सुडान काण्ड : यी भ्रस्टाचारीलाई चाहिँ सजिलै उम्किन दिने ?

हामी यस्तो देशमा छौं जहाँ सधैं अपराधीहरु उम्कन्छन् । सोझा साझा घानमा पारिन्छन् । माथिल्ला तहका योजनाकार बच्छन् तर मुनीका पर्छन् । हाम्रो यस्तो देश हो, जहाँ मुलुकको सबैभन्दा भ्रस्टाचारी पार्टी प्रतिपक्षमा छ । त्यो पार्टीकापनि सबैभन्दा भ्रस्टहरुले नेत्रित्व लिएका छन् । अफ्रिकी मुलुक सुडानमा ज्यान दिएर खटिएका नेपाली सुरक्षाकर्मीलाई चलाउनै नमिल्ने मिल्किएको हतियार कमिशन खाएर किन्ने र त्यसको बिल संयुक्त राष्ट्र संघमा बुझाएर रकम खाने भ्रस्टाचारीहरु मुक्य त नेपाली कांग्रेसका थिए । तर अहिले तिनलाई जोगाइएको छ र प्रहरी अधिक्रितहरु मात्रै परेका छन् काररवाहीमा । विशेष अदालतले जेल र नगद रकम तिर्नुपर्ने फैसला गरेको छ ।

नेपाली कांग्रेसले महान नेता भनेर पुज्ने तिनका नेता गिरिजा प्रसाद कोइराला त्यो हतियारको कमिशन खेल हुँदा देशमा प्रधानमन्त्री थिए । यत्रो हातहतियारको खरिदबिक्रि हुँदा प्रहरी अधिक्रितले मात्रै निर्णय गर्न मिल्दै मिल्दैन । झन यो त संयुक्त राष्ट्र संघसित गाँसिएको कुरो। यसमा प्रधानमन्त्रीलाई कण कणको जानकारी हुन्छ । यो भ्रस्टाचारमा प्रधानमन्त्रीका हिसावले ‘महान नेता’ गिरिजा कोइरालालेनै साथ दिएका रहेछन् । तर अहिले उनको नाम कहिँ कतै छोइएन।

ग्रिहमन्त्री थिए क्रिष्ण प्रसाद सिटौला । कांग्रेसीहरुले खुब स्वच्छ मान्ने नेता । अख्तियार दुरुयोग अनुसन्धान आयोगले सुडान घोटाला कान्डमा ३४ प्रहरी अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । तत्कालीन प्रहरी महानिरीक्षकहरु तीन जनालाई यसमा मुद्दा लगाइयो । बिगो तोकियो । तर पनि दबाबका कारण प्रधनमन्त्री कोइराला, ग्रिहमन्त्री सिटौला लगायतका नेतामाथि मुद्दा दर्ता गरिएन । गृहमन्त्रीलाईको नाममा त अख्तियारले मुद्दा दर्ता गर्न सकेन भने प्रधानमन्त्री रहेका गिरिजामाथि कसरि आँट्नु ? ग्रिहमन्त्री सिटौलामाथि नै नाम तोकेर मुद्दा दर्ता गरेको भए त ति प्रहरी अधिक्रितहरुको उहि बेलै तिनले उठिबास लगाइहाल्थे । अख्तियारका अख्तियारीवालाहरुको पनि हरिबिजोक पार्थे । तर ति ठग हुन् भन्ने प्रस्ट छ । किनभने संसदको राज्यव्यवस्था समितिले उनीहरुलाई पनि नैतिक तथा कानुनी दायित्वबाट उन्मुक्ति दिन नमिल्ने भनेर स्पष्ठ पारिसेको हो । देशको प्रधानमन्त्री र ग्रिहमन्त्रीलाई यत्रो घोटाला उन्मुक्ति दिन मिल्दैन भनेकै हो । त्यसमा न त नेपाली कांग्रेसका अन्य नेता बोले । न त ग्रिहमन्त्रीलेनै । गिरिजा बिरुद्द बोल्ने त कांग्रेसमा देउवा बाहेक कसको ह्याउ हुने ?

यो ठगीको पर्दा पछाडी थिईन गिरिजा कोइराला पुत्री सुजाता । आफ्ना बाउ प्रधानमन्त्री । त्यो बेला बाउका सबैभन्दा विश्वासिला क्रिष्ण प्रसाद सिटौला ग्रिहमन्त्री । अनि सुजाता कोइरालाले दबाब दिईन त्यो खटारे हतियार किन्न । त्यो मेसो मिलाइन् सुजाताले आफ्नै ज्वाइँ रुबेल चौधरीको कम्पनीबाट किन्न लगाउने र काम नलाग्ने हतियार किनेर चौधरीलाई पोस्ने । रुबेल कसरि परेका हुन् त भने त्यो ठेक्का जुन कम्पनीबाट गरियो त्यसका मालिक माइकल राडार भन्ने हुन् । उ सित रुबेलले लेनदेन गरेको, पटक सम्पर्क गरेको, सामान पठाउने बारे वार्तालाप गरेको सार्वजनिक भैसकेको हो ।

ग्रिहमन्त्री र प्रधानमन्त्री कोइरालाको दबाब भएपछि प्रहरी प्रमुखहरुको के हिम्मत त्यसलाई नकार्न । निर्देशन दिए सिटौला र सुजाता भएर । अनि त्यो बेलाका प्रहरी महानिरिक्षकहरु ओम बिक्रम राणा, हेम बहादुर गुरुङ, रमेश चन्द ठकुरीले सरासर माने ।

त्यसो त यो कमिशनको खेल जब भयो र थोत्रा हतियार लाउने निर्णय भयो । त्यो निर्णय गर्दा गृहमन्त्री कृष्ण सिटौला थिए । त्यो हिसाबले प्रमुख दोषी उनै हुन् । प्रहरी महनिरिक्षक भन्दापनि अझ ठूला अपराधी । तर भुक्तानी हुँदा चाहिँ गृहमन्त्री वामदेव गौतम र भीम रावल पनि थिए । यो हिसाबले महान् क्रान्तिकारी नेता यी दुई पनि जिम्मेवार छन् । यीपनि भ्रस्ट हुन्। निर्णय हुँदा आइजीपी ओमविक्रम राणा भएपनि भुक्तानी गर्दा आइजीपीहरु हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी थिए। वास्तबिकता के छ भने निर्णय हुँदाताका र भुक्तानी हुँदाका तीनै जना पूर्व आइजीपीलाई कैद र जरिवाना तोकिएको छ। तर तिनैका टाउके प्रधानमन्त्री गिरिजा कोइराला, ग्रिहमन्त्रीहरु सिटौला, रावल र गौतम चाहिँ चोखिएका छन् ।

सुजाताले हतियार यहि कम्पनीबाट ल्याउनुपर्छ भन्दै दबाब दिईन आफ्नै ज्वाइँको कम्पनीको नाममा । सिटौलाले नाइ भन्ने के सिप ? फेरी आफ्नो गोजीपनि त भर्नै पर्‍यो मौका मिलेका बेला। ग्रिहमन्त्रीलेनै दबाब दिएपछि प्रहरी महानिरिक्षकले कसरि नमान्ने ? त्यसैले हतियार ल्याउन दबाब त दिए तर ति नेताको नाम देखिएन । किनभने प्रशासनिक र सांगठनिक हिसाबले त्यो किन्ने बेला सबै रित पुर्‍याउने प्रहरी संगठनले हो । दबाब पो गिरिजा, सुजाता र सिटौलाको गयो त ।

यो वास्तबिकता अदालतले त हेर्दैन । किनभने अदालतले कानुनी प्रमाण खोज्छ । वास्तबिकता जाँच्दैन । पर्दा पछाडीको खेल जाँच्दैन अदालतले टेबलमा बुझाएको फाइल हेर्छ । त्यसमा सुजाता जस्ति नेपालकी वैरी, महाभ्रस्ट, गिरिजाकि भ्रस्ट छोरीको नाम त हुन्न । तर यो कण्ड यसरि यसरि भएको थियो । हामीमाथि दबाब दिएका थिए प्रधानमन्त्री कोइरालाले, ग्रिहमन्त्री सिटौलाले र सुजाताले । हामीलाई दबाब आएपछि के गर्ने ? यो काम गर्न दबाब दिने ति हुन् हामी त मुर्गा बनेका हौं भनेर हाकै ति प्रहरी महानिरिक्षहरुले भनिदिए हुने हो । तर त्यो बेला पदमा हुँदा डरले भन्न सकेनन् । अहिले प्रमाण केहि छैन । महा भ्रस्ट, डाँका, र प्रमुख खेलाडी उम्किएर ति चुपचाप सहन बाध्य छन् ।

तर कांग्रेसले एकल र मिलिजुली गरेर करिब १४ वर्ष सत्ता चलायो । अनुमान गर्नुस् त, हरेक महिना, हरेक वर्ष यस्ता ठगी र भ्रस्टाचार हुने गर्थ्यो । कांग्रेसको कुनैपनि मन्त्रीले पैसा नखाएको सायद छैन । यस्ता ठगी त कति कति भए कति भए कांग्रेसको सरकारका पालामा । तर यस्तो वास्तबिकता आउँदापनि नेपाली कांग्रेसका कुनै नेता, कार्यकर्ता, कुनै भगिनी संगठन बोल्दैन । यो पो अचम्मको कुरो त । पैसा खाने र भक्ति गाउनेमा नेपाली कांग्रेसका तलदेखि माथि सम्मै कति तैंचुप मैंचुप बनेका । अहिले कांग्रेसका यिनै सिटौला स्वच्छ रे । यिनै सुजाताको बोलवाला । भोली सरकार बनेपनि मन्त्री हुने त यिनै हुन् । फेरी यस्ता लूट त कति कति ! त्यसैलाई चुपचाप सहेर बैधानिकता दिने फेरी कांग्रेसकै कार्यकर्ता ।

तपाइँको प्रतिक्रिया