प्रचण्ड / माओवादी अपारदर्शी हुनुको नियत के ?
● लुना / बेल्जियम
सिधा सोझो र ब्यबहारिक रुपले न्युट्रल भएर भन्नु पर्दा मासिक भाडा एक डेढ लाख पर्ने घर माबोबादिका अध्यक्ष जस्ता पार्टी प्रमुख नेताको निम्ति अनावश्यक हो भनेर तर्क गर्नु कुतर्क नै हो । चाहे उनि सर्वहारा वर्गको नेत्रित्व गर्ने नै किन नहुन् पार्टी प्रमुखको हैसियतले । उनको सुरक्षाको जिम्मेवारीआदिको कारण पनि यो अनाबश्यक छ भनेर भन्नु डाह बाहेक केहि होईन ।
तर ! यति हुँदा हुँदैपनि यदि उनले अर्थात प्रचण्ड र माओवादी पार्टीले स्पष्ठताका साथ जनतालाई सोझो हिसाब किताब नदेखाए / देखाउन नसके अब भने प्रचण्ड लगायत माओवादी पार्टी प्रति जनताले प्रश्न चिन्ह खडा गर्ने छन् ।
मिडिया खबर ( साँघु साप्ताहिक / नागरिक न्युज आदि ) मा आए अनुसार त मासिक लाख भन्दा बढी भाडामा लिईएको भनिएपनि उक्त महल भाडामा नभएर न्युनतम मूल्य देखाई १० करोडमा किनिएको । के यो सत्य होईन ? होईन भने माओवादी पार्टी प्रमुख प्रचण्डजीले यस किसिमका समाचार लेखेर हौवा पिट्ने मिडियालाई शसक्त जबाफ दिन सक्नु पर्यो ! जबाफ मात्रै होईन यसरी जथाभाबी लेख्नेलाई सरकार मार्फत कारवाही गर्न सक्नुपर्यो ।
यदि यो सत्य हो भने यसरी करोडौ पर्ने महल कुन आधारमा किनियो ? यसको आय स्रोत के हो ? यदि अब पनि माओवादीका नेताले यी सब कुरा जनताको सामु प्रस्ट पार्न नसके शेर बहादुर, सुजाता, के पी ओली, प्रदिप नेपाल, बामदेब गौतम, भारतमोहन अधिकारि आदि जस्ता भ्रस्टचारी मुलुक लुटाहा नेता र तिनको पार्टी र यी सर्बहारा बर्गको उत्थान गर्ने माओवादी पार्टी बिचमा के फरक रहन गयो र ? यिनलाई लाजै मर्नु हुने गरि नंग्याउन कुनै कसरत बाँकि राख्ने छैनन् जनताले । किन ?
किनभने यिनले पारदर्शिता अपनाएनन् । जनतालाई त के आफ्नै पार्टीका बैध्य खेमालाई गुमराहमा राख्ने दुस्चेस्टा गरे । यस किसिमका आर्थिक अनियमितताका कुराहरु यो पहिलो पल्ट होईन । बारम्बार यसरी छापामा आईरहेको छ । प्रचण्ड त के बाबुरामका आर्थिक अनियमितताका कुराहरु पनि बेला बेलामा छापामा आईरहन्छ ।
हुन सक्छ बैदेशिक सहयोग (बिदेशी कम्युनिस्ट मार्फतको सहयोग ) पनि हुन सक्ला । जे जस्तो सहयोग होस्, नेपाली जनता मार्फत प्राप्त चन्दा आदि इत्यादि जे हो त्यो जस्ताको त्यस्तै पारदर्शी ढंगले जनताको सामु राख्ने हिम्मत किन गर्न सक्दैनन् उनीहरु ?
अपारदर्शी हुनुको नियत के हो ? यस्तो तालले कति दिन राज गर्न सकौला नेपाली जनतालाई ढाँटी छली ? आर्थिक हिनामिना सम्बन्धि उठिरहेको हरेक विषयको जवाफ प्रचण्ड लगायत माओवादी पार्टीले जिम्मेवार भएर दिनै पर्छ !




