ज्यानमाराको आड लिनुपर्छ । त्यसैले माओवादीले २ सय ९७ जना हत्यारा, लुटेरा र ज्यानमाराहरुको मुद्दा फिर्ता लियो । कांग्रेसलेपनि हिजो निर्वाचन कसरिनै जितेको हो र ? उहि गुण्डा, डाँका, चोर, ज्यानमारा त लगाउने गरेको हो । त्यसैले उसले पनि माओवादीसित मिलेर ११ जनाको फिर्ता लियो । एमाले त झन कांग्रेसलाई यसै उछिन्छ गुण्डागर्दीमा । त्यसैले उसले दोस्रो नम्बरको पार्टीलाई उछिन्यो चोर र बलात्कारी छुटाउन र १३ जनाको मुदा फिर्ता लियो।
कम्तिमापनि राजतन्त्र फाल्न ज्यान दिएको जनसेना लाई कांग्रेस सधैं फुटेका आँखाले हेर्छ । तर ज्यानमारा छुटाउन चाहिँ कस्तरि लपक्कै टाँस्सिएको माओवादीसित ? सर्बोच्च अदालतद्वारा ज्यानमारा भनिएका ढुंगेललाई कारवाही गर्नुपर्छ भनेर कुर्लन्छन् कांग्रेस र एमाले । तर दर्जनौं घटनाका अपराधीलाई सफाइ दिन कम्मर कम्मर कसे यीनै । थुइक्क कांग्रेसको जनवाद र लोकतन्त्र । थुक्क एमालेको सबैभन्दा लोकतन्त्रवादी गणतन्त्रवादी पार्टी भएको दाबी ।
शान्ति र संविधान भन्ने कांग्रेसको ठेक्का जस्तो छ । समाजवादमा पुग्ने कांग्रेसको लक्ष्य । तर ब्यवहारिक रुपमा ? लुट्ने । जसरि हुन्छ सरकारमा जाने । पद लिने । सुझबुझ तरिकाले हुन्न । जनताले के भनेर भोट हाल्ने ? ११ वर्ष सम्म लुटेर खाएको कांग्रेसलाई के भनेर भोट हाल्ने ? त्यसैले पाएसम्म अबपनि मत कब्जा गर्ने हो । लुटपाट मच्चाउने । पाएसम्म कब्जा गर्ने सत्ता । ठेक्का पट्टा धम्काएर हात पार्ने हो । छ्याकन, कमिशन कुम्ल्याउने हो । अलि निष्पक्ष, समाजका असल ब्यक्ति, थिति र नियमले चलाउन खोज्नेलाई ठिक पारेर समाजलाई आफ्नो जबर्जस्तिमा राख्नु पर्छ । त्यसको लागि तिनै लुटेरा र ज्यानमारा चाहिन्छ । आफ्नो मनपरीतन्त्रमा भाँचो हाल्ने, सत्य बोल्नेलाई अपहरण गर्नुपर्ने हुन्छ ।
एमालेकोपनि उहि हो । यीनले जनतालाई देखाएर, जनताको मन जितेर मत माग्ने आधार केहि छैन । देशको कलकारखाना, नदी नाला पानी र माटोसम्म बेचेर कमिशन खाएका छन् । कसरि के मुख देखाएर भोट माग्न जाने ? अनि एकले अर्कोलाई ठिक पार्न, खुइल्याउन, आतंक मच्चाउन चाहियो अपहरणकारी, लुटेरा र ज्यानमारा । त्यसैले त्यस्ता अपराधी छुटाउन, तिनलाई सफाइदिन ति एक मत भएका हुन् । आफ्ना मान्छे छुटाउन पाइने । डनहरुको प्यारो बन्न पाइने । अपराधी हाम्ने छुटाको हो र ? डाक्टर बाबुराम भट्टराईले छुटाको भनेर कांग्रेस, एमाले र मधेशी पार्टीले भन्न पाउने । माओवादी सरकारले अपराधी, ज्यानमारा र लुटेरालाई छुटाएको भनेर दोषजति माओवादीलाई लगाएर बदनाम गर्नपनि पाइने । यत्ति हेक्कापनि बिद्वान प्रधानमन्त्रीलाई नहुने ।
मुखले लोकतन्त्रमा कसैसित सम्झौता गर्दैन भनेर कांग्रेसले भनेपनि उसले चाहेको लुटतन्त्र हो । आतंक हो । जबर्जस्तिको राज्य हो । एमालेको पनि त्यहि हो । माओवादी झन बल्ल सरकारमा गएर रस चाखेको । बाबुराम डाक्टर सापका आफन्तले अब गाउँ गएर के भन्ने । पार्टीमा यसै त खुइलिएको हैसियत । अहिले झन पखालिएको छ । त्यसैले चाहिएको छ, त्यहि मारपिट, धाकधम्की र अपहरण । त्यहि भएर जनतालाई केहि दिन होइन अझ लुटको राज्य, आतंक मच्चाउन एकमत भएर अपराधीलाई सफाइ दिँदै पार्टीमा भित्र्याउँदै गरिरहेका हुन् ।
मधेशी पार्टीले त झन खोज्ने नै यस्तै हो । तिनलाई करेत, कोब्रा, धामिन, टाइगर, भालू अनेक नामका हत्यारा समूह चाहिन्छ । प्रजातान्त्रिक भनाउँदा दललेनै यस्तो प्रस्ताब राखेपछि झन खुदो भैहाल्यो । र त तिनले यहि मौका छोपेर कांग्रेस र एमालेका भन्दापनि बढि अपराधीको मुद्दा फिर्ता लिए । सरकारमा भएको बेला तिनलेपनि त माओवादीपछि ठूलो भाग लिनै पर्यो । अहिले पहाडेकै नेत्रित्वमा छुटाउ अपराधी । पछि पहाडेकै बिरुद्द ति अपराधीका हातमा बन्दुक राखिदिएर हत्या गर्न पठाउ, मधेस बाट खेद्न परिचालन गर । वाह कत्ति बुद्दिमान हाम्रा बुद्दिजिवी प्रधानमन्त्री !




