फ्रान्सको राष्ट्रपतीय चुनावमा समाजवादीहरुले जित्छन् कि क्या हो !

नेपालमा संविधान बनाउने र सरकार बदल्न जति गरमागरम छ । त्यत्तिनै फ्रान्समा आगामी राष्ट्रपतीय निर्वाचनको गरामागरम उस्तै छ । उम्मेदवारहरुले आ आफ्ना समर्थक लाई तिब्र खटाएका छन् ठाउँ ठाउँमै । समर्थकहरु नगरपालिका र गाउँ गाउँ खटेका छन् । अहिले देखिनै सार्वजनिक स्थलहरुमा निर्वाचनका बाचाहरु, आफ्ना पर्चाहरु बाँड्न थालेका छन् । बहस र छलफल तिब्र पारिएको छ । दक्षिणपन्थी पार्टी बाट चुनिएका अहिलेका राष्ट्रपती निकोला सार्कोजीले अहिलेसम्म आगामी निर्वाचनमा उम्मेदवारी दिएका त छैनन् तर उनको उम्मेदवारी निश्चित छ । तर जनता उनीदेखि आजित भएको संकेत मत सर्वेक्षणहरुले देखाएका छन् । उनको अलोकप्रियता उनी राष्ट्रपती भएका केहि महिना देखिनै घट्दै गएको थियो । अहिले उनी उम्मेदवार भएपनि हार्ने निश्चित जस्तै देखिएको छ ।

चार वर्ष भन्दा बढि समय सत्तामा बसे निकोला सार्कोजी । सत्ता र शक्ति प्रयोग गर्दापनि उनले आफ्नो पक्षमा जनतालाई पार्न सकेनन् । र अहिले जनताको अभिमतमा समाजवादी पार्टीका उम्मेदवार फँस्वा ओलँदे सबै भन्दा अगाडि देखिएका छन् । मत सर्वेक्षणले उनका पक्षमा ४८ प्रतिशत लोकप्रियता देखिएको छ । उनीसँगै देखिएका छन् प्राध्यापन पेशाबाट आएका मध्यपन्थी पार्टीका अर्का उम्मेदवार फँस्वा बेरु । छन त हालको सर्वेक्षणमा  बेरुकोपनि लोकप्रियता ४८ प्रतिशतनै देखिएको छ । तर लोकप्रियतामा ओलँदे अगाडि बढेका छन् ।

लाजमर्दो के छ भने सत्तामा बसेका अहिलेका राष्ट्रपती निकोला सार्कोजी चौथो स्थानमा देखिएका छन् । तेस्रो स्थानमा जँ लूक मेलँसो छिन् । त्यसपछि बल्ल सार्कोजी देखिएका छन् । अहिले अन्तिम अवस्थामा देखिएकि छिन् अति दक्षिणपन्थी पार्टीकी उम्मेदवार मारिन ल पेन । उनको लोकप्रियता जम्मा २७ प्रतिशत देखिएको छ हालकालागि । तर समाजवादी पार्टी भित्रको खिचातानी, पूँजी वादी हरुको पतन र सार्कोजी सरकारको ब्यापक अलोकप्रियताका बिच मारिन लपेनले पहिलो चरणको निर्वाचनमा ब्यापक मत ल्याउँछिन् भन्ने अड्कल काटिएको छ ।

तर दोस्रो चरणको निर्वाचनमा उनी फाइलिन्छिन् भन्ने विश्वास गरिएको छ । किनभने उनको पार्टीले यूरोपेली मौद्रिक नीतिलाई सहल रुपमा लिएको छैन । यूरोबाट हात झिकेर फेरी पुरानै मुद्रा फ्रेन्च फ्र्यांकमै जानु पर्ने उनको नीति छ । फ्रान्स अहिले आर्थिक रुपमा खस्कँदै जानुको एउटा कारण यहि यूरो नीति लिनु, यूरोपका अन्य गरिव देशलाई आर्थिक सहयोग दिनु, आप्रवासी नीति खुकुलो हुनु, फ्रान्सका धेरै उधोग धन्दा सरकारी गलत नीतिले गर्दा देश बाहिर जानु हो भन्ने उनको भनाई छ । त्यसैले उनको पार्टी आफूले जितेमा आप्रवासीमाथि कडाइ गर्ने, यूरोबाट झिकेर फ्र्यांकमा मुद्रा नीति अपनाउने, यूरोपेली गरिब मुलुकलाई सहयोग गर्ने नाममा आफ्नो देशको पैसो नबाँड्ने र लिबिया ईराक लगायतका देशमा युद्द का नाममा पैसो खर्च नगर्ने कडा नीति प्रस्तुत गरेको छ । उनको नीतिले आर्थिक रुपमा धकेलिँदै गएका थुप्रै फ्रान्सेलीको भावना पक्रेपनि राष्ट्रप्तीनै जित्ने संभावना भने छैन नै । किनभने फ्रान्सेलीहरु त्यति धेरै अतिवादी हुन सक्दैनन् भन्ने विश्वास गरिन्छ ।

अहिलेको मत सर्वेक्षण को नतिजा अन्तिम हुन्छ भन्ने नै छैन । किनभने राष्ट्रपती निकोला सार्कोजीले आफ्नो उम्मेदवारी आधिकारिक रुपमा घोषणा गरेपछि उनले चुनावी धेरै हतकण्डा प्रयोग गर्न सक्ने अनुमान गरिएको छ । यहाँपनि धन र शक्तिले धेरै प्रभाव पार्छ । मेडियाहरुपनि उनका पक्षमा निकै छन् । त्यसैले अहिलेको अभिमतमा निकै फेर बदल आउन सक्छ । जतिसुकै फेर बदल भएपनि उनी यति अलोकप्रिय भैसकेकि यो पटक कुनै हालतमा जित्न संभव देखिन्न ।

उता मध्यपन्थी बेरु ओलँदे सँगै देखिएपनि उनको पार्टी बलियो छैन । तर अन्तिम अवस्थामा बिभिन्न पार्टी र ब्यक्तिबिच सहमती कायम हुनपनि सक्छ । तरपनि अधिकांशको धारणामा यो पटक समाजवादी पार्टीलेनै जित्छ कि भन्ने अनुमान लगाएका छन् । तर निर्वाचन हो अन्तिम अवस्था सम्म हुने प्रचार प्रसार, मेडियामा बहस र छलफल, चुनावी घोषणा पत्र, कार्यकर्ता परिचालन, अन्य पार्टीसितको गठबन्दनलेपनि धेरै प्रभाव पार्न सक्छ ।

तपाइँको प्रतिक्रिया