गुप्ता खोरमा, यी भ्रस्टको पालो कहिले ?
जनताले पत्याएका थिएनन् बहालवाला मन्त्री जेल पर्छ भनेर । तर नपत्याएको काम भयो । मधेशी पार्टीहरुको समिकरणका एक कुशल खेलाडी । बर्तमान सत्ता समिकरणका एक हस्ती । २०४६ सालदेखि नेपाली कांग्रेस, एमाले र अहिले मओवादीसम्मलाइ खेलाउँदै, घुर्क्याउँदै पटकपटक मन्त्री हुन सफल । सञ्चारमन्त्री पदमै रहँदा कसरि हिम्मत गर्ला सर्वोच्चले उनलाई जेल पठाउने फैसला गर्न ? बरु चोख्खिने पो हुन् कि ? यहि थियो अनुमान र आशंका । पटक पटक उनको फैसलाको पेस्की सारेकाले पनि त्यहि आशंकालाई बल दिएको थियो । तर अनुमान र आशंका बिरुद्द सर्बोच्च अदालतका न्यायधिस द्वय सुशीला कार्की र तर्कराज भट्टको इजलासले बहालवाला मन्त्रीलाई भ्रष्टाचारी ठहर गर्दै जेलको फैसला सुनायो । यसले पक्कैपनि अरु भ्रस्टहरुको मुटु र मस्तिस्कमा ढ्यांग्रो ठोकेको हुनुपर्छ । वर्षौंसम्म आलेटाले गरेर बल्ल अहिले यी भ्रस्ट त जेल गए । तर अब प्रश्न उठ्छ, कति छन् यस्ता भ्रस्टहरु नेपालमा ? को को हुन् ती ? तिनलाई यसैगरि जेल हाल्ने दिन कहिले आउँछ ?
नेपाली कांग्रेसका खुम बहादुर खड्का, गोबिन्दराज जोशी देखि क्रिष्ण प्रसाद सिटौला र सुजाता कोइरालासम्म भ्रस्ट हुन् । यी मध्ये कोहिले त्यसैगरि विशेष अदालतबाट सफाई पाएका छन् र तिनको मुद्दा सर्बोच्चमा पुगेको छ । नेपाली कांग्रेसका नेतामा को भ्रस्ट छ भनेर उल्लेख गर्नु भन्दा को चाहिँ भ्रस्ट छैन भनेर नाम लिँदा बढि छरितो हुन्छ । म्रिगेन्द्र रिजाल, सुप्रभा घिमिरे, चन्द्र भण्डारी, गगन थापा, सभापती सुशिल कोइराला लगायत एकाध नेता बाहेक नेपाली कंग्रेसका सबै जसो नेता भ्रस्ट छन् । मात्रामा तिनको ठगी र भ्रस्टाचार घटी बढि होला । नत्र नेपालको महाकाली सन्धी, टनकपुर सन्धि भारतसित गर्दा समेत यीनले करोडौं करोड कुम्ल्याएका छन् । जसको तथ्य बिभिन्न पत्रपत्रीकामा आएकै हो ।
उता नेकपा एमालेका नेता त्यस्तै महाभ्रस्ट छन् । सत्तामा आउनु अघि चप्पल पड्काउँदै हिँड्ने भिम रावल, केपी ओली, प्रदीप नेपालका जुम्ल्याहा र तिम्ल्याहा गगनचुम्बी महल राजधानीमा कसरि ठडिए ? त्यसको छानबिन कसरि र कहिले हुने हो ? महाकाली सन्धि गर्दा एमालेका नेता बाझिए । त्यसमा सहि गर्न अस्विकार गर्नेले सिधै आरोप लगाए, भारतीय रकममा बिकेर यो सन्धि गरियो । त्यसको छानबिन कसले, कसरि र कहिले गर्ने हो ? एमालेकै नेताले सार्वजनिक गरे अनुसारनै जो जसले त्यसमा सहि गरे तिनले विदेशी रकमको लोभमा नेपालको सम्पदामा कुठाराघात गरेका हुन् । बामदेव गौतमलाई राष्ट्रको सबैभन्दा ठूलो भ्रस्टाचारीको आरोप त एमाले नेता प्रदीप नेपालले खुला मञ्चबाटै घोषणा गरेका हुन् । महाकाली र टनकपुरका हिमायती यी भ्रस्टहरुमाथि कहिले छानबिन हुने हो ? राष्ट्रघाती यी भ्रस्टहरु कहिले जाने हुन् जेल ?
संयुक्त राष्ट्र संघका अगाडि नेपालको बेइज्जत गराएर नक्कली हतियार किन्न दबाब दिने सुजाता र क्रिष्ण प्रसाद सिटौला जेल जानु पर्छ कि पर्दैन ? आफ्नी छोरी र ज्वाईँका लागि सम्पत्ती जोडिदिन रास्ट्रप्रमुखका हिसाबले सबै मिलाइदिने कांग्रेसका महान नेता गिरिजाको नाम यसमा मुछिनु पर्छ कि पर्दैन ? भारतीय पैसो पचाएर नेपालको पासपोर्ट भारतीयलाई जबर जस्ति दिन दबाब दिने सुजाताको कर्तुतको छानबिन हुनु पर्छ कि पर्दैन ?
राजेन्द्र महतो, बिजय गच्छदार, ह्रिदयश त्रिपाठी जस्ता मधेशी नेताले पटक पटक सत्तामा गएर भ्रस्टाचार गरेको रकमको छानबिन कहिले हुने हो ? यी भ्रस्टहरु जेलमा कोचिने दिन आउँछ कि आउँदैन ? अहिले खुबै स्वच्छ देखिएपनि आपूर्ती मन्त्री हुँदा चिनीमा करोडौं भ्रस्टाचार गरेको आरोप अर्का महान कम्युनिस्ट नेता सिपी मैनालीमाथि लागेको हो । उनको भ्रस्टाचारलाई के आँखा चिम्लिन मिल्छ ? संसदिय ब्यवस्थामा सायद सबै भन्दा दुर्गन्धित र भ्रस्ट नेता नेपाली कांग्रेसका शेरबहादुर देउवा हुन् । सयौं भ्रस्टाचारका मूल स्रोत र प्रेरकपनि यीनै देउवा हुन् । के गुप्ता जस्ता जेल जाँदा देउवा चोखै बस्न पाउँछन् ?
माओवादीका सँगै राजनीति गरेका कतिपय नेता सडकको सडकमै छन् । कोहि सुनिन्छ ती करोडपती भैसके । महँगा गाडी र आलिशान महल, लोभलाग्दो जिवन पद्दती अँगाल्छन् । त्यो सम्पत्तीको स्रोत के हो ? किन सँगै पार्टीमा लागेका, जनताको राजनिति सँगसँगै गरेका कोहि बिहान साँझको छाक धान्न नसकेर, मासिक हजार रुप्पे भाडा तिर्न नसकेर लुक्दै र भाग्दै हिँडिरहेका छन् ? किन तिनैका सहयात्रीहरु रातारात मालामाल बनिसके ? सर्वहाराका नेता प्रचण्डको आलिशान महलको स्रोत के हो ? क्रिष्ण बहादुर महराले चिनियाँ नेतासित ५० करोड रुपियाँ हाकाहाकी किन मागे ? त्यो रकम कहाँ गयो ? यसको छानबिन कसले गर्ने ? कहिले गर्ने ? माओवादीमा प्रचण्डले करोडौं रकम हिनामिना गरेको आरोप हाकै लागेको हो । त्यो रकमको मूल स्रोत के हो ? कहाँ गयो ? त्यसको छानबिन हुनुपर्छ कि पर्दैन ?
बहालवाला मन्त्रीलाई जेल पठाउने सर्बोच्चको निर्णय आफैंमा साहसिक हो । महान हो । मरुभूमीमा देखिएको पानीको सानो कुवा हो । तर हाम्रो देशमा सत्तामा गएकाहरु भ्रस्ट कोको छन् भनेर हेर्नुभन्दा कोको छैनन् भनेर हेर्नुपर्ने हुन्छ । त्यसैले सञ्चारमन्त्री जयप्रकाश गुप्ता जेल परेपनि यस्ता सयौं भ्रस्ट छन् । तिनलाई छानी छानी जेल नहालेसम्म भ्रस्टचारको जरो गल्दैन । यस्ता अरु भ्रस्टाचरीहरु जेल नपरेसम्म, तिनलाई सजायँ नदिएसम्म, तिनको सम्पत्ती नखोसेसम्म भ्रस्टाचार दुरुत्साहित हुने छैन ।





