बिदेशीले उचालेर ब्रुक ब्रुक गर्ने ?

बाबुराम भट्टराईलाई निकै समयदेखि भारतीय बिस्तारवादको नाइके, दलाल भन्ने आरोप लगाउँदै आएका हुन् मोहन बैध्य पक्षका नेताले । बाबुराम भट्टराईमाथि त्यो आरोप त प्रचण्ड पक्षलेपनि लगाएकै हुन्, तर तिनको आरोप आबेग र क्षणिक प्रतिस्पर्धात्मक देखिएपनि बैध्य पक्षको भने वास्तबिक नै हो भन्ने हिसाबले आउने गर्थ्यो । बैध्य पक्षले चलाएको आधिकारिक वेभ साईड द नेक्स्ट फ्रन्टमा त्यस्तै आरोप लगाइएको छ । नेपाली क्रान्तिलाई धोका दिएको भन्दै अहिले प्रचण्डलाई पनि बिदेशी दालल र साम्राज्यवादीको पोषक भएको आरोप लगाएका छन् । तर अरुलाई बिदेशी दलाल, सामान्तवाद र साम्राज्यवादीका पोषक र तिनैको निर्देशनमा चलेको आरोप लगाउने हो भने आफू स्वच्छ हुन सक्नुपर्छ । तर क्रान्तिकारी कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय संगठन (रिम) ले सेप्टेम्बर १० मा माओवादीका बैध्य पक्षलाई पठाएको पत्रले बैध्य पक्षपनि कुनै न कुनै रुपमा बिदेशीलेनै उचालेर ब्रुक ब्रुक गरेका हुन् कि भन्ने देखिन्छ । (रिमको पत्र सुन्न भित्र जानुहोला)

रिमका तर्फबाट कुमार भन्ने ब्यक्तिले मोहन बैध्य पक्षलाई पठाएको पत्रमा पार्टीमा बिद्रोह गरेर जनयुद्दमा होमिनुपर्ने तर्क गरिएको छ । पत्रका अनुसार हालसालै रिमका प्रतिनिधीले काठमाडौंको भ्रमण गरेर नेपाली क्रान्तिबारे छलफल गरेको उल्लेख छ । उसले डा बाबुराम भट्टराईको नेत्रित्वलाई किन समर्थन गरेको भनेर समेत कडा शब्दमा निर्देशनको शैली प्रयोग गरेको छ । ‘मधेशी समूहहरुसितको संलग्नतामा बाबुराम भारतीय विस्तारवादीको हतियार भएका छन्’ रिमको पत्रमा उल्लेख छ ।

भारतीय बिस्तारवादीको हतियार प्रचण्ड र बाबुराम दुबै बनेको आरोप लागएको छ रिमले । जनसेनाको चाबी बुझाएर त्यसको शुरुवात उल्लेख गरेको छ । त्यसो त रिमको पत्र निकै लामो छ । त्यस पत्रमा धेरै कुरा उल्लेख छन् । जे होस, क्रान्तिको झण्डालाई उठाउनुपर्छ र पार्टी फुटाएर अलग बन्नुपर्छ भन्नेसम्म छ ।

रिमले पत्र त पठायो तर त्यसको जवाफ बैध्य पक्षले कसरि दिए भन्ने कहिँ कतै उल्लेख छैन । एबीसी न्युजले रिमको पत्रलाई महत्वका साथ सार्वजनिक गरेको छ । तर बैध्य पक्षले त्यो पत्रको जवाफ दिए कि दिएनन् ? जवाफ दिएको भए कस्तो जवाफ दिए ? रिमको पत्रको आधिकारिक मान्यता र भनाई के हो ?  सेप्टेम्बर १० मा रिमले पठाएको पत्रको जवाफ पक्कै दिएका होलान् । आफूले रिमपत्रमाथि दिएको जवाफपनि बैध्य पक्षले ढिला नगरि सार्वजनिक गर्नु पर्छ ।

रिम कुनै नेपाली संस्था होइन । कम्युनिस्टहरुलाई एकत्रित गर्न, सहयोग गर्न, बैचारिक सहयोग गर्न र विश्वमा भएका कम्युनिस्ट आन्दोलनलाई सघाउ गर्न अन्तर्राष्ट्रिय स्तरमा सहयोग गर्ने संस्था भनिन्छ । त्यसको प्रमुख कार्यालय बेलायतमा छ । यसको सञ्चालक पनि बिदेशीहरु नै छन् । रिमले जतिसुकै सहयोग गर्ने भनेपनि उसको सहयोगमा कहिँ कतै कम्युनिस्ट क्रान्ति सफल भएको उदाहरण छैन । बरु जहाँपनि कम्युनिस्टहरु टुटफुट भएका छन् । त्यसैले यसको उद्देश्य कम्युनिस्टहरुलाई फुटाएर, अझ गरिब र बिपन्न मुलुकका रष्ट्रिय आन्दोलनलाई भड्काएर, भाँजो हालेर कमजोर बनाउनकालागि पनि हुन सक्छ ।

नेपालको सन्दर्भमा यस अघि पनि रिमका निर्द्शन धेरै पटक आएका हुन् धेरै कम्युनिस्ट पार्टीलाई । ति पटक पटक फुटेका मात्रै छन् । त्यसैले रिमको काम कम्युनिस्टहरु बलियो हुन लाग्ने बित्तिकै अनेक भाँजो हालेर फुटाउने, कमजोर पार्ने हुन सक्छ । राष्ट्रिय आन्दोलनलाइ कमजोर बनाएर आफ्नो स्वार्थ सिद्द गर्ने पश्चिमेलीहरुको संगठन पनि हुन सक्छ रिम । कतिपय कम्युनिस्ट विश्लेषकहरुले तेस्रा मुलुकका रष्ट्रिय आन्दोलन र कम्युनिस्टहरुलाई कमजोर पार्नकै लागि गठन भएको संगठनको रुपमापनि ब्याख्या गर्छन् ।

भारत, अमेरिका, बेलायत वा चिन मध्ये जुनसुकै मुलुक किन नहोउन् नेपालको लागि कुनैपनि बिदेशी निर्देशन मान्य हुन्न । यदि बाबुराम भट्टराई भारतीय निर्देशन चलेका हुन् र त्यो मान्य हुँदैन भने नेपाली जनतालाई अर्को कुनै पश्चिमेलीको निर्देशनपनि मान्य हुने छैन चाहे त्यो रिम वा जुन सुकै नाम र संगठनमा किन नहोस् । रिमले पठाएको पत्रले माओवादीलाई फुटाउन निर्देशन दिएको प्रस्टै देखिन्छ । त्यसैलाई बैध्य पक्षले मानेका हुन् भन्ने आधार त छैन तर शंका गर्ने प्रशस्त आधार भने छन् । अब त्यसको जवाफ के दिए आफ्नो तर्फबाट भन्ने चित्त बुझ्दो जवाफ बैध्य पक्षले दिन ढिला गर्नुहुन्न । होइन भने उनीहरुपनि कुनै न कुनै बिदेशी निर्देशनमै चलेको भन्ने आरोप प्रमाणित हुने छ । रिमले बैध्य पक्षलाई पठाएको भनिएको पत्र यहाँ क्लिक गरेर सुन्नुस् ।

तपाइँको प्रतिक्रिया