ईजरायली वाल अपराधीहरुको बिरोध गर्नुहुन्न ?
[अहिलेसम्म त्यहाँ एक हजार भन्दा बढि मारिइसकेका छन । मारिनेमध्ये एक तिहाईसम्म वालवालिका छन । आफ्नै आमाको लास टुलुटुलु हेरेर बस्न बाध्य पारिएको छ वालवालिकालाई । तिनले ज्यान जोगाउन कहाँ भाग्नुपर्ने हो भन्ने मेसोपनि पाउने गरेका छैनन । ]
तपाईहरुलाई थाह छ कि छैन अहिले इजरायलीहरुले प्यालेस्टाइनीहरुको बसोबास क्षेत्रमा गएर धामधाम सयौं मानिस मरिरहेकाछ्न दिनदिनै । सयौं प्यालेस्टाइनीहरुका घर भत्काएछन । प्यालेस्टाईनीहरुको घरलाई घेरा हालेर भित्रै मारिरहेका छन अपराधी ईजरायलीहरुले । अचम्म त के भने उनीहरुले वालवालिकाहरुको समेत हत्या गरिरहेका छन । प्यालेस्टाईनीहरुलाई घर छोड्न आदेश दिने तर बाहिर निस्कनासाथ मार्ने गरिएको छ । सयौं मानिसहरु बसिरहेको घरको छानामाथि रजेटद्वारा बम प्रहार गर्ने गरिएको छ । उनीहरुले भत्काएका घरका कयौं ठाउँमा लास पुरिएको स्थानिय मानिसहरुले बताएका छन ।
एउटै घरमा बमका छर्रा लागेर कोहि मारिएका छन भने कोहि घाईते । आफ्नै परिवारको सदस्यको हत्या हेरेर भत्किएका घरभित्र बस्न बाध्य पारिएको छ प्यालेस्टाईनीहरुलाई । गाजा क्षेत्रबाट बल्लतल्ल उद्दार गरेर ईजिप्ट पुर्याइएका कतिपय १२ वर्षका वालवालिकाको मुटुमा बमका गोली फेला पारेका छन त्यहाँका चिकित्सकहरुले । कतिपयको बाटैमा म्रित्यु हुने गरेको छ । लगातार रुपमा बम बारी गरिरहेकाले चार पाँच दिनसम्म खाना र पानीपनि नखाई सयौं प्यालेस्टाईनीहरुलाई बस्न बाध्य पारिएको छ । ईजरायली सेनाहरु कतिसम्म अपराधी रहेछन भने घाईतेहरुलाई उद्दार गर्न जान लागेको एम्बुलेन्स र चिकित्सकहरुको टोलीलाईपनि उद्दारमा बन्देज गरेका छन । बिजुली बत्तिको आपूर्ती नहुँदा कयौं दिनसम्म अँध्यारोमा बस्न बाध्य भएका छन उनीहरु ।
अन्तर्राष्ट्रिय रेडक्रसको समितिले गाजा क्षेत्रको जेइतुन भन्ने ठाउँमा ईजरायली सैनिकद्वारा भएको वालवालिकामाथिको अत्याचारलाई अति दुखपूर्ण घटना भेनेको छ । समितिले आफ्ना म्रित आमाहरुसँगै अवोध वालवालिकाहरु तिनका लास हेरेर टुलु टुलु हेर्न बाध्य
भएको अस्विकार्य घटना देखिएको उल्लेख गरेको छ । यस्तो घटना भएको र त्यसलाई तुरुन्तै रोक्न आग्रह गर्दा बन्दुकको भाषा बाहेक अरु नबुझ्ने ईजरायली अपराधी सैनिकहरुले “यदि त्यस्ता घटना र दुखेसाबारे लिखित जानकारी आए जाँचबुझका लागि पहल गर्न सकिने” गैह्र जिम्मेवार उत्तर दिने गरेको छ ।
अहिलेसम्म त्यहाँ एक हजार भन्दा बढि मारिइसकेका छन । मारिनेमध्ये एक तिहाईसम्म वालवालिका छन । तिनले ज्यान जोगाउन कहाँ भाग्नुपर्ने हो भन्ने मेसोपनि पाउने गरेका छैनन । ईजरायली ट्यांकहरु गाजा क्षेत्रको क्रिषी क्षेत्रबाट प्यालेष्टाईनी शरणार्थीहरुको क्याम्पतिर अगाडि बढ्दै आक्रमण गर्न थालेपछि वाल वालिकाहरु मारिने क्रम झन बढेको छ । गाजामा आक्रमण गरिएको पहिलो आठ दिनमा ६० वालवालिका मारिएका थिए । अहिले त्यो संख्या ब्रिद्दी भएर कम्तिमा २९० पुगिसकेको छ । ईजरायली अपराध कतिसम्म छन भने इजरायली सेनाले लासमाथि बसेर फोटो खिचाउने समेत गरेको छ ।
संयुक्त राष्ट्र संघको मानविय उद्दार कार्यालयले आफ्नो साप्ताहिक रिपोर्टमा उल्लेख गरेको छ कि गाजा क्षेत्रमा अहिले कहिँ कतै सुरक्षित ठाउँ छैन । कतै सुरक्षित बस्ने थलो पाइँदैन । बम र गोलाबारीबट बच्न सकिने कुनै कुनो फेला पर्दैन । सिमाहरु बन्द गरिएकाले नागरिकहरु भाग्ने ठाउँपनि कतै छैन । मसजिद, स्कूल र घरहरु जहाँ पहिले पिडितहरु लुक्ने गर्थे ति सबै माथि हमला भएका छन । तर ईजरायली सेनाले भने नागरिकहरु लुक्ने त्यस्ता ठाउँलाई प्रयोग गरेर हमासले आक्रमण गर्ने गरेको आरोप लगाएको छ । मारिने मध्ये अधिकांश हमासकै सदस्यहरु रहेको दाबी पनि इजरायली सेनाका मेजर जाकोब दल्लालले गरेका छन । पछिल्लो समयमा संयुक्त राष्ट्र संघको एक मानव अधिकार संरक्षण उच्च अधिकारीले इजरायली सेनाले गाजा क्षेत्रमा प्यालेस्टाईनीहरुमाथि युद्द अपराध गरेको हुन सक्ने बताएका छन ।
इजरायलले किन त्यहाँ आक्रमण गर्यो ? त्यहाँ खास भएको केहो ? केहि दिन अघि कान्तिपुरमा प्रकाशित हरि रोकाको तलको लेख पढ्नुस ।
प्यालेस्टाइनमाथि थोपरिएको इजरायली युद्घ
नेपालमापनि ईजरायली अपराधबारे पत्रपत्रिकामा बिरोध हुन थालेपछि काठमाडौंस्थित इजरायली राजदूत डान स्टाभले आफ्नो देशको बचाउ गर्दै झुठो लेख छपाएका छन आजैको कान्तिपुरमा । त्यो लेख तल हेर्नुहोस ।
यो मानव अपराधका बिरुद्द गर्ने होइन त बिरोध ? तलका मध्ये कुनै ईमेल वा फोन र फ्याक्समार्फत गर्नुहोस ।
काठमाडौंस्थित ईजरायली राजदूत डान स्टाभको ईमेल [email protected]
काठमाडौंस्थित ईजरायली दुतावासको ईमेल [email protected]
फ्याक्स- 977-1-44–13-920
फोन- 977- 1-44–11-811 अथवा 977-1-44-13-419




