संस्थापनलाई छोडेर बैध्यतिर लसक्क लडाकू
माओवादी जनसेनाका सर्बोच्च कमाण्डर पार्टी अध्यक्ष प्रचण्ड । त्यसपछि कमाण्डरहरु अर्थमन्त्री पुन, बलदेव शर्मा, नन्दकिशोर पुन । यी सबै प्रचण्डतिर छन् । रामबहादुर थापा ‘बादल’ बाहेक सबै शक्तिशाली कमाण्डर संस्थापन पक्षतिरै लागेका हुन्। सेना समायोजनको निर्णय गर्दा सबै जनसेना समायोजन वा स्वेच्छिक अवकाशमा जान्छन् पनि भन्थे । संस्थापन पक्ष उत्साहित थियो । उता बैध्य पक्ष हतास देखिन्थ्यो । तिनले जनसेनालाई हेपेर, अवमूल्यन गरेर ल्याइएको समायोजन प्रस्ताब नस्विकार्न निकै पटक आग्रपनि गरे । यो हेर्दा बैध्य पक्षमा लाग्ने जनसेना नगण्य छन् भन्ने लाग्थ्यो, देखिन्थ्यो । तर के त्यो झुठो रहेछ ? कि जनसेनाको मानसिकता एक्कासि बदलियो ?
माओवादीका सबै शिविरमा रहेका भनिएको जनसेनाको संख्या १९ हजार हो । ति मध्ये तीन हजार वर्गीकरण प्रक्रियामै गएनन्। वर्गिकरणमा गएका मध्येपनि ४० प्रतिशतले स्वेच्छिक अवकाश रोजे । तर नेपाली सेनाको महानिर्देशनालयको निर्देशनमा काम गर्न रुचाएनन् । यतिनै हो भन्न मुस्किल छ, तर वर्गिकरण प्रक्रियामै सामेल नहुने मध्ये अधिकांश बैध्य पक्षका हुन् । बाँकि स्वेच्छिक अवकाश लिने निर्णय गर्नेहरुमध्येपनि अधिकांश बैध्य पक्षकै प्रभावले गर्दा हो । माओवादी स्रोतका अनुसार पछिल्लो समयमा पार्टी निर्णय र नेताको बिग्रँदो चाला देखेर समायोजन प्रक्रियामा जान नरुचाउने जनसेनाको संख्या बढ्दो छ ।
गणतन्त्र स्थापनाको मुख्य कारक रहेको जनसेनालाई आत्मसमर्पण र अवमूल्यन गर्नेगरि सेना समायोजनको प्रस्ताब ल्याएको र माओवादीको संस्थापन पक्षले जनयुद्दले स्थापित गरेका माग र आदर्शलाइ सम्बोधन गर्न नसक्ने भन्दै जनसेना समायोजनमा झन असन्तुस्ट हुन लागेको बताइन्छ । त्यसैको कारणले पछिल्लो समयमा बैध्य पक्षसित जनसेना बढि निकट हुन लागेको तर्क गरिँदै छ । सेना समायोजन प्रक्रियामा सामेल हुने जनसेनाको संख्या ले बैध्य पक्षतिर जनसेनाको प्रभाव छैन भन्ने तर्कलाई काटेको छ ।
समायोजनमा जान चाहनेहरु मध्येपनि सबै नपाउन सक्छन् किनभने नेपाली सेनाले राखेको मापदण्ड पूरा नभे ति अस्विक्रित हुन्छन् । यो अवस्थामापनि तिनीहरुमध्ये अधिकांश फेरी बैध्य पक्षतिरै थपिन्छन् ।स्वेच्छिक अवकाशमा जाने जनसेनाको संख्या निक्कै देखेपछि बैध्य पक्ष हौसिएका छन् । त्यसैको कारणले हुन सक्छ पछिल्लो समयमा बैध्य पक्षहरुले पार्टी द्वन्दलाई कम गरेको देखिएको । ति तुलनात्मक रुपमा हाल बढि नरम देखिएका छन् । अस्विक्रित भुने र स्वेच्छिक अवकाश रोज्नेले एक मुस्ट रकमपनि पाउने, पार्टीको काममापनि खटिने र फेरी पनि संगठनमा आफूलाई बलियो बनाउन पाइने । पार्टीभित्र ढिलो वा चाँडो बिद्रोह हुन्छ भन्नेमा उनीहरु भरपक्का छन् । त्यसैले सकभर जनसेना समायोजनको अहिलेको प्रक्रिया हेर्ने, पर्खिने र अयोग्य जतिलाई फेरी संगठित गराएर जनसेना बिस्तार गर्ने नीति बैध्य पक्षको छ ।





