“प्रचण्डले हामीलाइ काठमाडौं ल्याएर वेश्याझैं बेचे”

माओवादीको एक अर्का प्रति आरोप प्रत्यारोप चलेको निकै भयो । अहिले हरेक दिन जसो खुब सुन्न र पढ्न पाइन्छन् एकले अर्कालाई लगाउने आरोप । माओवादीको निकै समयदेखि प्रतिक्षित केन्द्रिय समिती बैठकले गर्दापनि अहिले त्यसको पारो चढेको हो । आरोप र प्रत्यारोप हेर्दा संस्थापन पक्ष भनिनेहरु सहनशिल देखिन्छन् । त्यसो हुनुको कारण के पनि हो भने उनीहरुले पालुङटार भेलाले पास गरेको पार्टी नीतिलाई बहुमतको निर्णय भन्दै अनादार गरिरहेका छन् ।

यता त्यहि निर्णय पालना नगरेको भन्दै बैध्य पक्षिय बढि आरोपमा उत्रिएको देखिन्छ । केन्द्रिय समितिमा आफूहरु अल्पमतमा रहेपनि पार्टी नीतिको उल्लंघन गरेको भन्दै बैध्य पक्षियहरु बढि आक्रामक देखिएका हुन् । अहिले माओवादीका पोलिटब्युरो नेता नेत्रबिक्रम चन्दले पार्टी अध्यक्षले आफूहरुलाई काठमाडौंमा वेश्यालय लगेझैं बिक्रि गरेको आरोप लगाएका छन् ।

चन्दले बडो रोचक तर्क गर्दै प्रचण्डमाथि यस्तो आरोप लगाएका छन् । सिन्धुपाल्चोक र नुवाकोटतिरका सोझा साझा चेलीहरुलाई छट्टु दलालहरुले के गर्छन् ? तिमीहरुलाई काठमाडौंमा जागिर लगाइदिन्छु किन बस्छौ यो गाउँमा भन्दै फकाएर पहिले काठमाडौं ल्याउँछन् । त्यसपछि काठमाडौंको झिलिमिली देखाएर केहि समय मिठो खुवाएर राख्छन् । अनि त्यहाँबाट फकाएर भारतको कोठीमा लगेर बिक्रि गर्छन् । हो, प्रचण्डले माओवादीका नेतालाई त्यसै गरे रे बिप्लबका भनाईमा ।

पहिले प्रचण्डले गाउँ गाउँमा संगठन गर्ने भने । गाउँले शहर घेर्ने भन्दै गाउँ गाउँमा संगठन बनाउन लगाए । अब शहरिया बिद्रोह गर्ने । ग्रामिण बिद्रोहलाई शहरिया बिद्रोहसित फ्युजन गरेर नेपालमा जनवादी क्रान्ति गर्ने भने । शहर र गाउँबाट जनबिद्रोह गर्ने भने । पार्टीले पत्यायो । बिप्लबका भनाईमा उनीहरुले जनबिद्रोह गर्लान । जनवादी क्रान्तिकालागि, जनबिद्रोहकालागि शहर ल्याएका होलान सम्पूर्ण पार्टीलाई भनेर विश्वास गरे नुवाकोट र सिल्धुपाल्चोकका चेलीले छट्टु दलालले काठमाडौंमा जागिर लगाइदिन्छौं भनेर ल्याए झैं । तर काठमाडौं ल्याएपछि ? प्रचण्डले जागिर दिम्ला भन्दै ल्याएका चेलीलाई झैं आज आज, भोली भोली, पर्ख पर्ख भन्दै भुलाए रे । अहिले त जनवादी क्रान्तिका कुरा छोडेर नेपालमा क्रान्ति पूरा भयो भन्न थाल्नु भएको छ अध्यक्ष कामरेडले भन्दै त्यस्तो आरोप लगाएका छन् । क्रान्ति गर्ने भन्दै शहर ल्याएर निकै समयपछि भुलाएर अहिले क्रान्ति पूरा भयो भन्दै भुलाएको, धोका दिएको आरोप बिप्लवले लगाए ।

तपाइँको प्रतिक्रिया