अझै पदमै टाँस्सिरहने हो र डाक्टर साप ?

के के न गर्छु भन्दै आए डाक्टर साप । त्यो भ्रम उनलाई मात्रै थियो । तर प्रतिपक्षी दलहरुलाई थिएन । त्यसैले तिनले, खुब रटान लगाए, ‘यदि बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने भए हामी समर्थन गर्छौ’ भन्दै । प्रतिपक्षीले शुरुमै असहयोग गरेको भन्न त मिल्दैन नै । तर बाबुरामको कार्ड फ्याँकेर माओवादीलाई कमजोर बनाउने, बाबुरामकै साख गिराउने ध्याउन्नमा थिए ति दल भन्ने उनले पटक्कै वास्ता गरेनन् । मधेशी दलले उनलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्नु आफ्नै स्वार्थकालागि हो भनेर बुझ्न सकेनन् । वा बुझेर पनि कुर्सीका लागि बुझ पचाए । बरु यहि देखेर डा साप आफैं यति चम्किए, हौसिए कि एक एक गर्दै उनका घोषणा आफ्नै पत्नीको फरिया सँगै असफल हुँदै गए । आफ्नी पत्नीकै अगाडिपनि कमजोर देखिए । उनले गरेका निर्णय सफल हुन सकेनन् । बरु बिवादमा पर्दै गए । अहिले हेर्दा लाग्छ, उनको पक्षमा को छ ? कोहि देखिन्न । उनीमाथि कसैले विश्वास गरेको बलियो आधार छैन । यस्तो अबिश्वासी भै भै किन पदमा टाँस्सिने ?

भट्टराईले प्रतिपक्षको त कुरै छोडौं आफ्नै पार्टीको विश्वासपनि जित्न सकेनन् । हुन त यसमा उनको एक्लो निर्णय नहोला । तर उनले लिएका सहयोगी, राजनितिक र आर्थिक सल्लाहकार छनौटमापनि उनी सफल हुन सकेको देखिएन । नत्र हरेक निर्णय पिच्छे कि त तिब्र बिरोध कि त पछि हट्नुपर्ने थिएन । तिनको सुझावले उनलाई सहज बनाउन, सफल बन्न सहयोग गरेन ।

भारतसित बिपा संझौतापछि त उनी झन कमजोर देखिए । पछिल्लो चरणमा जनयुद्दताका माओवादीले गरेका घरजग्गा बैधताको निर्णयमा फेरी चुके । त्यो बैधता दिने नदिने आफ्नो ठाउँमा छ । तर माओवादी पार्टीका तर्फबाट बनेका प्रधानमन्त्री भएकाले उनले पार्टी निर्णय उल्लंघन गर्न मिल्दैन । माओवादीले पार्टीगत निर्णय गरेर त्यसलाई मन्त्री परिषदलेपनि पारित गरेको थियो । त्यो मान्य नहुने हो भने प्रतिपक्षी दलले उपयुक्त बिकल्प के हो त देउ भनेर पार्टी अध्यक्ष प्रचण्डले बताएका थिए । त्यसलाई फिर्ता लिनु पर्दा प्रधानमन्त्री बाबुराम भट्टराईले पुन पार्टीलाई विश्वासमा लिएर निर्णय गराउनुपर्थ्यो । तर एकाएक आफ्नो कुर्सी जोगाउन एक्लो निर्णय गरेर फिर्ता लिए । त्यसले गर्दा पार्टीमा फेरी द्वन्द देखियो ।

यसरि हेर्दा बाबुराम कुनै पक्षमा, कहिँपनि सफल त देखिएनन् बरु बल्ल बल्ल एकता कायम भएको उनको पार्टीमा उनै तगारोका रुपमा देखिए । पार्टीको एकतामा भट्टराईनै भाँजो हाल्ने खेलाडीका रुपमा देखिए । एकता बिरोधी देखिए । न त उनको आफ्नै सरकारमा  रहेका दलबिच उनले बिश्वास जित्न सकेका छन् । न पार्टीमा । न प्रतिपक्ष न त जनताको विश्वास नै । उनी चौतर्फी असफल साबित भए । झन पछिल्लो चरणमा उनैको कारणले, उनैको कुर्सी जोगाउने ध्याउन्नले गर्दा पार्टीमा मतभेद तिब्र बन्यो । यसरि चौतर्फी असफल हुँदापनि किन हो खुरुक्क राजिनामा दिएर बिकल्प खुला नगर्ने ? डाक्टर सापलेपनि घाँटी न्याँकेर नखसालेसम्म पद नछोड्ने प्रव्रित्तिलाईनै निरन्तरता दिन खोजेका हुन् कि के हो ?

तपाइँको प्रतिक्रिया